चितवन, १६ भाद्र । चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।
मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।
१५ भाद्र २०८१, शनिबार ०७:५९१५ भाद्र २०८१, शनिबार ०७:५९१५ भाद्र २०८१, शनिबार ०७:५९ by चितवन आवाजNo Comments
नवलपुर,१५ भाद्र । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो ।
“निर्माण व्यवसायीले मनसुनका कारण ठेक्कामा घाटा भयो भनेर काममा ढिलासुस्ती गरेको थियो, अगस्त र सेप्टेम्बर महिनामा काम ढिला हुन्छ भनेर भन्दै थियो,” उहाँले भन्नुभयो, “घाटानाफा हामी जान्दैनौँ सम्झौताअनुसार काम हुनुपर्छ, तुरुन्त काम सुरु गर्नु होइन भने हामी ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ भनेपछि उनीहरु अहिले काममा फर्किएका छन् ।” नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन ल...
१४ भाद्र २०८१, शुक्रबार ०८:३२१४ भाद्र २०८१, शुक्रबार ०८:३२१४ भाद्र २०८१, शुक्रबार ०८:३२ by चितवन आवाजNo Comments
भरतपुर, १४ भदौ । चितवनका किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन् ।
नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानले उत्पादन गरेको मह बिक्री भएको छैन, भारतबाट आउने मह ल्याउन छाडिएको छैन, यस्तो अवस्थामा किसान कसरी टिक्न सक्छन् ।”
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कृषिमन्त्री अधिकारीलाई समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या, चितवनको कालिकामा रहेका मौरीपालक किसानद्वारा उत्पादित महको बजारीक...
१३ भाद्र २०८१, बिहीबार १६:२०१३ भाद्र २०८१, बिहीबार १६:२०१३ भाद्र २०८१, बिहीबार १६:२० by चितवन आवाजNo Comments
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै विद्युतको बक्यौता उठाउन रोकेको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसदले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन् । साथै बास्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए ।
बास्कोटाले माओवादीको च्याँखे दाउ मात्र थापिरहेको भन्दै सत्ताबाट बाहिर जाने वित्तिकै बङ्गलादेश बनाउने बताएको उल्लेख गरे । बास्कोटाले माओवादीले लेखा समितिको सभापति मागेको प्रसंग उल्लेख गर्दै लेखा समितिको सभापति फेर्ने भए सबै समितिको फेर्नुपर्ने प्रस्ताव अगाडी सारे ।...
९ श्रावण २०८१, बुधबार २०:३३९ श्रावण २०८१, बुधबार २०:३३९ श्रावण २०८१, बुधबार २०:३३ by चितवन आवाज डेस्कNo Comments
चितवन । पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गरेका छन्। भरतपुर महानगरपालिका–१७ गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गरेका हुन् ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका नेतासहित उनले सो क्षेत्रको निरीक्षण अनुगमन गरेका हुन् । अनुगमनका क्रममा स्थानीयले बाढी आएर पस्नुभन्दा पहिला नै सुरक्षित गराउन माग राखेका थिए ।...
३ श्रावण २०८१, बिहीबार २०:३२३ श्रावण २०८१, बिहीबार २०:३२३ श्रावण २०८१, बिहीबार २०:३२ by चितवन आवाज डेस्कNo Comments
नारायणगढ– भरतपुर महानगरले मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई दुई लाखको चेक हस्तान्तरण गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहिबार भरतपुर-२२ स्थित स्व सुदिपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो ।
सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गरिन । भरतपुर महानगरपालिकाको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो ।...
१ श्रावण २०८१, मंगलवार २०:५२१ श्रावण २०८१, मंगलवार २०:५२१ श्रावण २०८१, मंगलवार २०:५२ by चितवन आवाज डेस्कNo Comments
चितवन – चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु. पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ। अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको छ ।
अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए ।
उनले भने, ‘आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्बाध रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्...
३२ असार २०८१, सोमबार १४:२८३२ असार २०८१, सोमबार १४:२८३२ असार २०८१, सोमबार १४:२८ by चितवन आवाज डेस्कNo Comments
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२६ असार २०८१, मंगलवार १२:५९२६ असार २०८१, मंगलवार १२:५९२६ असार २०८१, मंगलवार १२:५९ by चितवन आवाज डेस्कNo Comments
चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई अनुदानमा ६६ थान यन्त्र उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरण चाबी हस्तान्तरण गरिन् ।
महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको यन्त्र उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए ।...
२४ असार २०८१, आईतवार २१:३१२४ असार २०८१, आईतवार २१:३१२४ असार २०८१, आईतवार २१:३१ by चितवन आवाज डेस्कNo Comments
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्झौता आईतबार सम्पन्न भएको छ ।
एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।