banner-2

प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

प्रधानमन्त्रीले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

banner-2, प्रमुख समाचार, समाचार
उदयपुर,२० माघ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्। उदयपुरको त्रियुगा नगर वडा नम्बर ६ जलजले पुगेर उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्। प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर  बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए। सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए। आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए। उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो। नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो।...
नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

banner-2, चितवन बिशेष, समाचार
चितवन,२० माघ । चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिए । यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्वास गर...
आजको राशिफल: २०८० माघ १७ गते बुधबार

आजको राशिफल: २०८० माघ १७ गते बुधबार

banner-2, राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ। व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न सक्छ। यात्रा फलदायी रहन सक्छ भने कामले अरुलाई प्रभावित पार्न सकिन्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययनमा रुचि नलाग्न सक्छ। व्यवसायमा प्रतिष्पर्धीहरु बलिया रहनाले केहि समस्या पर...
आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

banner-2, समाचार
काठमाडौँ,१६ माघ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरे...
चनौलीमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन सम्पन्न

चनौलीमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन सम्पन्न

banner-2, चितवन बिशेष, समाचार
चनौली । भारतको अयोध्यामा बनेको राम मन्दिरमा भगवान् रामको प्राणप्रतिष्ठा भएको उपलक्ष्यमा भरतपुर महानगरपालिका १८ चनौली बजारमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन गरीएको छ । सोमबार धार्मीक व्यक्तित्व, स्थानीयबासी, समाजसेवीहरुको उपस्थितिमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन गरीएको हो । यसैबिच भारतको अयोध्यामा बनेको राम मन्दिरमा विश्वकै ध्यान तान्ने गरी आज भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । अर्थात् भगवान् रामको प्राणलाई मूर्तिमा सारिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठालाई भारतीय इतिहासकै सर्वोच्च दिनको रूपमा व्याख्या गर्दै सयौँ वर्षको प्रतिक्षा र धैर्यतापछि आजको दिन आएको पनि उल्लेख गर्नुभयो । मन्दिर बनाउन १८ अर्ब भारु खर्च भएकोमा सरकारले जम्मा १ अर्ब मात्रै बजेट दियो, बाँकी चन्दा र सहयोगबाटै जुट्यो । मन्दिरका लागि अर्बौ...
चितवन राष्ट्रिय निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने

चितवन राष्ट्रिय निकुञ्जभित्र चल्ने अवैध सवारी हटाइने

banner-2, चितवन बिशेष
वसन्त पराजुली चितवन,५ माघ  । चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पर्यटकलाई भ्रमण गराउने करिब १५० सवारीसाधन त्यसरी कानुनविपरीत स्वरूप परिवर्तन गरेर सञ्चालन भएको पाइएपछि निकुञ्जले यस्तो रणनीति बनाएको हो । तीमध्ये एउटा जिपलाई ट्राफिक प्रहरीले कारबाही गरी सात हजार रुपियाँ जरिबाना गरेको थियो । गत सोमबार ‘निकुञ्जभित्र चल्ने सवारीसाधन अवैध’ शीर्षकको समाचार सार्वजनिक भएपछि निकुञ्जले जङ्गल सफारीमा आउने सवारीसाधनलाई नियमित विस्थापन गर्दै जाने जानकारी दिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्र चलेका त्यस्ता सवारीसाधन एकै पटक हटाउँदा पर्यापर्यटनलाई असर पर्ने देखिएकाले यसलाई क्रमश: नियन्त्रण गर्दै विस्थापन गरेर लैज...
रत्ननगर महोत्सवमा परम्परागत घरहरु प्रति दर्शकको आकर्षण

रत्ननगर महोत्सवमा परम्परागत घरहरु प्रति दर्शकको आकर्षण

banner-2, चितवन बिशेष, समाचार
चितवन । चितवनको टिकौली चौरमा भइरहेको रत्ननगर महोत्सवमा परम्परागत शैलीमा निर्माण गरिएका घरहरु दर्शकहरुको रोजाइमा परेका छन् । महोत्सवमा आज मात्र १५ हजार भन्दा बढी दर्शकहरुले घरहरुको अवलोकन गरेका छन्। थारु, गुरुङ, मगर र तामाङ जातिको संस्कृति झल्काउने चारवटा घर निर्माण गरिएका छन् । यी घरहरुमा परम्परागत रूपमा नेपाली समाजमा प्रयोग हुने हलो, जुवा, जातो, ढिकी लगायतका सामग्री प्रदर्शन गरिएका छन्। दर्शकहरु यी घरहरु हेर्न र फोटो खिच्न उत्साहित देखिएका छन्। महोत्सवमा चितवनको कृषि र पर्यटनलाई जोड दिइएको छ। मकै बाली संरक्षण, केरा बगान, च्याउ खेती र माछा पालनलाई प्राथमिकता दिइएको छ। माघ ८ सम्म चल्ने महोत्सवमा ४५० भन्दा बढी स्टलहरु रहेका छन्। महोत्सवबाट २५ करोड भन्दा बढीको कारोबार हुने र तीन लाखभन्दा बढी दर्शक आकर्षित हुने अनुमान गरिएको छ।...
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा उच्च रक्तचाप मापन मेसिन सञ्चालन

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा उच्च रक्तचाप मापन मेसिन सञ्चालन

banner-2, प्रदेश, प्रमुख समाचार, स्वास्थ्य
हेटौंडा,३ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वचालित उच्च रक्तचाप मापन मेसिन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बिच मन्त्रालयको प्रांगणमा उच्च रक्तचाप मापन मेसिन (अटोमेटिक डिजिटल बीमआई मेसिन) सञ्चालनमा ल्याइएको हो । आम नागरिकहरुमा सचेतना जगाउने उद्देश्य अनुरुप विश्व स्वास्थ्य संगठनको सहयोगमा अटोमेटिक डिजिटल ब्लडप्रेसर मापन मेसिन संचालनमा ल्याइएको हो । नेपालमा करिब ४७ लाख मानिसहरुमा उच्च रक्तचापको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये १० लाख मानिसले मात्र नियमित रुपमा उच्च रक्तचाप चेकजाँच गर्ने र अवस्थाको बारेमा जानकारी लिने गरेको मन्त्रालयले जनाएको छ । चेकजाँच गर्ने १० लाख मानिसहरु मध्ये ४ लाख मानिसले उच्च रक्तचापको औषधि सेवन गर्ने गरेको मन्त्रालयको तथ्यांक रहेको छ । औषधि सेवन गर्नेहरुमध्ये २ लाख जना मानिसमा उच्च रक्तचाप नियन्त्रणमा रहेको जनाइएको छ ।तथ्यां...
रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट

रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट

banner-2, चितवन बिशेष, समाचार
चितवन । रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो । ‘महोत्सवको टिकट लिएर उपचार गराउन आउँदा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं, यसले जो कोहीलाई पनि अस्पतालमा छुटसहितको उपचार पाउन सहज हुनेछ’–सिएमसीका सूचना अधिकारी पारस अधिकारीले भने । उनका अनुसार महोत्सवको टिकटको मान्यता एक महिनासम्मको रहने छ । अस्पतालमा सामान्य उपचारदेखि शल्यक्रिया गराउँदा पनि यो छुट पाउने अधिकारीले बताए । पछिल्लो समय चितवन मेडिकल कलेजमा सामान्य उपचारदेखि क्यान्सर रोगको समेत उपचार हुँदै आइरहेको छ । रत्ननगर महोत्सव पुस २६ ९भोलि०देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ ।...
रत्ननगर महोत्सव : खगेरी खोलामा मोटरबोटको मज्जा

रत्ननगर महोत्सव : खगेरी खोलामा मोटरबोटको मज्जा

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको अबलोकनकर्ता खगरी खोलामा मोटरबोटको मज्जा लिन पाउने भएका छन् । नयाँ पर्यटकीय स्थलको पहिचान र सम्भाव्यता अध्यायनको लागि खगरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको हो । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीन रुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्य अनुसार महोत्सवको अबधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो । रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको सहकार्यमा सम्भाव्यता अध्ययनको लागि मोटरबोट सञ्चालनमा ल्याइएको संघका अध्यक्ष गिरीले जानकारी दिए । भरततालको जस्तै सम्भावना रत्ननगरमा पनि छ है भन्ने सन्देश दिएर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महोत्सव अबधि भर मोटरबोट सञ्चालन गरिएको उनको भनाई छ । एचएस कम्पनीका दुई वटा मोटरबोट खगेरीमा चल्ने छ । २०० रुपैया तिरेर साढे दुई कि...