विचार

 मैथिली भाषा सङ्कटमा

 मैथिली भाषा सङ्कटमा

विचार
हिमांशु चौधरी काठमाडौँ, १४  श्रावण । समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ । भाषा आयोगले स्पष्टरुपमा प्रदेशमा मैथिली भाषाको अग्रता उल्लेख गरे पनि सम्पर्क भाषाको प्रसङ्गले मैथिली भाषाको भविष्यमाथि नै प्रश्न उब्जेको छ । सम्पर्क भाषामा हिन्दी तथा मातृभाषामा मगही भाषाको प्रश्रयको बहसले गर्दा मैथिली भाषाको भविष्यबारे चिन्तन मनन् हुन थालेको छ । हुन त विश्व प्रसिद्ध सन्दर्भग्रन्थ साउथ एशियन एण्ड द मिडिल इष्टमा सङ्कटापन्न भाषाको सूचीमा मैथिली भाषाको उल्लेख नभएका कारण तत्काल यो भाषा सुरक्षित रहेको सन्तोष गर्न सकिन्छ । त्यस ग्रन्थमा नेपालको तीन भाषा नेपाली, मैथिली र भोजपुरीलाई सुरक्षित भएको उल्लेख छ । तर सुक...
हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशी पनि धेरै मन् पराउँछन्

हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशी पनि धेरै मन् पराउँछन्

विचार
प्रा डा सावित्री कक्षपति काठमाडौँ, १३ श्रावण । (प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो । उहाँले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ मा पाल्पाको तानसेनमा जन्मनुभएका उहाँका नेपाली साहित्य, लोकसंस्कृति तथा समालोचनाका विषयमा पुस्तकहरु प्रकाशित छन् । प्रस्तुत छ नाटकको अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने समालोचक प्रा डा कक्षपतिसँग नेपाली नाटक विधामा केन्द्रित रहेर राससका समाचारदाता विमलबहादुर विष्टले गर्नुभएको कुराकानीमा आधारित विचार) नेपाली समाजको चेतनास्तर निर्माण गर्न र वाक स्वतन्त्रतामार्फत प्रजातन्त्र ल्याउन नाटक विधाले गरेको योगदानको हिसाब कसले राख्ने रु यही पृष्ठभूमिको पछिल्लो दृष्टान्त संविधानसभा निर्वाचनलाई नै लिन सकिन्छ । नेपालमा पहिलोपटक विसं २०६४ मा भएको संविधानसभाको न...
जनता भेट्नुभयो ओली जी ?

जनता भेट्नुभयो ओली जी ?

विचार
पुर्वप्रधानमन्त्री ओलि भन्नुहुन्छ " मैले अस्ति चितवन गएर चितवन का जनता लाई भेटेको छु देख्नुभएन ?" यत्रो घमण्ड ? को जनता भेट्नुभयो पुर्व प्र.म ज्यु , कृषि विश्वविद्यालय को ल्गजरी सेमिनार हल भित्र २ जना पत्रकार ल्याएर प्रश्न उत्तर गरेर कार्यक्रम गर्दैमा जनतालाइ भेटेको हुन्छ ? अझ के रे के रे? चितवनका किसान को समस्या बारे अन्तरकृया गरे रे? साँच्चिकै किसानको समस्या बुज्ने भए पश्चिम चितवनको शुक्रनगर मेघौली साथै माडीका क्षेत्रहरुका गाउँका चोक चोकमा किसानलाई बोलाएर समस्या बुझ्न सक्नुभो ? वास्तविक किसानहरुलाई भेट्नुभयो ? मलको अभावमा निन्द्रा त्यागेर अहोरात्र खट्ने ती कयौ किसानहरु सङ्ग साक्षातकार गर्नुभो ? विश्वविद्यालयको त्यो महङ्गो र लग्जरी हलमा तपाईं आएर कार्यक्रम गरेको यहाँका कोहि किसान लाई अत्तोपत्तो समेत छैन ! त्यहाँ त तपाईं का पार्टी का झोले र तपाईं का विद्यार्थी सङ्ग्ठनका केटाहरु थिए र के...
शैक्षिक परामर्श व्यवसायमा श्रृङ्खलाबद्ध आक्रमण : अब धरौटी

शैक्षिक परामर्श व्यवसायमा श्रृङ्खलाबद्ध आक्रमण : अब धरौटी

विचार, शिक्षा, समाचार
काठमाडौं ७ श्रावण । प्रजातन्त्रको उदय सँगै बिस्तारै उदारवाद अर्थतन्त्रको उदय भयो । राजपरिवार र एकाध आसेपासे तथा तत्कालिन धनाढ्य वर्गका छोराछोरीहरू मात्र विदेश अध्ययनका लागि जाने परम्पराको अन्त्य सँगै बिस्तारै आम नेपालीहरुका छोराछोरी विदेश पढ्ने क्रम शुरू भयो । २०६२/६३ सालपछि यसको क्रम तिब्र रुपमा बढे सँगै यस सम्बन्धि नियमनको प्रक्रियाको शुरुवाती चर्चा चलेको हो । २०६८ सालमा तत्कालिन शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श व्यवसाय तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका बनेसँगै यो क्षेत्रको अभिभावक संस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बन्न पुग्यो । यो बीचमा निर्देशिकामा दुईचोटि परिमार्जन पनि भयो तर २०७४ असार पछि नयाँ दर्ता र नवीकरण रोकिएपछि यो क्षेत्र अस्तव्यस्त बन्दै गएको हो । संघीय शिक्षा ऐन आउँने कुरा सँगै शैक्षिक परामर्श क्षेत्रलाई प्रदेश मातहत राख्ने प्रारम्भिक मस्यौदा बने स...
सन्दर्भ बिपी जयन्ती बिपी कोइरालालाई सम्झँदा

सन्दर्भ बिपी जयन्ती बिपी कोइरालालाई सम्झँदा

विचार
–अर्जुननरसिंह केसी काठमाडौँ, ६ साउन । जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन । उहाँलाई मूर्धन्य नेताहरुले पनि आफ्नो नेता मान्ने गर्दथे । जुन उच्च मान्यता आजतक कायमै छ । नेपालको राजनीतिमा सबैभन्दा धेरै शब्द खर्चिएका र अन्तर्राष्ट्रिय राजनेताका रुपमा उहाँको नाम आउँछ । चीनमा राष्ट्रिय स्वाधीनता तथा एकता जनतन्त्र र समाजवादको लागि डा सनयात सेनको र भारतमा सर्वोदय नेता जयप्रकाश नारायणको जुन राजनीतिक स्थान छ, बिपी त्यही स्तरको नेता हुनुहुन्थ्यो । विश्वेश्वरप्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । उहाँ भ...
निष्पक्षताको कडीमा लोक सेवा आयोग

निष्पक्षताको कडीमा लोक सेवा आयोग

विचार
– महेन्द्रप्रसाद गुरागाईँ नेपालमा नेपाल सरकार अन्तरिम शासन विधान, २००७ ले सरकारको भर्ना निकाय र निजामती कर्मचारीहरूलाई विभागीय कारबाहीको लागि परामर्श उपलब्ध गराउने निकायको रूपमा लोक सेवा आयोगको व्यवस्था गरेबमोजिम २००८ असार १ गते आयोगको स्थापना भएको हो । नेपालमा त्यसपछि जारी भएका सबै संविधानहरूले आयोगको व्यवस्थालाई निरन्तरता दिएका छन् । यद्यपि, आयोगको भूमिकामा भने जारी संविधानहरूमा थपघट भएको पाइन्छ । नेपाल अधिराज्यको संविधान, २०१५ ले निजामती कर्मचारीहरूको सेवा शर्तसम्बन्धी कानुनअनुसार परामर्श उपलब्ध गराउने तथा नेपालको संविधान, २०१९ ले सरकारको स्वामित्वमा भएका सङ्गठित संस्थाहरूलाई समेत परामर्श उपलब्ध गराउने गरी जिम्मेवारी थप गरेको थियो । २०१९ सालमा जारी संविधानले व्यवस्था गरेका नेपाल अधिराज्यको संविधान, २०४७ मा भने सङ्गठित संस्थाहरूलाई परामर्श दिनेसम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको थिएन ...
जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता

जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता

विचार
– प्रेमसागर कर्माचार्य स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ’ भन्ने नारा तय गरेको छ । हरेक वर्ष कुनै न कुनै देशको प्रमुख आयोजनामा मनाइने यो दिवस यसपटक अल्जेरियामा भव्यरूपमा मनाइँदैछ । दक्षिण अफ्रिकी राष्ट्र जोहन्सबर्गमा पहिलोपटक आयोजना गरिएको यो दिवसले बीसौँ वसन्त पार गर्दैछ । डा कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ । कारण हाम्रो शरीरको नाशा–नशामा निरन्तर निर्विकल्प प्रवाह भइरहने रगतको समूह पत्ता लगाउने वैज्ञानिकको सम्मानस्वरूप विश्व रक्तदाता दिवस भनी मनाउन थालिएको हो । उनले हाम्रो शरीरमा मुख्यतः चार किसिमका रक्त समूह हुन्छ भनी पत्ता लगाएका थिए । यसमा ध...
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

विचार, स्वास्थ्य
–डा ओममूर्ति अनिल केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीहरुका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ । गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका÷मिर्गौला रोगी, पहिले बेहोस भइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामी पर्दछन् । अझ मुटुजन्य समस्या भएका व्यक्तिहरुक...
जीवन

जीवन

विचार, साहित्य
कहिलेकाहीँ हामी जीवनलाई समयको रूपमा उल्लेख गर्छौं !!!! के जीवन भनेको हामीले बाँच्ने अवधि मात्र होर ? वा जीवन भनेको हामीले छोडेको अवधि मात्र होर ? वास्तवमा जीवन के हो ?? विगत वा वर्तमान !!? म जीवनलाई भविष्यको रूपमा उल्लेख गर्न सक्दिन किनकि हामी भविष्य देख्न, महसुस गर्न, सुन्न सक्दैनौं। यो एक अनुमान मात्र हो र मलाई धारणामा मेरो शब्द व्यक्त गर्न मन लाग्दैन। मेरो दृष्टिकोणमा, तीन शब्दले जीवनलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। मैले यसलाई (SHE) भनेर बोलाएको छु। मैले एक व्यक्ति वा लिङ्गको बारेमा भनेको जस्तो होइन, (SHE) को अर्थ (संघर्ष, इतिहास र अनुभवहरू) संघर्षले अनुभव दिन्छ. . . . अनुभवले संघर्षलाई सहज बनाउँछ. . . . . . र इतिहास संघर्ष र अनुभवले बनेको हुन्छ के म सहि छु र? यदि हो भने SHE बिन्दु गर्न सुरु गरौं जीवन यस्तो चीज हो जुन हामी खेल्न सक्दैनौं र यसले तपाइँको ...
‘महाकालेश्वरमा गेरुवस्त्र लगाएँ, लुकाउनुपर्ने कुरा छैन’

‘महाकालेश्वरमा गेरुवस्त्र लगाएँ, लुकाउनुपर्ने कुरा छैन’

अन्तर्वार्ता, विचार, समाचार
माननीय सदस्यहरूले तँ आस्तिक होस् कि नास्तिक होस र ?  भनेर पनि कुरा उठाउनुभयो । म सिद्धान्त त प्रस्ट धर्मनिरपेक्षवादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ, राज्यले कुनै धर्मलाई नजिक र कुनैलाई टाढा बनाउनुहुँदैन भन्ने पक्षको हुँ म । यो कुरा प्रस्ट होस् । त्यस कारण मैले भनेको छु –जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म सम्प्रदायको जनतामा पनि उनीहरूको आस्थालाई अपमान हुने काम पार्टी र नेताहरू र राजनीतिज्ञहरूले गर्नुहुँदैन भन्ने मान्यतामा पनि म दृढ छु । अहिले उज्जैनमा गएर महाकालेश्वरमा पूजा गरेको त माननीय सदस्यहरूले पनि देख्नुभयो, दुनियाँले देख्यो । तर म बुद्धिस्टकोमा गएर बुद्धप्रति आफ्नोतर्फबाट प्रस्तुत गरेका आस्था, सम्मान र गतिविधिहरू पनि देख्नुभएकै छ । मुस्लिमहरूले आयोजना गर्ने कार्यक्रममा मुस्लिम टोपी लगाएर मुस्लिम समुदायप्रति व्यक्त गरेको सम्मान पनि यहाँहरूले देख्नुभएकै...