आजको राशिफल-(२४ आषाढ २०८०, आइतबार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन स्वास्थ्य प्रति सजग रहनु पर्छ, तर सामाजिक क्षेत्रबाट मानसम्मा...