Tag: भरतपुर भ्रमण वर्ष २०२४: मेघौली र गोलाघाट पर्यटकीय गन्तव्य

भरतपुर भ्रमण वर्ष २०२४: मेघौली र गोलाघाट पर्यटकीय गन्तव्य

भरतपुर भ्रमण वर्ष २०२४: मेघौली र गोलाघाट पर्यटकीय गन्तव्य

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
विनोद अधिकारी  मेघौली, १० आश्विन ।  भरतपुर महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउँदै छ भने अवलोकनका लागि महानगरभित्रका ३३ पर्यटकीय स्थललाई पर्यटकीय गन्तव्यको रूपमा प्रचार गरिएको छ । भरतपुर भ्रमण वर्षको लागी पश्चिम चितवनको मेघौली गोलाघाट समेतलाई पर्यटकीय गन्तव्य भनी घोषणा गरिएको छ । एकातिर राप्ती नदी अनि अर्को तिर नारायणी नदी बग्दै बग्दै दुवै नदी एकै ठाउँमा मिसिएको ठाउँ हो मेघौली-गोलाघाट । भरतपुर देखि करिब २८/३० किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा छुट्टै आनन्द महसुस गर्न सकिन्छ । साँझमा सूर्य अस्ताएको दृश्य नारायणी र राप्ती दुवै नदी मिसिएको ठाउँबाट हेर्दा आफू स्वर्गमा पुगेको महसुस गर्न सकिन्छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापुजस्तो देखिने मेघौली- गोलाघाट सदरमुकाम भरतपुरदेखि ५५ मिनेट तथा राजधानी काठमाडौँ देखी ६ घण्टाको दूरीमा गाडीबाट १६० किमीको यात...