प्रमुख समाचार

एक विद्यालय एक रोजगार अभियानमा चितवनको सेन्ट्रल कलेज

एक विद्यालय एक रोजगार अभियानमा चितवनको सेन्ट्रल कलेज

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, विशेष, समाचार
चनौली । चितवनको सेन्ट्रल कलेजले अब एक विद्यालय एक रोजगार अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा पश्चिम चितवनका विद्यालयबाट यो अभियान सञ्चालन गर्ने चनौलीमा आयोजित एक कार्यक्रमको बिचमा सेन्ट्रल कलेजका  प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । अहिले १२ कक्षाको परिक्षा दिएर बस्नुभएका विद्यार्थीहरुलाइ लक्षित गर्दै सेन्ट्रल कलेजले यो कार्यक्रम सञ्चालन गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । देशमा बढ्दो बेरोजगार र १२ दिएका विद्यार्थी कामका लागी विभिन्न जब लिंकमा धाउदा ठगी भइरहेको विभिन्न घटना सञ्चार माध्यममा आएकाले यस किसिमको अभियान सञ्चालन गरिएको पौडेलको भनाइ छ । पश्चिम चितवनका विद्यालयबाट आवेदन दिएर रोजगारीको अन्तर्वार्तामा नाम निकाल्न सफल विद्यार्थीहरुलाइ एक महिनाको तालीम र तालिमबाट उत्कृष्ट एक विद्यार्थीलाइ आफ्नो पाएकको काउन्टरमा तथा एक विद्यार्थीलाई मुख्य कार्यालयमा समेत रो...
देशभर शाखा विस्तार गर्दै चितवनको सेन्ट्रल कलेज

देशभर शाखा विस्तार गर्दै चितवनको सेन्ट्रल कलेज

Banner 1, चितवन बिशेष, प्रमुख समाचार
चितवन । चितवनमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल कलेजले अव देशभर शाखा विस्तार गर्ने भएको छ । कलेजले फ्रेन्चाइज मोडलमा शाखा विस्तार गर्न लागेको हो । पहिलो चरणमा देशका १९ ठाँउमा शाखा विस्तारका गर्न लागिएको कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । अहिले कलेजको केन्द्रीय कार्यालय शहिदचोक नारायणगढ चितवन र देशका १३ ठाँउमा शाखा कार्यालयहरु रहेका छन् । कलेजले चितवनको पर्सा, सौराहाचोक टाँडी, नवलपुरको कावासोती, नवलपरासीको वर्दघाट र सुनवल, रुपन्देहीको मिलनचोक बुटवल, पोखराको न्यरोड, तनहुँको दुलेगौडा, भिमाद, दमौली, डुम्रे, हेटौंडा र काठमाडौंमा शाखा कार्यालय संचालन गरिसकेको छ । शैक्षिक परामर्शको क्षेत्रमा सफलतासहित नमुनाको रुपमा अघि बढेको कलेजले अब फ्रेन्चाइज मोडलको पहिलो चरणमा चितवनको मुग्लिन, धादिङको मलेखु, धादिङबेसी, गोरखाको गोरखा बजार र ठाँटी पोखरी, लम्जुङको सुन्दरबस्ती र ब...
बेस्ट डेस्टिनेशनले सम्पन्न गर्यो आफ्नो पाँचौ सेमिनार

बेस्ट डेस्टिनेशनले सम्पन्न गर्यो आफ्नो पाँचौ सेमिनार

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चनौलि, ६ जेठ । भरतपुर महानगरपालिका १८ चनौलीमा रहेको बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.लीले आफ्नो पाँचौ सेमिनर सम्पन्न गरेको छ । शैक्षिक परामर्श केन्द्र चितवन शाखाका अध्यक्ष समुन्द्र अर्यालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक व्यक्तित्व ईश्वर आचार्य, नोवेल बोर्डिङ स्कुलका प्राचार्य एवम बेस्ट डेस्टिनेशन एजुकेशन प्रा।लीका सल्लाहाकार पुस्पराज अधिकारी, शहिद स्मारक कलेजकाका साहयक प्रार्चाय राजु रानाभाट, बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.ली टाँडी शाखाका कार्यकारी निर्देशक जनक घिमिरे, लोकेन्द्र बाहादुर क्षेत्री, श्याम सुन्दर शाह, १७ वर्ष देखी पूर्वि चितवनमा शैक्षिक परामर्श दिईरहनुभएको सन्तोष खनाल लगायतका व्यक्तीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.लीका प्रबन्ध निर्देशक संजय कुवरले कार्यक्रममा जापान जानको लागि आवस्यक पर्ने योग्यता, डकुमेन्ट...
बेम्बो थकाली रेस्टुरेन्टमा म्याद गुज्रिएको बियरकाे बिक्री

बेम्बो थकाली रेस्टुरेन्टमा म्याद गुज्रिएको बियरकाे बिक्री

प्रमुख समाचार, समाचार
काठमाडौं । राजधानी काठमाडौंको शान्तिनगरस्थित बेम्बो थकाली रेस्टुरेन्ट तथा लजमा म्याद गुज्रिएको Budweiser बियरकाे बिक्री भइरहेको पाइएको छ। हामीले यस रेस्टुरेन्टका प्रबन्धकसँग कुन बिक्रेताबाट सामान आको जानकारी माग्दा उनले दिएनन् । यो समस्या यहाँको मात्र नभएर नेपाल भरीमै रहेको छ। यो बियर कम्पनीले आफ्नो स्टाक सकाउनको लागि स्किममा म्याद भएको र म्याद सकिने मिति नजिकै भएको समान बजारमा आपूर्ति गरिरहेको छ। अनुगमन टोलीले म्याद गुज्रिएको बियरलाई छिटोभन्दा छिटो सिल गर्नुपर्ने देखिएको छ ।...
असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

कृषि, प्रमुख समाचार, समाचार
गण्डकी । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए । वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ ।...
आगामी बजेट कस्तो र कतिको ?

आगामी बजेट कस्तो र कतिको ?

Banner 1, आर्थिक, प्रमुख समाचार
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । सङ्घीयता कार्यान्वयनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रोपटक सदस्यमा निर्वाचित भइसकेका छन् । भर्खर निर्वाचित भएर संसद् छिरेका जनप्रतिनिधिले चुनाव अघि मतदातासँग गरेको वाचा पूरा गर्नुछ । जसका कारण सत्तासिन राजनीतिक दलका घोषणापत्र कार्यान्वयनका लागि जोडबल चल्नेछ । तर यस वर्ष सरकारलाई अनिवार्य दायित्वकै लागि स्रोत व्यवस्थापन गत सकस छ । नयाँ योजना कार्यक्रम ल्याउनेभन्दा पनि पुरानै कार्यक्रमका लागि सरकारलाई बजेट पु¥याउन धौधौको अवस्था छ । पन्ध्रौँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) कार्यान्वयनको यो अन्तिम वर्ष...
प्रेस चौतारी चितवनको भवन शिलान्यास

प्रेस चौतारी चितवनको भवन शिलान्यास

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाले निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ । भरतपुर ११ सिद्धार्थ टोलमा निर्माण गर्न लागिएको भवनको एक समारोहका बीच प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले शिलान्यास गरेका हुन् । सतहत्तर जिल्ला मध्ये चितवन शाखाले पहिलो पटक आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । अन्य शाखा कुनैको पनि आफ्नै जग्गामा भवन छैन् । चितवनका व्यवसायी केशव कार्कीले प्रदान गरेको १३ धुरको जग्गामा भवन निर्माण गर्न लागिएको प्रेस चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितले जानकारी दिए । पण्डितका अनुसार निर्माण गर्न लागिएको भवन तीन तलाको हुनेछ । जहाँ आवासको समेत व्यवस्था हुने गरि डिजाईन गरिएको छ । पहिलो चरणमा पहिलो तल्ला मात्र निर्माण हुनेछ । शिलान्यास समारोहलाई सम्वोधन गर्दै प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले चितवन शाखाले अघि सारेको योजनालाई ...
दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
नवलपुर । पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ । स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको बताउनुभयो । “म माछा मार्नका लागि नियमित आउजाउ गर्दा यहाँ साँझको बेलामा मान्छे आएर चुरोट, गाँजा तथा बियर खाएको देख्ने गरेको छु”, उहाँले भन्नुभयो, “बाइकमा आउँछन्, अलिपर बाइक पार्किङ गरेर ग्याबिन भरेको ढुङ्गामाथि बसेर धुँवा उडाउने गरेका छन् ।” आफ्ना गाउँका भन्दा पनि बाहिरी गाउँबाट नचिनेका मान्छे यहाँ आउने गरेको बोटेको भनाइ छ । “केही मान्छे नियमित यह...
पक्राउ पुर्जी जारीले निलम्बनमा पर्दैनन् सांसद

पक्राउ पुर्जी जारीले निलम्बनमा पर्दैनन् सांसद

Banner 1, प्रमुख समाचार, राजनीति, समाचार
 काठमाडौँ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएसँगै उहाँको पदीय अवस्थाबारे पुनः बहस सुरु भएको छ। पक्राउ परेमा सांसद पद निलम्बन हुन्छ वा हुन्न ? निलम्बन भएमा पद रिक्त हुने कि नहुने र पुनः निर्वाचन हुने वा नहुनेबारे विभिन्न बहस भइरहेका छन्। नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई अदालतले पक्राउ अनुमति दिएपछि पुनः बहस सुरु भएको छ। यस्तै एमालेकै सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेपछि उक्त स्थानमा निर्वाचन हुन्छ वा हुन्न भन्ने धेरैमा चासोसमेत छ तर प्रचलित कानुनअनुसार निलम्बनका अवस्थामा उपनिर्वाचन हुने अवस्था रहन्न भने वारेन्ट जारी वा हिरासतमा मात्र रहँदा पद निलम्बनसमेत नहुने कानुनी व्यवस्था छ। संविधानले संसद् अधिवेशनको सूचना जारी भएपछि सदस्य पक...
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

Banner 2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । रातिनै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गर्नुभएको छ । सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् । रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ...