विचार

वातावरण दिवसमा सरसफाइका कुरा

वातावरण दिवसमा सरसफाइका कुरा

विचार
–खेम शर्मा आज (जुन–५) विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आजका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारा तय गरेर यसको ‘थिम’ भित्र रहेर देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा विश्वभर यो दिवस मनाउने गरिएको हो । सरसरती हेर्दा त वातावरणसँग जोडिने वन, जङ्गल, वनस्पतिसहित पारिस्थितिक प्रणाली सबै हो । तर सबैभन्दा निकट तर भित्र लुकेर बसेको अर्को पक्ष भनेको सरसफाइ हो । प्रकृतिसँग जोडिएका धेरै विषय र प्रणाली वातावरणका साथी हुन् अनि हामी वातावरणका साथी । प्रदुषणदेखि लिएर अनेक प्रकारका वातावरणीय जोखिमहरुलाई हटाउँदै प्रकृति ...
दलिय क्रान्ती छोडौं कृषि क्रान्तीमा जुटौं

दलिय क्रान्ती छोडौं कृषि क्रान्तीमा जुटौं

विचार
नवीन केसी क्रान्ति भन्नाले पुरानोलाई नयाँले विस्थापित गर्नुलाई जनाउँदछ । खास गरी क्रान्ति शब्दको प्रयोग राजनीतिक सामाजिक व्यवस्थामा हुने परिवर्तनलाई सङ्केत गर्दछ । कुनै पनि कुरामा हुने आमूल परिवर्तन वा मूलभूत कुरामा हुने परिवर्तनलाई क्रान्ति भनिन्छ । यस कारण कृषि क्षेत्रमा हुने आमूल परिवर्तनलाई कृषि क्रान्ति भनिन्छ । हाल कृषिमा आत्मनिर्भर हुने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन पनि कृषि क्रान्तिको एक स्वरूप नै हो । कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, औद्योगीकरण, विविधीकरण हुने, रोजगारमा उल्लेख्य वृद्धिभई आय आर्जनमा वृद्धि हुने, कृषिमा आधारित उद्योगहरू सञ्चालन हुने, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको ग्यारेन्टी भएको अवस्थालाई जनाउँदछ । बि.सं. १८६१ साल देखि ०६२/०६३ सालसम्म भएका बिर्तावालको विद्रोह, सुब्बा कृष्ण...
विश्वासनीय पत्रकारिताको सङ्कल्प

विश्वासनीय पत्रकारिताको सङ्कल्प

विचार
रामजी दाहाल माघ १९ विसं २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि राजनीतिक दल किंमकर्तब्यविमुढको अवस्थामा थिए । शाही घोषणाविरुद्ध आन्दोलनको भयले केही नेता घरमै नजरबन्द गराइएका थिए भने केहीलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको थियो । सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब दिन शाही घोषणाअघि नै सञ्चारमाध्यमको कार्यालयमा सेनाले घेरा हालिसकेका थिए । बन्दुक तेस्याउँदै सम्पादकीय कक्षमा अड्डा जमाएर कन्टेन्टमा कैँची लगाउने काम सेनाले गरेको थियो । एफएम रेडियोबाट समाचार प्रसारणमा बन्देज लगाइएको थियो । स्वतन्त्रपूर्वक लेख्न र बोल्न पाउनुपर्ने माग राख्दै सञ्चारकर्मी सडक आन्दोलनमा उत्रिएका थिए । दलका नेता सडकमा ओर्लिन डराएका बेला नेपाल पत्रकार महासङ्घले रत्नपार्कको निषेधित क्षेत्रमा भूमिगत शैलीमा जम्मा भएर शाही शासनका विरुद्ध प्रदर्शन गरेको थियो । त्यसअघि कोटेश्वर, बालाजु र कलङ्कीमा फाट...
डिजिटल रूपान्तरणको बाटोमा

डिजिटल रूपान्तरणको बाटोमा

विचार
काठमाडौँ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ लाई मूल नारा बनाएर अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले यही १७ मे २०२३ का दिन विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । यस वर्षको नाराभित्र दुईवटा विषयलाई प्राथमिकतामा राखिएको छ । पहिलो, कनेक्टिभिटी र दोस्रो, डिजिटल रूपान्तरण । विश्वका अल्पविकसित देशहरू विभिन्न खाले डिजिटल विभाजनको गहिराइमा भासिएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२२ को अन्त्यसम्ममा इन्टरनेटमा नजोडिएका २.७ अर्ब मानिसमध्ये करिब एक तिहाइ जनसङ्ख्या ४६ अल्पविकसित देशमा बसोबास गर्दछन् । इन्टरनेट प्रयोगको अवस्था हेर्ने हो भने सन् २०२२ मा अतिकम विकसित देशहरूमा जनसङ्ख्याको ३६ प्रतिशत मानिस मात्र अनलाइनमा रहेका छन् । लैङ्गिक दृष्टिकोणबाट हेर्दा यी देशहरूमा ४३ प्रतिशत पुरुष जनसङ्ख्या अनलाइन थिए भने अनला...
होसियार ! खोसिँदैछ अधिकार

होसियार ! खोसिँदैछ अधिकार

विचार
संसारभरिका श्रमिकले आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बनाइरहेका छन् । एक सय ३४ वर्षअघि श्रमिकको विद्रोह, बलिदानी र न्यायको विरासत बोकेको श्रमिक दिवसको इतिहासको स्मृतिमा यो दिनलाई सम्झिरहँदा नेपाली श्रमिकले भने क्रमशः आफ्ना अधिकारहरु गुमाउँदै गइरहेका छन् । नेपालको श्रम बजारमा ठूलो मध्येको श्रम क्षेत्र यातायात क्षेत्र हो । यातायात क्षेत्रमा प्रत्यक्षरुपमा ११ लाख श्रमिक रोजगारीमा जोडिएका छन् । विसं १९७३ देखि मान्छेले बोकेर काठमाडौंँ प्रवेश गराएको इतिहासलाई हेर्ने हो भने नेपालमा यातायातका साधनको प्रवेश भएको एक सय सात वर्ष पूरा भइसकेको छ । तर, यातायात क्षेत्रले नेपालमा अझै उद्योगका रुपमा आफूलाई विकास गर्न सकिरहेको छैन । करिब १० खर्ब लगानी रहेको यस क्षेत्रको लगानी क्रमशः पलायन भइरहेको छ । श्रमिक कानुनी संरक्षण भन्दा बाहिर छन् । रोजगारीको ग्यारेन्टी छैन, सामाजिक सुरक्षा योजनामा समेटिएका छैन...