खेल

रास्वपाको माग: एसिया कप क्रिकेट नेपालमा गर्न पहल थालियोस्

रास्वपाको माग: एसिया कप क्रिकेट नेपालमा गर्न पहल थालियोस्

खेल, प्रमुख समाचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एसिया कप क्रिकेट नेपालमा गराउने पहल थाल्न माग गरेको छ । महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता कहाँ हुने भन्ने अन्यौल देखिएकाले समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यसलाई एजेन्डा बनाउन पनि रास्वापाले माग गरेको छ । ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस् ।’ विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस् ।’ नेपाल युएईलाई ७ विकेटले पराजित गर्दै पहिलोपटक एसिया कपका लागि छनौट भएको छ । नेपाल पाकिस्तान र भारत रहेको समूहमा परेको छ । एसिया कप आ...
नेपाल र युएईको खेल आजका लागि स्थगित

नेपाल र युएईको खेल आजका लागि स्थगित

खेल, समाचार
काठमाडौँ, १८ वैशाख । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ । आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए । नेपालका लागि ललित राजबंश...
सन्दीप बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी

सन्दीप बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी

Banner 1, खेल, समाचार
काठमाडौं, ८ बैशाख  । नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाए । उनले खेलको १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरे । सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए । ...
नेपाल र यूएईबीच प्रतिस्पर्धा

नेपाल र यूएईबीच प्रतिस्पर्धा

खेल, समाचार
काठमाडौं, १८ फागुन । अगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखी ४ अप्रिलसम्म हने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । विश्वकप क्वालिफायर प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर ...