इच्छाकामना गाउँपालिकाद्वारा गाउँको कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण
कुरिनटार,१ श्रावण । चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले आईतबार इच्छाकामना २ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तारण गरेको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं। २ का वडाध्यक्ष पंच बहादुर चेपाङ, वडा नं। ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको रोहवरमा कृषक समुहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेको हो ।
विशेष गरेर इच्छाकामना गाउँपालिकाको पहाडी भुगोलका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९।०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । एम्बुलेन्सको लागत भ्याट सहित २५ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा रुपैयाँ गाउँपालिकाको प...