फिचर

देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

Banner 1, प्रमुख समाचार, फिचर, समाचार
ढोरपाटन, २६ असार । डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् । जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीनवटा मिल सञ्चालन गर्न थाले । मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व हराउँदै गयो । अहिले गाउँको कुनै पनि कुनामा ढिकी जाँतो भेट्टाउन सकिन्न । बरु घर–घरमा विद्युतीय मिल भेटिन थालेका छन् । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुँदै गएका छन् । कुनै बेला गाउ...
आलेख–खण्डहर तातोपानी: ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

आलेख–खण्डहर तातोपानी: ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

फिचर, समाचार
–हेमन्त जोशी सिन्धुपाल्चोक, २४ असार ।  जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड।।। कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार । विसं २०७२ वैशाखको भूकम्प अघिसम्म गुल्जार रहने तातोपानी क्षेत्र अब बजारको स्वरुपमा छैन । दुई देश जोड्ने मितेरी पुल काँडेतारले छेकिएको छ । चहलपहल शून्य जस्तै छ । कुनै समय निकै व्यस्त रहने यो नाकामा रहेका अध्यागमन कार्यालय, बैंक, उद्योग वाणिज्य सङ्घलगायत प्रशासनिक तथा संस्थाका झुत्रा साइनबोर्ड देखिने घर खाली अवस्थामा छन् । दैनिक केही थान कन्टेनर नेपाल छिर्छन् तर पहिलेको जस्तो मानिसको आउजाउ छैन । मितेरी पुलदेखि लिपिङसम्मका घरका सटर केही बन्द त केही आधाबन्द र असरल्ल छोडिएका छन् । भूकम्पले चर्किएका घरका भित्तामा झार पलाएको छ । सुनसान ...
लोपोन्मुख कछुवा जोगाउनै गाह्रो

लोपोन्मुख कछुवा जोगाउनै गाह्रो

फिचर
–चन्द्रकला भण्डारी झापा । मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ । लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ । सामुदायिक स्तरमा नेपालमा कछुवा जोगाउन लागिपरेको यो एकमात्र संरक्षण केन्द्र हो । यहाँ लोपोन्मुख घोषित ठोटरी, तीनधर्के पहाडी कछुवा, थोप्ले पोखरी लगायतका प्रजातिको कछुवालाई संरक्षण गरिएको छ । मेची बहुमुखी क्याम्पसमा जीव विज्ञान पढाउने प्राध्यापक तपिलप्रकाश राई कछुवा संरक्षण केन्द्रमा प्रमुख संरक्षणकर्ताको जिम्मेवारीमा हुनुहुन्छ । कछुवाले के खाए रु आज कता डुल्दैछन् रु अण्डा कोरलेका छन् कि...
एक भारतीय महिलाको कथा पछाडिको सत्य 11 बच्चाहरू – 1 केटा र 10 केटीहरू

एक भारतीय महिलाको कथा पछाडिको सत्य 11 बच्चाहरू – 1 केटा र 10 केटीहरू

अन्तराष्ट्रिय, फिचर, समाचार
भर्खरै, एक भारतीय महिलाले कथित रूपमा 1 केटा र 10 केटीहरू सहित 11 बच्चाहरूलाई जन्म दिएका बारे अनलाइन सनसनीपूर्ण दाबीहरू भइरहेका छन्। यद्यपि, यी असाधारण दावीहरूको पछाडिको सत्यतालाई उजागर गर्न यो कथामा गहिरो खोजी गर्नु महत्त्वपूर्ण छ। अनुसन्धान गर्दा, यो जानकारीको मूल स्रोत एक अविश्वसनीय र अप्रमाणित सोशल मिडिया पोस्ट थियो भन्ने खुलासा भयो। पोस्टमा एक तस्बिर समावेश गरिएको थियो जसमा आमालाई उनका ११ बच्चाहरूसँग चित्रण गरिएको थियो, तर थप छानबिनले यसको प्रामाणिकतामा शङ्का खडा गर्‍यो। स्थानीय अधिकारीहरू र चिकित्सा पेशेवरहरूलाई दाबीहरू प्रमाणित गर्न सम्पर्क गरिएको थियो, तर कथालाई समर्थन गर्न कुनै विश्वसनीय प्रमाण वा आधिकारिक रेकर्डहरू फेला पार्न सकेनन्। थप रूपमा, कुनै पनि प्रतिष्ठित समाचार आउट लेट वा विश्वसनीय स्रोतहरूले यस असाधारण जन्म घटनाको बारेमा रिपोर्ट गरेका छैनन्। प्रमाणिक जानकारीको ...