Author: आवाज डेस्क

नेपालमा लगानी गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

नेपालमा लगानी गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

राजनीति, समाचार
दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्डले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्ताहरुलाई आग्रह गरेका छन । कोप–२८ मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै उहाँले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन । युएईको उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी गराएका थिए । युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए । दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाण...
दुई गैंडा मारेको आरोपमा ८ जना पक्राउ

दुई गैंडा मारेको आरोपमा ८ जना पक्राउ

banner-2, चितवन बिशेष, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कात्तिक ३० गते खाल्टोमा पारी दुई गैंडा मारिएको घटनाका आरोपीहरूलाई पक्राउ गरिएको छ। निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले मंसिर ९ र ११ गते क्रमशः ६ र २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू २८ देखि ७७ वर्ष उमेर समूहका पुरुष रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरका ३३ बर्षिय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षिय आइते सिंह मोक्तान, मकवानपुरस्थित राक्सीराङ ९ का ४४ वर्षिय सम्शेर थीङ, राक्सीराङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षिय अर्जुन रोका, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षिय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका रमेश खाती मुख्य योजनाकार रहेको राष्ट्रिय निकुञ्ज तथा व...
घरवहाल कर घरवेटीसँग लिन दवाव

घरवहाल कर घरवेटीसँग लिन दवाव

समाचार
चितवन । चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवासयीहरुलाई घरवेटीले घरवहाल कर तिर्न तिर्न लगाएको कुरा कसैका सामू पनि छिपेको छैन । अहिलेसम्म घरबहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरुले घरबहाल कर घरवेटीसँग लिनुपर्ने भन्दैं दवाव बढाउन थालेका छन् । उद्योग बाणिज्य संघ वस्तुगत समन्वय समितिका संयोजक तथा तृतिय उपाध्यक्ष शिरिष पन्तको नेतृत्वमा संघमा आवद्ध २१ वटा वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधीहरुले आज विहिवार भरतपुर महानगरपालिका राजश्व परामर्श समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर घरवहाल कर घरवेटीसँग लिन दवाव दिएको हो । महानगरपालिकाले व्यवसायीलाई व्यवसाय कर तिर्न जाँदा घरवहाल करसमेत माग्न थालेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । आम्दानी गर्नेले नै कर तिर्नुपर्ने विश्वव्यापी मान्यता रहेको भन्दैं संघका तृतीय उपाध्यक्ष पन्तले महानगरले घरवहाल कर व्यवसायी...
छोराको जन्मदिनका अवसरमा पौडेलले चौतारी भवनलाई गरे आर्थिक सहायता

छोराको जन्मदिनका अवसरमा पौडेलले चौतारी भवनलाई गरे आर्थिक सहायता

banner-2, चितवन बिशेष, समाचार
चितवन । छोराको जन्मदिनको अवसर पारेर विज्ञापन चितवन एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक खुमप्रसाद पौडेल किरणले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । पौडेलले छोरा अभिषेक पौडेलको जन्मदिनको अवसरमा भवन निर्माणका लागि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई दश हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको पौडेलले बताए । चितवनमा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा विज्ञापन सम्वन्धी कार्य गर्दै आएका पौडेलले जिल्लामा पत्रकार सम्वद्ध संघसंगठनको भवन बन्दा त्यसले संस्थागत विकासमा टेवा पुग्ने बताए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि विभिन्न पक्षबाट सहयोग मिल्ने क्रम जारी नै रहेकोले भवनले पूर्णता पाउने विश्वास लिएको बताए । समाजसेवी केशव कार्कीले...
आजको बिदेशी मुद्राको बिनिमय दर, युरो र डलर भाउ बढेको बढ्यै

आजको बिदेशी मुद्राको बिनिमय दर, युरो र डलर भाउ बढेको बढ्यै

आर्थिक, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ८८ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ४२ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ८१ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ९६ पैसा तथा बिक्री दर ९७ रूपैयाँ ७० पैसामा कारोबार गर्न अनुमति दिएको छ । जापानी येन १० को खरिददर ८ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९६ पैसा बराब...
असुरक्षित यौनसम्पर्क मात्र होइन, यस्ता पनि कारणले लाग्छ यौनरोग

असुरक्षित यौनसम्पर्क मात्र होइन, यस्ता पनि कारणले लाग्छ यौनरोग

समाचार, स्वास्थ्य
हामीकहाँ यौन जीवनका कुरा खुलेर बहस गर्ने परिपाटी छैन  । त्यसैले यौनजन्य समस्या भएर पनि त्यसबारे सोधीखोजी गरिदैन । नतिजा, यौनजन्य रोग भित्रभित्रै लुकाएर बस्ने गर्छन । जब समस्या जटिल बन्छ, तब मात्र उपचारका लागि धाउने गरिएको पाइन्छ  । यौन सम्पर्कबाट सर्ने रोगलाई यौनसम्बन्धी रोग भनिन्छ। यौनरोग फंगस, ब्याक्टेरिया र भाइरसको संक्रमणले हुन्छ। एक भन्दा बढि पार्टनर संग असुरक्षित यौन सम्पर्कका कारण यौन रोग सर्ने गर्दछ। अहिलेको अवस्थामा नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। कुनै रोग केही जटिल प्रकारका छन् भने केही सामान्य प्रकारका। सयौं थरीका यौनरोग छन्। जुन दुई व्यक्तिबीचको असुरक्षित यौन सम्बन्धको कारणले सर्छ। नेपालीहरुलाई मूख्यगरी गोनोरिया, क्राइमोडिया, भिरिङ्गी, यौनाङ्गको मुसा, ट्राइकोमोनियस जस्ता यौनरोगले बढी सताएको छ। नेपालमा हाल वयस्क व्य...
भरतपुरमा भेटिएको शव अझै पनि अपरिचित,  शव पहिचानका लागि प्रहरीले गर्‍यो अनुरोध

भरतपुरमा भेटिएको शव अझै पनि अपरिचित, शव पहिचानका लागि प्रहरीले गर्‍यो अनुरोध

banner-2, चितवन बिशेष, समाचार
चितवन, ६ मंसिर  । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा बुधबार दुई वटा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुई वटा शवको अझैसम्म पहिचान हुन सकेको छैन । शवको पहिचान हुन नसकेपछि प्रहरीले शव चिन्नेले प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । अन्दाजी ३५ वर्षको पुरुष र ३० वर्षको महिलाको शवको हुलियाबारे प्रहरीले जानकारी गराएको छ । उचाई ५ फिट ७ ईन्च भएको पुरुषले सेतो रंगको सेण्डो, सुपरड्राइ लेखिएको निलो रंगको हाफ कट्टु, डबल लेखिएको खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखीने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको प्रहरीले जनाएको छ । त्यस्तै, उचाई ५ फिट ३ ईन्च भएकी महिलाले कलेजी रंगको ट्राउजर, गुलावीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, हात खु...
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…

भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…

अन्तराष्ट्रिय, समाचार
नयाँदिल्ली । झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैलाई बलिदिने प्रयास गरे । युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए । वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन् । युवकको पहिचान नीरज रहेको प्रहरीले जनाएको छ । नीरज राईकवार भानगुवा निवासी भएको प्रहरीले जनाएको छ । घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । मेड...
गाजाबाट १०३ रूसी नागरिकको उद्दार, स्वदेश फर्काइयो

गाजाबाट १०३ रूसी नागरिकको उद्दार, स्वदेश फर्काइयो

अन्तराष्ट्रिय, समाचार
मस्को । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ  स्वदेश फर्काइएको छ । गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ। रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६  मार्फत  घर फर्केका छन् । पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ  ।...
गुल्मीमा सुन्तलाले लियो ३ वर्षीय बालकको ज्यान

गुल्मीमा सुन्तलाले लियो ३ वर्षीय बालकको ज्यान

समाचार
रेसुङ्गा, ७ मङ्सिर  । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले राससलाई जानकारी दिनुभयो । मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पु¥याइएको थियो । अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो । ...