शिक्षा

सार्वजनिक पद धारण गरेका व्यक्तिको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

सार्वजनिक पद धारण गरेका व्यक्तिको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

चितवन वरिपरि, शिक्षा, समाचार
गोर्खा  । गोर्खा भच्चेकको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । गाउँपालिकाले विहिबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुयाउने उद्देश्यले सो निर्णय गरिएको बताएको छ । मिति २०८० ०१ २० को अजिरकोट गाउँपालिकाबाट सार्वजनिक पदधारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका वालवालिकाहरुलाई बाल कक्षा देखी ८ कक्षा सम्मका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय भएको हुँदा सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” सूचनामा भनिएको छ ।...
सप्तगण्डकीमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनद्वारा तोडफोड

सप्तगण्डकीमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनद्वारा तोडफोड

Banner 1, चितवन बिशेष, शिक्षा, समाचार
चितवन, १ चैत । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेका हुन् । क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला मंगलबार सुरक्षाकर्मी लगाएर खोलेको थियो । क्याम्पसका कर्मचारीले मतदाता विद्यार्थीहरुको विवरण आफु निकटका विद्यार्थी संगठनलाई उपलब्ध गराएपछि तोडफोडको घटना भएको माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) का सप्तगण्डकी सचिव विकास ढकालले बताउनुभयो । ‘मतदाताको अन्तिम नामावली प्रकाशन भएकै छैन । निर्वाचन प्रक्रिया अघि बढेको छैन । नियमविपरित विद्यार्थीको व्यक्तिगत डाटा बाह...
विद्यालय भवन निर्माण अधुरै

विद्यालय भवन निर्माण अधुरै

शिक्षा, समाचार
खलङ्गा, १ चैत । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताउनुभयो । नगरपालिकाले विद्यालय भवन निर्माणका लागी रु छ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो । “बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करबिर जोशीले बताउनुभयो । विसं २०४० मा स्थापनमा भएको उक्त विद्...
सर्लाहीका विद्यालयलाई शिक्षक अभाव

सर्लाहीका विद्यालयलाई शिक्षक अभाव

शिक्षा, समाचार
सर्लाही, १८ फागुन । सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ । तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय ८८ मात्र छ । जिल्लामा दरबन्दीअनुसार अझै दुई हजार नौ सय ३९ शिक्षक आवश्यक भएको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिनुभयो । जिल्लामा दुई सय ५० प्रावि तहका संस्थागत विद्यालय, ४१ आधारभूत तहका संस्थागत र ४५ माध्यमिक तहका संस्थागत विद्यालय छन् । जिल्लामा ८६ परम्परागत विद्यालय रहेका कुशवाह बताउनुहुन्छ । जिल्लामा दुई लाख ३४ हजार एक सय ६३ विद्यार्थी अध्ययनरत छन् । “विद्यार्थी सङ्ख्याको अनुपातमा विभिन्न तहमा शिक्षक दरबन्दी अभाव रहेको छ”, उहाँले भन्नुभयो, “विसं २०५७ देखि स्वीकृत शिक्षक दरबन्दी तथा वि...