Author: चितवन आवाज

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

Banner 1, चितवन बिशेष, समाचार
चितवन, २० भाद्र । पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् । खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् । वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे ९घरबास० सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन् । उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे ९घरबास० र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पहिलाको जस्तो वनजङ्गल र खोलामा आश्रित हुनुपरेको छैन ।” क...
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

Banner 1
काठमाडौँ, १७ भदौ । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ / ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन । असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठानमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन् । असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल ग...
चितवनमा भएको स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीनफिल्ड मुग्निलका विद्यार्थीहरु प्रथम

चितवनमा भएको स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीनफिल्ड मुग्निलका विद्यार्थीहरु प्रथम

चितवन बिशेष, समाचार
चितवन, १७ भाद्र  । बेस चितवनको आयोजनामा चितवनमा सम्पन्न स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीन फिल्ड ईंग्लिस स्कुल मुग्लिनका विद्यार्थीहरु प्रथम हुन सफल रहेका छन् । प्रतियोगिताका सह९आयोजक समेत रहेको भरतपुर ७ स्थित अन्कुरम एकेडेमिको स्विमिङ्ग पुलमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा बेस अन्तरगतका २७ स्कुलका ६० जना बिद्यार्थीहरु सहभागी रहेका थिए । सोहि प्रतियोगितामा सिङ्गल छात्र तर्फ ग्रीन फिल्ड ईग्लिस स्कुल मुग्लिनका उदय गुरुङले प्रथम स्थान हासिल गर्न सफल भएका छन् भन रिले स्विमिङ्ग छात्र तर्फ प्रगती पाठशाला कुरिनटारका रिवाज बानिया र भविन मगर प्रथम हुन सफल भएका छन् । त्यस्तै सिङ्गल छात्रा तर्फ ग्रीन फिल्ड ईग्लिस स्कुल मुग्लिन कि स्मृति तुमसिङ्ग दित्तिय र रिले स्विमिङ्ग छात्र तर्फ ग्रीनफिल्डकै अरुण राई र उदय गुरुङ्ग तृत्तिय भएका छन् । बिजेता स्कुल र प्रतियोग...
स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

Banner 1
काठमाडौँ, १७ भाद्र ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उहाँहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनुभयो । भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गर्नुभएको थियो । चीन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री बस्नेतले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि सहयोगको माग गर्नुभयो । उहाँले देशभर गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, आधुनिक एवं अत्यावश्यक स्वास्थ्य उपकरणका लागि सहयोगको मा...
द ग्रेट नेपाली पोलिटिकल सर्कस

द ग्रेट नेपाली पोलिटिकल सर्कस

विचार
-सम्राट थापा/चितवन आवज कुनै समय, काठमाडौँको मुटुमा एउटा यस्तो ठाउँ थियो जहाँ राजनीति र कमेडी एकदमै अप्रत्याशित रूपमा टक्कर भएको थियो। यो "नेपाली राजनीतिक सर्कस" को रूपमा चिनिन्थ्यो, जुन नेपाली राजनीतिको अशान्तिपूर्ण संसारमा मात्र अवस्थित हुन सक्छ। हाम्रो कथा नेपालको प्रधानमन्त्री बन्ने सपना देख्ने महत्त्वाकाङ्क्षी युवा राजनीतिज्ञ राजबाट सुरु हुन्छ। राज आफ्नो निर्दोष हास्यको लागि परिचित थिए, र उनी विश्वास गर्थे कि हाँसो जनताको मन जित्ने कुञ्जी हुन सक्छ। आफ्नो राजनीतिक करियरको प्रारम्भिक दिनहरूमा, राजले राजनीतिक रेलीहरू आयोजना गर्न थाले जुन स्ट्यान्ड-अप कमेडी सोहरू जस्तै महसुस भयो। उनले देशको अवस्था, कहिल्यै अन्त्य नहुने राजनीतिक उथलपुथल र नेपाली राजनीतिक व्यवस्थाका बेतुका कुराहरूका बारेमा ठट्टा गर्ने थिए। मानिसहरूले उनको बुद्धिमा हाँस्न प्रतिरोध गर्न सकेनन्, र उनको लोकप्रियता बढ्यो...
चितवन स्कूल अफ फेशनले ‘ग्राजुसन फेशन शो गर्ने’, शनिबार मोडेल छान्दै

चितवन स्कूल अफ फेशनले ‘ग्राजुसन फेशन शो गर्ने’, शनिबार मोडेल छान्दै

समाचार
चितवन, १५ भाद्र । चितवन स्कूल अफ फेसनले यसवर्ष पनि ‘ग्राजुसन फेशन शो’ गर्ने भएको छ । जसका लागि यही शनिबार (भोलि) मोडेल अडिसन हुँदैछ । यसवर्ष १९ जना फेशन डिजाइनिङका विद्यार्थीहरु ग्राजुट हुनेछन् । उनीहरुले फेशन शोमा पाँच वटा सिक्वेन्समा रहेर पहिरन डिजाइनिङ गर्ने चितवन स्कूल अफ फेशनका सिइओ रञ्जित क्षेत्रीले जानकारी दिए । ग्राजुट हुने विद्यार्थीहरुलाई मेन्टरको काम चितवन स्कूल अफ फेशनका प्रबन्ध निर्देशक रोहित चौधरी र शिक्षक चिना कुमारी थापा, प्रतिज्ञा पौडेले गर्दै आइरहेका छन् । यही शनिबार हुने मोडल अडिसनको निर्णायकमा फेशन डिजाइनर सिमोन पण्डित, फोटोग्राफर निरज महतो (चरन), कोरियोग्राफर प्रज्ञा तिवारी रहने छन् । यस इभेन्टको फोटोग्राफी निम्तो इभेन्ट्स र भिडियोग्राफीको काम भिजन फिल्मस् स्टुडियोले गर्ने भएको छ ।...
गाईजात्रा (तायाःमचा) नृत्यमा युवा आकर्षित

गाईजात्रा (तायाःमचा) नृत्यमा युवा आकर्षित

मनोरञ्जन, समाचार
लेखनाथ (कास्की), १५ भाद्र । नेवार जातिको संस्कृति तायाःमता नृत्य ९गाईजात्रा० पर्वप्रति नेवारी युवाको आकर्षण बढ्दै गएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा नेवार समुदायका एक हजार युवा यो पर्वमा सहभागी हुन थालेका हुन् । नेवाःखलका जिल्ला अध्यक्ष अशोक पालिखेले तीन–चार वर्षयता नेवारी संस्कृतिप्रति युवाको चासो र सक्रियाता बढेको बताउनुभयो । पाँच वर्षअघिसम्म पोखराका सात–आठ स्थानमा हुने तायाः मचा नृत्य अघिल्ला वर्ष ३३ स्थानमा हुन थालेको उहाँले जानकारी दिनुभयो । “जनैपूर्णिमाको भोलिपल्ट हुने तायाःमचा नृत्यप्रति युवाको आकर्षण स्वतस्फुर्त बढ्दै गएको छ”, अध्यक्ष पालिखेले भन्नुभयो, “युवालाई संस्कृतिप्रति आकर्षित गर्न पछिल्ला वर्ष तायाःमचा नृत्यलाई प्रतियोगिताको रूपमा विकास गरी आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ ।” पोखरामा नेवाःखलले विसं २०५६ देखि यस नृत्यलाई व्यवस्थित र सङ्गठितरुपम...
पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

समाचार
काठमाडौँ, १५ भाद्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ। काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ। यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो। ...
६० किलो सुन प्रकरण : सीआईबीका एसएसपी आचार्यलाई हङकङ पठाउने तयारी

६० किलो सुन प्रकरण : सीआईबीका एसएसपी आचार्यलाई हङकङ पठाउने तयारी

प्रमुख समाचार, समाचार
काठमाडौं,१२ भदौ । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ । हङकङ हुँदै नेपालमा सुन आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना संकलनका लागि सीआईबीका एसएसपी दिनेश आचार्य त्यहाँ पठाइन लागेका स्रोतले बताएको छ । सीआईबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरेको थियो । एनसीबी बेइजिङमातहत रहेको हङकङ सब–ब्यूरोसँग समन्वय गरेर सूचना संकलन गर्न नेपाली सुरक्षा अधिकृत पनि जान लागेका हुन् । राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो । प्रहरीले जोख्दा ब्रेक प्याडमा ६० किलो सुन ...
नेपालमा पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन

नेपालमा पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन

समाचार
काठमाडौं, १२ भाद्र । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चारजनामध्ये एक बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १०० जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो ।विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्यांकअनुसार नेपालमा प्रत्येक चारजनामध्ये एकजनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए । नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक १०० जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवा...