चितवन वरिपरि

ब्लड डोनर्सको कबिता लेखन प्रतियोगितामा भण्डारी प्रथम

ब्लड डोनर्सको कबिता लेखन प्रतियोगितामा भण्डारी प्रथम

चितवन बिशेष, चितवन वरिपरि, समाचार
चितवन, २५ फागुन । सामाजिक संस्था ब्लड डोनर्स सोसाइटिले आयोजना गरेको कविता लेखन प्रतियोगितामा गोपिराम भण्डारी प्रथम हुनुभएको छ । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा म एक रक्तदाता बिषयमा १३३ जना प्रतियोगीले कविता रचना गरेका थिए । कविता लेखन प्रतियोगितामा गोपाल दाहालले द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ, यस्तै प्रशंसा तामाङले तृतीय स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार सहित प्रमाणपत्र, द्वितीय हुनेले नगद ३ हजारसहित प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजारसहित प्रमाणपत्र कार्यक्रम माझ हस्तान्तरण गरिने जानकारी छ  । साथै सम्पुर्ण प्रतियोगीलाइ इमेल मार्फत् प्रमाणपत्र दिइएको आयोजकले बताएको छ । देशमा रगतको अभाव हुदै गएकाले रक्तदान गर्न प्रोत्साहन गर्ने उद्धेश्यले कविता लेखन प्रतियोगीता सञ्चालन गरेको संस्थाले अध्यक्ष अर्जुन अधिकारीले बताउनुभयो । यस किसिमको प्रतियोगिता...
दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

चितवन वरिपरि, समाचार
बलेवा, १८ फागुन । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो । अहिले बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । सायरले क...
स्थानीय उत्पादनले मूल्य पाएपछि किसानलाई राहत

स्थानीय उत्पादनले मूल्य पाएपछि किसानलाई राहत

Banner 1, चितवन बिशेष, चितवन वरिपरि, समाचार
चितवन, १७ फागुन । पटक–पटकको कृषि आन्दोलनले चितवनका किसानलाई केही राहत मिलेको छ । भरतपुर १६ विजयनगरका किसान धनु अधिकारीले स्थानीय उत्पादनले मूल्य पाउन थालेको भन्दै खुशी व्यक्त गरेकी छिन् । १० बिगाहा खेतमा तरकारी खेती गरिरहेकी उनी भन्छिन्, ‘किसानले उत्पादन गरेको तरकारीले बजारको समस्या बेहोर्नु नपरे भारतीय तरकारीको भर पर्नुपर्दैन ।’ माघ २० गते नारायणगढको पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा तरकारी फालेर र फागुन १२ गते कालो बेलुन उडाएर चितवनका किसानले आन्दोलन गरेका थिए । किसानले बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यको अन्तर थोरै हुनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने र भारतीय तरकारी आयात रोक्नुपर्ने उनीहरूको माग थियो । किसान आन्दोलनपछि त्यसबेला ५ रुपैयाँ किलोमा नबिकेको गोलभेँडा अहिले २८ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ । नेपालमा खेतीयोग्य जमिन बाँझो राखेर भारतीय तरकारी किन्न पर्ने स...
सूर्यमुखीको व्यावसायिक खेती

सूर्यमुखीको व्यावसायिक खेती

चितवन बिशेष, चितवन वरिपरि, समाचार
भरतपुर, १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उहाँले बताउनुभयो । दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ । “मैले २०३२ सालमा गाँजर खेतीबाट कृषि कर्म सुरु गरेको हुँ । गाँजर उत्पादन धेरै भए पनि बजार मूल्य नपाउने र लगानी धेरै लाग्ने भएकाले मैले तेलहन बाली लग...
चितवन-२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

चितवन-२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

चितवन बिशेष, चितवन वरिपरि, समाचार
काठमाडौं, १७ फागुन  । चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा  निर्धारण  गरेको  थियो  । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअनुसार दर्ता भएका दलले  मात्रै उपचुनावमा  भाग लिन पाउनेछन् । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय  स्वतन्त्र पार्टीका  सभापति  रवि  लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो । उपचुनावमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल  अर्गनाइजेसन, राष्ट्रिय  नागरिक  पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेले  भाग लिने गरी दल दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी समाजवादी,...
नारायणी नदी संरक्षणमा प्राथमिकता

नारायणी नदी संरक्षणमा प्राथमिकता

चितवन बिशेष, चितवन वरिपरि, समाचार
चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ ।यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको आज यहाँ शिलान्यास गर्नुभयो । सो अवसरमा महानगर प्रमुख दाहालले नदी संरक्षण अन्तर्गत पाँच चरणमा काम हुने र संरक्षणले महानगरवासीलाई सुरक्षित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो “नारायणी पुलमाथिको छ सय ४० मिटरको काम सुरुआत भएको छ । अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको छ ।” यहाँको पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो । उपप्रमुख अधिकारीले धार्मिक पर्यटनको संरक्षणका लागि नयाँ योजना सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“धार्मिक पर्यटनलाई महत्व दिँदै महानगरले काम गरि...