banner-2

आजको राशिफल: २०८० माघ २४ गते बुधबार

आजको राशिफल: २०८० माघ २४ गते बुधबार

banner-2, राशिफल, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज समय मध्यम छ । बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा केही पछि परिने समय छ । सामाजिक तथा परोपकारको क्षेत्रमा लाग्दा राम्रो होला। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय शुभ छैन । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थान...
धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि चितवनको वाल्मीकि आश्रम

धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि चितवनको वाल्मीकि आश्रम

banner-2, चितवन बिशेष, समाचार
नवलपुर,२३ माघ । पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी दिनुभयो । नेपाली भूमिबाट आश्रम पुग्न सडक सञ्जाल निर्माण नभएको अवस्थामा समेत दर्शनार्थीको राम्रो उपस्थिति हुने गरेको जनाउँदै उहाँले स्थालमार्गबाट नेपालसँगै जोड्न सकेमा अझै आकर्षक गन्तव्य बन्ने छ भन्नुभयो । “नवलपुरको त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आउनसक्यो भने त्रिवेणी आएका धेरै तीर्थयात्री यहाँ आउनुहुन्छ”, उहाँले भन्नुभयो, “झोलुङ्गे पुल तरेपछि करिब एक घण...
क्रिकेट रंगशाला निमार्णमा बागमती प्रदेशको चासो, बजेट सुनिश्चितता गर्ने अर्थमन्त्रीको आश्वासन

क्रिकेट रंगशाला निमार्णमा बागमती प्रदेशको चासो, बजेट सुनिश्चितता गर्ने अर्थमन्त्रीको आश्वासन

banner-2, चितवन बिशेष, समाचार
चितवन,२२ माघ । ​​​​​​​गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निमार्णका लागी प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरेका थिए । अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने बताएका छन् । अलपत्र परेको रंगशालाको निरिक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागी सकारात्मक रहेको बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन् । ‘ देशकै गौरवको आयोजना प्रदेशमा छ । यसलाई पुरा गर्नु सबैको दायित्व हो , ’ लामाले भने , ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चि...
आज विश्व अर्बुद रोग दिवस मनाइँदै

आज विश्व अर्बुद रोग दिवस मनाइँदै

banner-2, समाचार, स्वास्थ्य
काठमाडौं,२१ माघ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहा...
प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

banner-2, प्रमुख समाचार, समाचार
उदयपुर,२० माघ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्। उदयपुरको त्रियुगा नगर वडा नम्बर ६ जलजले पुगेर उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्। प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर  बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए। सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए। आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए। उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो। नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो।...
नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

banner-2, चितवन बिशेष, समाचार
चितवन,२० माघ । चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिए । यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्वास गर...
आजको राशिफल: २०८० माघ १७ गते बुधबार

आजको राशिफल: २०८० माघ १७ गते बुधबार

banner-2, राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ। व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न सक्छ। यात्रा फलदायी रहन सक्छ भने कामले अरुलाई प्रभावित पार्न सकिन्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययनमा रुचि नलाग्न सक्छ। व्यवसायमा प्रतिष्पर्धीहरु बलिया रहनाले केहि समस्या पर...
आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

banner-2, समाचार
काठमाडौँ,१६ माघ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरे...
चनौलीमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन सम्पन्न

चनौलीमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन सम्पन्न

banner-2, चितवन बिशेष, समाचार
चनौली । भारतको अयोध्यामा बनेको राम मन्दिरमा भगवान् रामको प्राणप्रतिष्ठा भएको उपलक्ष्यमा भरतपुर महानगरपालिका १८ चनौली बजारमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन गरीएको छ । सोमबार धार्मीक व्यक्तित्व, स्थानीयबासी, समाजसेवीहरुको उपस्थितिमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन गरीएको हो । यसैबिच भारतको अयोध्यामा बनेको राम मन्दिरमा विश्वकै ध्यान तान्ने गरी आज भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । अर्थात् भगवान् रामको प्राणलाई मूर्तिमा सारिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठालाई भारतीय इतिहासकै सर्वोच्च दिनको रूपमा व्याख्या गर्दै सयौँ वर्षको प्रतिक्षा र धैर्यतापछि आजको दिन आएको पनि उल्लेख गर्नुभयो । मन्दिर बनाउन १८ अर्ब भारु खर्च भएकोमा सरकारले जम्मा १ अर्ब मात्रै बजेट दियो, बाँकी चन्दा र सहयोगबाटै जुट्यो । मन्दिरका लागि अर्बौ...
चितवन राष्ट्रिय निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने

चितवन राष्ट्रिय निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने

banner-2, चितवन बिशेष
वसन्त पराजुली चितवन,५ माघ  । चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पर्यटकलाई भ्रमण गराउने करिब १५० सवारीसाधन त्यसरी कानुनविपरीत स्वरूप परिवर्तन गरेर सञ्चालन भएको पाइएपछि निकुञ्जले यस्तो रणनीति बनाएको हो । तीमध्ये एउटा जिपलाई ट्राफिक प्रहरीले कारबाही गरी सात हजार रुपियाँ जरिबाना गरेको थियो । गत सोमबार ‘निकुञ्जभित्र चल्ने सवारीसाधन अवैध’ शीर्षकको समाचार सार्वजनिक भएपछि निकुञ्जले जङ्गल सफारीमा आउने सवारीसाधनलाई नियमित विस्थापन गर्दै जाने जानकारी दिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्र चलेका त्यस्ता सवारीसाधन एकै पटक हटाउँदा पर्यापर्यटनलाई असर पर्ने देखिएकाले यसलाई क्रमश: नियन्त्रण गर्दै विस्थापन गरेर लैज...