कृषि

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

कृषि, प्रमुख समाचार, समाचार
गण्डकी । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए । वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ ।...
विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

कृषि, समाचार
गलेश्वर, २१ वैशाख । आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन ः विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैँसी पालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । उपल्लो दरवाङको केबि एकेडेमी नजिकै २०७७ सालदेखि भैँसीपालन गर्नुभएका पौडेलले छ भैँसीबाट दैनिक ४० लिटर दूध दरवाङ बजारमा बिक्री गर्दै आउनुभएको छ । प्रतिलिटर रु एक सय २० का दरले दूध बिक्री गर्दा पौडेलले दैनिक रु चार हजार आठ सय कमाइ गर्नुहुन्छ । दूध बिक्रीबाट मासिक रु एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सबै खर्च कटाएर मासिक रु ८ं० हजारभन्दा बढी बचत गर्ने गर्नुभएको छ । विसं २०७७ मा रु १२ लाखको लगानीबाट भै...
विदेशबाट फर्किएर पशुपालन

विदेशबाट फर्किएर पशुपालन

कृषि, चितवन वरिपरि, प्रमुख समाचार
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किनुभयो । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उहाँको सोच थियो । सोचअनुरुप उहाँले स्वदेश फर्किएपछि केही गरौंँ भनेर साथीहरुसँग सल्लाह गर्नुभयो । शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ वर्ष दुबईमा काम गर्नुभयो । उहाँ पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । नेपालमै केही गरौँ भन्ने भावना उहाँमा पनि थियो । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग सल्लाह गर्न थाल्नुभयो । शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य यहीँका स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभष्टक एग्रो प्रालि सञ्चालनमा आयो । कूल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ । पौडेल र गोतामेसह...