Tag: विनाेद अधिकारी

भरतपुर–२५ मा वडा स्तरीय युवा क्लब गठन

भरतपुर–२५ मा वडा स्तरीय युवा क्लब गठन

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २५ मा वडा स्तरीय युवा क्लब गठन गरिएको छ । वडा भित्र रहेका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको भेलाबाट एक कार्यक्रमका बिच युवा क्लब गठन गरिएको हो । महानगर स्तरीय युवा क्लब गठनका साथै युवा संसद्को अभ्यास गर्ने उद्देश्य सहित गठन गरिएको क्लबको अध्यक्षमा दीपिका काफ्ले चयन हुनुभएको छ । त्यस्तै गरी उपाध्यक्षमा सुवास न्यौपाने, सचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा विपुल न्यौपानेलाई चयन गरिएको छ । क्लबका सदस्यहरूमा क्रमशः आरती बोटे, ममता कुमाल, युरेश बस्याल, एन्जेल परियार, विजय काफ्ले,  कन्चन महतो, सविता महतो, जेनेसिस मित्रकोटी, आयुष्यमा सापकोटा, आरती लम्साल, शिल्पा महतो रहेका छन् । वडा अध्यक्ष छविलाल सापकोटाको संरक्षकत्व रहने क्लबको गठनका लागि विशेष प्रतिनिधिको रूपमा अधिकृत स्तर आठौँ शिव प्रसाद ढुङ्गाना को उपस्थिति रहेको थियो । यस क्लबको कार्यकाल ...
तमु ल्होसारको अर्थ र धार्मिक महत्व

तमु ल्होसारको अर्थ र धार्मिक महत्व

विचार
विनाेद अधिकारी । ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । शाब्दिक रूपमै स्पष्ट छ कि गुरुङ समुदायको नयाँ वर्षलाई नै तमु ल्होसार भनिन्छ । ‘पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने तमु समुदायको मूल नारा छ । यसपटक तमु गुरुङ समुदायले ’हिल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक ...