Author: आवाज डेस्क

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन। चितवनको खैरहनीमा हुन गइरहेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने भएको छन् ।आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीका अनुसार महोत्वसमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने बताए । माघ १ गते नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र चर्चित गायिका अनु चौधरीको प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ । चितवनवासी लगायत आगन्तुकहरूलाइ मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको खिचरा महोत्सवका संयोजक चौधरीले जानकारी दिए । महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । परम्परागत सास्कृतिक ठेकरा, झुमरा, रसधारी, लाठी नाचहरुको प्रस्तुतिका साथै विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति तथा खिचरा डान्स नाइडल रहनेछ । महोत्सव यही ...
रत्ननगर महोत्सव : खगेरी खोलामा मोटरबोटको मज्जा

रत्ननगर महोत्सव : खगेरी खोलामा मोटरबोटको मज्जा

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको अबलोकनकर्ता खगरी खोलामा मोटरबोटको मज्जा लिन पाउने भएका छन् । नयाँ पर्यटकीय स्थलको पहिचान र सम्भाव्यता अध्यायनको लागि खगरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको हो । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीन रुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्य अनुसार महोत्सवको अबधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो । रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको सहकार्यमा सम्भाव्यता अध्ययनको लागि मोटरबोट सञ्चालनमा ल्याइएको संघका अध्यक्ष गिरीले जानकारी दिए । भरततालको जस्तै सम्भावना रत्ननगरमा पनि छ है भन्ने सन्देश दिएर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महोत्सव अबधि भर मोटरबोट सञ्चालन गरिएको उनको भनाई छ । एचएस कम्पनीका दुई वटा मोटरबोट खगेरीमा चल्ने छ । २०० रुपैया तिरेर साढे दुई कि...
एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् । सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको जिकिरसमेत गरेका छन् । एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेले मात्र विकास सक्ने उनले बताएका छन् । अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताएका छन् । उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा पनि राखे । ...
क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

Banner 1, चितवन बिशेष, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो । असोज २५ गतेदेखि राखिएका क्यामेरा एक साताअघि निकालिएको हो । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा क्यामेरा ट्यापिङ्को काम गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मङ्सिर ५ गतेबाट वनमा राखिएका क्यामेरा निकाल्न थालिएको हो । उहाँका अनुसार क्यामेरा ट्यापिङ्को विधिबाट बाघको अवस्थाबारे जानकारी लिइएको छ । माडीको सोमेस्वर क्षेत्रबाट क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको थियो । यसका लागि ६२ क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरी बाघको अ...
सौराहामा गोही संरक्षण मेला हुने

सौराहामा गोही संरक्षण मेला हुने

banner-2, चितवन बिशेष, समाचार
चितवन । जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ । यही मङ्सिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो । अति सङ्कटापन्न अवस्थामा रहेको घडीयाल गोहीको संरक्षणमा स्थानीय समुदायको सहभागिता, वैज्ञानिक सूचनाबारे जानकारीका साथै समग्र गोही प्रजातिको दिगो सरक्षण रणनिति तयार गर्न मेला आयोजना गर्न लागिएको हो । नयाँ पिँढीमा सरक्षण संस्कृतिको विकास गर्न यो मेला आयोजना गर्न लगिएको मेलाकी संयोजक रञ्जना भट्टले जानकारी दिनुभयो । केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा गोही प्रजातिसँग सम्बन्धी सूचनामूलक श्रब्य–दृश्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला, संस्कृति र खानाका परिकारलगायत स्टल राखिने छ । मेला अवधिभर संरक्षणसम्बन्धी नाटक, गीत नृत्यलगायत कार्यक्रम गरिनाका साथै विभिन्न आठ विद्यालयमा संरक्षण शि...
नेकपा एसको सचिवालय बैठक सुरु

नेकपा एसको सचिवालय बैठक सुरु

banner-2, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेसन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।’ ...
सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला भयाे कति ?

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला भयाे कति ?

आर्थिक, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको भाउ आकासिएको छ । बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाऊँले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेकाे छ । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ ।...
भरतपुरमा निर्माणाधीन सिटी हलको ५५ प्रतिशत काम सकियो

भरतपुरमा निर्माणाधीन सिटी हलको ५५ प्रतिशत काम सकियो

चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो । सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ । निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो । निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा ढिलाइ भएको जनाएको छ । सिटी हलको मुख्य संरचनाको ट्रसका लागि फलामे पाइप भारतबाट आइसकेकाले अब निर्माणले गति लिने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताए । उाका अनुसार तीन महिनाअगाडि भारतबाट मगाइएको ट्रसका लागि फलामे पाइप मङ्गलबारमात्रै यहाँ आइपुगेको हो । ट्रस हाल्न करिब तीन महिना लाग्ने थापाले बताए । ‘ट्रसका लागि भारतबाट मगाइएको पाइप आइपुगेको छ’, उनले भने, ‘केही आउने क्रममा छ । पाइपमाथि जोडिने पाता नेपालमै उत्पादन हुन्छ । अब धमाधम क...
ठिमुरा पुल- व्यवसायीको लापरबाहीको कारण अलपत्र

ठिमुरा पुल- व्यवसायीको लापरबाहीको कारण अलपत्र

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदी माथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो । पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० मिटर लम्बाइ र ८.५ मिटर चौडाइ भएको उक्त पुल ढलान भइसकेर पनि पहुँचमार्ग तयार नभएको अवस्थामा अलपत्र अवस्थामा रहेको छ । एक दशकअघिदेखि निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । पुलको पहुँचमार्ग तयार नहुँदा पैदल हिँडडुल गर्नबाहेक सवारीसाधन गुडाउन मिल्दैन । घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक टङ्कनाथ पौडेलले उक्त पुल निर्माण नसके कानुनी बाटोमा अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुरत...
महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा सुरक्षा गार्ड पक्राउ

महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा सुरक्षा गार्ड पक्राउ

अन्तराष्ट्रिय, समाचार
न्यूयोर्क । अमेरिकामा ७९ वर्षीया महिलाको शवसँग शारीरिक सम्बन्ध राखेको आरोपमा एक अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना एरिजोना क्षेत्रमा भएको बताइएको छ। न्यूयोर्क पोस्टका अनुसार यो घटना फिनिक्सको ब्यानर युनिभर्सिटी मेडिकल सेन्टरको मुर्दाघरमा भएको थियो, जहाँ ४६ वर्षीय रान्डल बर्ड सुरक्षा गार्डको रूपमा काम गर्थे। गत महिनाको अन्त्यमा प्रहरीले घृणित आरोपहरूको अनुसन्धान सुरु गरेपछि उनीमाथि धेरै संख्यामा आरोप लगाइएको थियो। पोष्टका अनुसार ७९ वर्षीया महिलाको शव अक्टुबर २२ मा शव गृहमा पुगेको थियो । र्‍यान्डल ब्यर्डले शवहरूलाई शवगृहमा लैजान र फ्रिजरमा राख्ने जिम्मा पाएका थिए। तर, अदालतका कागजात र दुई साक्षीहरूले अक्टोबर २२ मा ती सुरक्षा गार्डलाई बेल्ट बन्द, जिपर तल र उसको वर्दी फोहोर भएको देखेका थिए । वृद्ध महिलाको शरीरको झोला खुला थियो र पीडितको शव राखिएको गुर्नीको माथि बर्ड बेल्ट...