अन्तर्वार्ता

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति : फिर्ता भयो आन्दोलन, आइतबारबाट पठनपाठन सानो

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति : फिर्ता भयो आन्दोलन, आइतबारबाट पठनपाठन सानो

Banner 1, अन्तर्वार्ता, चितवन बिशेष, चितवन वरिपरि, प्रदेश, प्रमुख समाचार, राजनीति, शिक्षा, समाचार
भरतपुर, ६ आश्विन । विद्यालय शिक्षा विधेयकको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रेका शिक्षक र सरकारबीच सहमति भएको छ । नेपाल शिक्षक महासंघको अगुवाइमा तीन दिनदेखि चलेको आन्दोलन फिर्ता भएको छ । महासंघका अनुसार शिक्षक र सरकारबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । ‘शनिबार सार्वजनिक बिदा परेको हुनाले पठनपाठन आइतबारबाट मात्र सुरू हुनेछ’, नेपाल शिक्षक महासंघ चितवन अध्यक्ष कोमलनाथ घिमिरेले भने । नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरुमा संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प...
सिरियामा बम विस्फोट, ६ जनाको मृत्यु

सिरियामा बम विस्फोट, ६ जनाको मृत्यु

अन्तर्वार्ता, समाचार
दमास्कस । सिरियामा शिया तीर्थस्थललाई लक्षित गरी भएको बम विस्फोट भएको छ । मुहर्रम अघि बिहीबार राति भएको सो विष्फोटमा परी ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार बम विस्फोट दमास्कसको ग्रामीण इलाकाको सैयदा जैनाब शहरमा गरिएको थियो। सईदा जैनाब शहरको कौ सौदान स्ट्रिटमा ट्याक्सी नजिकै विस्फोट भएको हो । सिरियाली गृह मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि , ‘बम विष्फोटपछि सुरक्षाकर्मीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए। मृतकको शव र घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।’ सिरियाको सबैभन्दा प्रसिद्ध शिया तीर्थस्थल सैयदा जैनाब समाधि नजिकै पार्क गरिएको ट्याक्सीमा विस्फोट भएको गृह मन्त्रालयले जनाएको छ । सिरियाली सरकारले यसलाई आतंकवादी हमला भनेको छ। यसअघि सिरियाको सरकारी टेलिभिजनले अज्ञात व्यक्तिले ट्याक्सीमा राखेको बमले विस्फोट गराएको...
अन्तर्वार्ता- बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा महत

अन्तर्वार्ता- बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा महत

अन्तर्वार्ता, समाचार
काठमाडौं, २६ असार ।  सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ । सरकारको वित्त नीतिसँग समन्वयात्मक भूमिकामा रहनुपर्ने मौद्रिक नीति सार्वजनिक गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम तयारी गरिरहेको छ । बजेटले अहिले मुलुकले भोगिरहेका आर्थिक चुनौती समाधान गर्न नसकेको, विनियोजनमा कुशलता नदेखिएको, पहुँचका आधारमा बजेट बाँडिएकोलगायतका आरोप प्रतिपक्ष दलहरुले संसदबाट सरकारमाथि लगाएका छन् । सरकारले भने अहिलेको आर्थिक सङ्कट निवारणका लागि बजेट कोशेढुङ्गा साबित हुने दाबी गरिरहेको छ । बजेटको चुस्त तथा प्रभावकारी कार्यान्वयनबाट छ प्रतशितको आर्थिक वृद्धिदर हासिल गर्ने र दोस्रो चरणको आर्थिक सुधारको थालनी पनि आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै गर्ने सरकारको भनाइ छ । यसै सन्दर्भमा मुलुकको समग्र आर्थिक स्थिति, बजेट कार्य...
‘महाकालेश्वरमा गेरुवस्त्र लगाएँ, लुकाउनुपर्ने कुरा छैन’

‘महाकालेश्वरमा गेरुवस्त्र लगाएँ, लुकाउनुपर्ने कुरा छैन’

अन्तर्वार्ता, विचार, समाचार
माननीय सदस्यहरूले तँ आस्तिक होस् कि नास्तिक होस र ?  भनेर पनि कुरा उठाउनुभयो । म सिद्धान्त त प्रस्ट धर्मनिरपेक्षवादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ, राज्यले कुनै धर्मलाई नजिक र कुनैलाई टाढा बनाउनुहुँदैन भन्ने पक्षको हुँ म । यो कुरा प्रस्ट होस् । त्यस कारण मैले भनेको छु –जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म सम्प्रदायको जनतामा पनि उनीहरूको आस्थालाई अपमान हुने काम पार्टी र नेताहरू र राजनीतिज्ञहरूले गर्नुहुँदैन भन्ने मान्यतामा पनि म दृढ छु । अहिले उज्जैनमा गएर महाकालेश्वरमा पूजा गरेको त माननीय सदस्यहरूले पनि देख्नुभयो, दुनियाँले देख्यो । तर म बुद्धिस्टकोमा गएर बुद्धप्रति आफ्नोतर्फबाट प्रस्तुत गरेका आस्था, सम्मान र गतिविधिहरू पनि देख्नुभएकै छ । मुस्लिमहरूले आयोजना गर्ने कार्यक्रममा मुस्लिम टोपी लगाएर मुस्लिम समुदायप्रति व्यक्त गरेको सम्मान पनि यहाँहरूले देख्नुभएकै...
पत्रकारितामा निष्ठा धर्मराएको छ: वरिष्ठ पत्रकार रिसाल

पत्रकारितामा निष्ठा धर्मराएको छ: वरिष्ठ पत्रकार रिसाल

अन्तर्वार्ता
काठमाडौँ, २४ वैशाख । विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो । राससमा केही वर्ष प्रमुख समाचारदाता रहनुभएका उहाँ त्यतिबेला देशकै चर्चित पत्रकार मानिनुहुन्थ्यो भने अहिले पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । पत्रकारितालाई निष्ठामुखी बनाउनुपर्ने खाँचो औँल्याउँदै उहाँ भन्नुहुन्छ, “पत्रकारितालाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन सबैभन्दा पहिला पत्रकार नै इमान्दार हुनुपर्छ ।” मिडियामा पारदर्शीता हुनुपर्छ । पत्रकारिता स्वयं पारदर्शी भएन भने अरु को हुन्छ र ? उहाँको प्रश्न छ । सीमित स्रोत र साधनका बीचमा काम गर्नुप...