प्रमुख समाचार

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

Banner 1, चितवन बिशेष, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए । “सदनको गतिरोध अन्त्य भइसकेको छैन,” उनले भने, “आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।” सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भने, “सरकारको स्थीरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।” नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाङ्क्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम ...
सरकारबाट बाहिरिए उपेन्द्र यादव

सरकारबाट बाहिरिए उपेन्द्र यादव

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।' यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्। जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोडेका हुन् । यस अघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छोड्ने निर्देशन दिएका थिए । जसपा नेपालको बिभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकार समेत गुमाएका छन् ।...
मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल सुरु

मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल सुरु

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल शुरु भएको छ । मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ । सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल शुरु भएको छ । १०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९-९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।...
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु

गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु

प्रमुख समाचार, समाचार
हुम्ला, ३० वैशाख । गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ। आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो। ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा जिल्ला अस्पतालमा सिमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घट्नास्थलबाट दिउँसो १:१० बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याएकी बोहोराको उपचार गर्दा गर्दै दिउँसो साढे ४ बजे मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।...
मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

प्रमुख समाचार, राजनीति, समाचार
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् । राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् ।  साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ । योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए । १०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ । मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउ...
बालेन भन्छन्- गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ

बालेन भन्छन्- गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ

प्रमुख समाचार, समाचार
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) प्रकरणमा तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्ने टिप्पणी गरेका छन् । बालेनले सामाजिक संजालमा टिप्पणी गर्दै गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै  अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारवाही गर्नुपर्ने बताएका छन् । अहिलेको अवस्थामा सो जग्गाको मुल्य १० अरब भन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका छन् ।  उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रकृयाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तीको बाटो सकिएको उल्लेख गरेका छन् । साथै उनले देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महा...
जसपा नेपालको सरकारबाट बाहिरिने तयारी

जसपा नेपालको सरकारबाट बाहिरिने तयारी

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गर्न अहिले बैठक बसिरहेका छन् । यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत गरेका थिए । छलफल सकारात्मक नभएसँगै माओवादी केन्द्रले आजै मधेशको सरकार छोडेको छ भने एमालेले पनि मधेशको सरकार छोड्ने तयारी गरेको छ । माओवादी केन्द्रले सरकार छोडेसँगै मधेश प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद रहेका छन् ।...
मधेश सरकारबाट एमाले पनि बाहिरियो

मधेश सरकारबाट एमाले पनि बाहिरियो

प्रमुख समाचार, राजनीति
धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए । यसअघि आजै माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिदै सरकार छोडेको घोषणा गरेका थिए । मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन् । एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ ।...
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने

गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने

प्रमुख समाचार
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ ।...
त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

प्रमुख समाचार, समाचार
काठमाडौं, २८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्। लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो। उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। ब्रासलेट र औँठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनको साथबाट बरामद भएको छ। पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।...