Author: चितवन आवाज डेस्क

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी

Banner 1, राजनीति, समाचार
तनहुँ, ११ वैशाख। तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ। १८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन् । वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २७९७ मत ल्याएका छन्। तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ। ...
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

समाचार
काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले गएको हप्ता दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो । ...
उपनिर्वाचनका दिन स्थानीय रुटका सवारी साधान आवागमन बन्द

उपनिर्वाचनका दिन स्थानीय रुटका सवारी साधान आवागमन बन्द

चितवन बिशेष, समाचार
चितवन, ८ वैशाख ।  वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै लामो दुरीका सवारी साधन बाहेक अन्य सबै सवारी साधनहरु संचालनमा रोक लगाइएको हो । लामो दुरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरि केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनहरुलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ । चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारी साधन एकिन गरेर मात्रै पठाउन भनिएको जनाएको ...
भरतपुरमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु

भरतपुरमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु

Banner 1, चितवन बिशेष, समाचार
चितवन, ८ वैशाख । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा २ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो । ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९ः३५ बजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । सरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै ...
चितवनमा उपनिर्वाचनका दिन मनकामना केबलकार बन्द हुने

चितवनमा उपनिर्वाचनका दिन मनकामना केबलकार बन्द हुने

Banner 1, चितवन बिशेष, समाचार
चितवन, ८ बैशाख  । चितवनमा हुन गइरहेको उपचुनावका दिन मनकामना केबलकारको सेवा बन्द रहने भएको छ। चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपीठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो। मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ। वैशाख ११ गतेदेखि केबलकार पुनः सञ्चालनमा आउने प्रालिले जनाएको छ। चितवन २ सहित तनहुँ १ र बारा २ मा वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन हुँदै छ। ...
सप्तगण्डकीमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनद्वारा तोडफोड

सप्तगण्डकीमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनद्वारा तोडफोड

Banner 1, चितवन बिशेष, शिक्षा, समाचार
चितवन, १ चैत । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेका हुन् । क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला मंगलबार सुरक्षाकर्मी लगाएर खोलेको थियो । क्याम्पसका कर्मचारीले मतदाता विद्यार्थीहरुको विवरण आफु निकटका विद्यार्थी संगठनलाई उपलब्ध गराएपछि तोडफोडको घटना भएको माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) का सप्तगण्डकी सचिव विकास ढकालले बताउनुभयो । ‘मतदाताको अन्तिम नामावली प्रकाशन भएकै छैन । निर्वाचन प्रक्रिया अघि बढेको छैन । नियमविपरित विद्यार्थीको व्यक्तिगत डाटा बाह...
विद्यालय भवन निर्माण अधुरै

विद्यालय भवन निर्माण अधुरै

शिक्षा, समाचार
खलङ्गा, १ चैत । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताउनुभयो । नगरपालिकाले विद्यालय भवन निर्माणका लागी रु छ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो । “बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करबिर जोशीले बताउनुभयो । विसं २०४० मा स्थापनमा भएको उक्त विद्...