Author: चितवन आवाज डेस्क

आजको राशिफल: २०८० फागुन २ गते बुधबार

आजको राशिफल: २०८० फागुन २ गते बुधबार

Banner 1, राशिफल, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशिको लागि आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ । मिथुन (का, कि, क...
भरतपुर कारागारका दुई सयभन्दा बढी कैदीबन्दी घरेलु उद्योगमा

भरतपुर कारागारका दुई सयभन्दा बढी कैदीबन्दी घरेलु उद्योगमा

चितवन बिशेष, समाचार
भरतपुर,१ फागुन । कारागार भन्ने वित्तिकै विभिन्न अपराधमा संलग्न भएर सजाय काट्न पठाइने ठाउँको रुपमा लिने गरिन्छ । पछिल्लो समय जिल्ला कारागारमा रहेका कैदीबन्दीमध्ये दुई सयभन्दा बढी घरेलु उद्योगमा व्यस्त हुन थालेका छन् । यहाँ विभिन्न किसिमका सीपमूलक काममार्फत उनीहरु उद्योगमा लागेका हुन् । विशेष गरी लामो समयसम्मका लागि कैद सजय तोकिएका, घरको आर्थिक अवस्था कमजोर भएका कैदीबन्दी घरेलु उद्योगको काममा आकर्षित भएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार बत्ती कात्ने, मुढा बुन्ने, गलौँचाको काम, सिलाइ कटाइलगायत काममा उनीहरु व्यस्त छन् । कारागार कार्यालयमा रहेका सात सय ५५ कैदीबन्दीमध्ये ८० जनाले बाँसको मुढा बुन्ने, ८० ले गलैँचाको काम गर्ने गरेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सिलाइकटाइमा सात, बत्ती कात्ने २०, खेलाउना बनाउनेमा एक जनाले काम गरिरहेका छन्...
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो: राष्ट्रपति पौडेल

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो: राष्ट्रपति पौडेल

Banner 1, प्रमुख समाचार, समाचार
काठमाडौँ,१ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताएका छन्। गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले छात्रालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । “समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ,”– उनले भने । देशमा रहेका गुरुकुलमा छात्रालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुक...
एक महिनाभित्रमा हेटौंडा ४०० केभी सबस्टेसन निर्माण सकिने

एक महिनाभित्रमा हेटौंडा ४०० केभी सबस्टेसन निर्माण सकिने

समाचार
काठमाडौं,१ फागुन । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००/२२० केभी,२२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरु भइरहेका छन् । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ । निर्माण अनुगमनमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा सबस्टेसनको काम सन्तोषजनक देखिएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले निर्माणमा सङ्लग्न आयोजना व्यव...
भरतपुरका विद्यालयलाई शुक्रबार झोला र किताब रहित बनाउँछौंः उपप्रमुख अधिकारी

भरतपुरका विद्यालयलाई शुक्रबार झोला र किताब रहित बनाउँछौंः उपप्रमुख अधिकारी

चितवन बिशेष, समाचार
भरतपुर,१ फागुन । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ब्यबहारिक शिक्षा आजको आबश्यकता भएको बताउनु भएको छ । आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सिमित भएको टिप्पणी गर्नुहुदै उपप्रमुख अधिकारीले ब्यबहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाई तर्फ केन्द्रित गर्ने बताउनुभयो । शरदपुर माबि भरतपुर ८ र ९ को ४९ औ बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई मगलबार उद्वघाटन गर्नुहुदै नगर उपप्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले साताको प्रत्येक शुक्रवार झोला र किताब रहितको ब्यबहारिक शिक्षाको अवधारणा ल्याएको उल्लेख गर्नुभयो । अहिले भरतपुर महानगरपालिकाले ब्यबहारिक शिक्षालाई परिक्षणको रुपमा लागू गरिरहेको उल्लेख गर्दै महानगरले साताको प्रत्येक शुक्रबारलाई ब्यबहारिक शिक्षाको रुपमा लागू गर्ने गरि कार्यबिधी बनाएर अगाडी बढेको पनि प्रष्ट पार्नुभयो । शुक्रबारलाई झोला र किताब रहितको बनाउने उदेश्यका साथ प्रक्रिय...
आजको राशिफल: २०८० फागुन १ गते मङ्गलबार

आजको राशिफल: २०८० फागुन १ गते मङ्गलबार

Banner 1, राशिफल, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रेमीको सहयोग पनि पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्...
ब्रम्हपुर स्कुलले मनायो ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

ब्रम्हपुर स्कुलले मनायो ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

चितवन बिशेष, समाचार
चितवन,२९ माघ । भरतपुर–१६ मा रहेको आधारभूत विद्यालय ब्रम्हपुरले ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विद्यार्थीबीच नृत्य प्रतियोगिता, पुरस्कार वितरण सहित विविध कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयमा तीन सय १० जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक सुवेदीले जानकारी दिनुभयो । कक्षा १ देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने कक्षा बढाउँदै लैजाने तयारी गरेको उहाँको भनाइ छ । विद्यालयको वार्षिकोत्सवकै अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक कुलप्रसाद घिमिरेले आफ्नी आमाको स्मृतिमा अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृ...
टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

चितवन बिशेष, समाचार
चितवन,२९ माघ । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो । सो कार्यालयका प्रमुख खड्कबहादुर खत्रीले सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले यसलाई न्यूनीकरण गर्न ‘राडर गन’को सहायताले चेकजाँच सुरु गरिएको जानकारी दिनुभयो । “केही दिनदेखि हामीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा चेकजाँच गरिरहेका छौँ, अब बढी सवारी साधन ...
ज्योतिनगरको सूर्योदय वोमी लघुवित्त संस्थामा अपरिचित व्यक्तिद्वारा आगजनी

ज्योतिनगरको सूर्योदय वोमी लघुवित्त संस्थामा अपरिचित व्यक्तिद्वारा आगजनी

banner-2, चितवन बिशेष, समाचार
चितवन,२९ माघ । चितवनको भरतपुर महानगरपालिका–२६ ज्योतिनगरस्थित सूर्याेदय वोमी लघुवित्तीय संस्थाको कार्यालयमा अपरिचित व्यक्तिहरुले आइतवार दिउँसै आगजनी गरेका छन् । आइतवार करिब ३ः०५ बजेको समयमा दुई जना अपरिचित मास्क लगाएका पुरुष व्यक्तिहरुले उक्त लुघवित्त संस्थामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । लुघवित्त संस्थाको कार्याल्यमा कार्यरत महिला कर्मचारीलाई डर धम्कि देखाई व्यवस्थापनलाई समेत पर्चा थमाएर अर्काे कोठामा पठाई सिसाको बोतलमा रहेको पेट्रोल खनाएर आगजनी गरिएको उलने बताए । आगजनी गर्ने व्यक्तिहरु फरार रहेका छन् । आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टर, टेबल, स्क्यानर र कुर्सी एक÷एक थान जलेर नष्ट भएको प्रहरीेले जनाएको छ । आगजनी गर्नेहरुको खोजी भइरहेको बताइएको छ ।...
नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

खेल, समाचार
काठमाडौं,२९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।यो खेल त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमामा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ । यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ । नेपालले यो सिरिजपछि आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणीय सिरिज खेल्ने हुनाले क्यानडाविरुद्धको सिरिजलाई तयारीको रुपमा हेरेको छ । सोहि कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ । यस खेलमा पनि नेपालले आफ्नो प्लेइङ ११ मा परिवर्तन गर्ने स...