banner-2

बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

banner-2, समाचार
काठमाडौं, २२ आश्विन । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले अनलाइनखबरलाई बताए अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै  तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीलाई उद्धृत गर्दै बिपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’ प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे । प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे । प्रचण्डभन्दा अघि बोलेका परराष...
भरतपुर महानगर सहित ३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल

भरतपुर महानगर सहित ३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, २१ आश्विन । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन समय दिएको हो । जस्मा ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तह रहेका छन् । सूचना अनुसार भरतपुर महानगरपालिकाले सडक बत्तीबाट उठेको १० करोड ६२ लाख ४१ हजार ३३० रूपैयाँ महशुल नबुझाएको प्राधिकरणले जनाएको छ। यस्तै काठमाडौं महानगरपालिकाको मात्रै १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । जसमा काठमाडौं महानगरपालिकाको बालाजु वितरण केन्द्रमा ३९ लाख २० हजार ९०२, वानेश्वर वितरण केन्द्रमा ४५ करोड ४२ लाख २८ हजार ६९, रत्नपार्क वितरण केन्द्रमा ८५ करोड ८१ लाख ४९ हजार ८०१ रूपैयाँ बक्यौता छ। सूचनामा उल्लेख भ...
नेपाललाई कराँतेमा ऐतिहासिक रजत

नेपाललाई कराँतेमा ऐतिहासिक रजत

banner-2, खेल, समाचार
काठमाडौँ, २० आश्विन । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ । हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार भएको महिला ६८ केजी तौलसमूहमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत दिलाउनुभएको हो । फाइनलमा उहाँ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित हुनुभयो । सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेता समेत हुनुहुन्छ । यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराउनुभएको थियो । दुवैको समान १–१ अङ्क भएपनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुग्नुभएको थियो । १९ वर्षीय एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडी समेत बन्...
एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

banner-2, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ, १८ आश्विन । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित ...
चितवनका धानमा समस्यै समस्या

चितवनका धानमा समस्यै समस्या

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, १७ आश्विन ।  चितवनमा लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो । यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन् । उनले भने, “धानमा लागेको समस्या लिएर आउनेको किसानको सङ्ख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ।” कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताए । रोग नियन्त्रणका लागि कृषिविज्ञ सँगको परार्शमा विषादीको प्रयोग ...
चितवनमा दृष्टि नै गुम्नसक्ने सापू रोगका बिरामी देखा

चितवनमा दृष्टि नै गुम्नसक्ने सापू रोगका बिरामी देखा

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार, स्वास्थ्य
चितवन, १५ आश्विन । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् । भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताए । केही समयअघि महामारीको रुपमा फैलिएकोे आँखा पाक्ने रोगसँग झुक्किएर सापू रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ । उनले भने, ‘हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापूका लक्षण बोकेर आउनुभएको छ ।’ आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा सुवेदीको आग्रह छ । उनले सापू रोग साना बालबालिकाका लागि अझ घातक हुनसक्ने भन्दै बच्चा चन्चल हुने, सरसफाइमा ध्यान नदिने, बच्चालाई सरसफाइका बारेमा बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको ...
चितवन मेडिकल कलेज (सिएमसी) ले लापरबाही गरेको आरोप

चितवन मेडिकल कलेज (सिएमसी) ले लापरबाही गरेको आरोप

banner-2, चितवन बिशेष, समाचार
भरतपुर,१३ आश्विन । भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सिएमसी) मा बिरामीको जिन्दगीमाथि लापरबाही गरेको आरोप लागेको छ । चितवन मेडिकल कलेजले, बिरामीलाई राम्रो स्वास्थ्य सेवा दिँदै आएको भए पनि बिरामीको सुरक्षा र सुविधा दिन सकेको छैन । गैँडाकोट २ बसोबास गर्दै आएकी बिना मगरले आफ्नो श्रीमान् खिम बहादुर मगरलाई आइतबार बिहान करिब ८ बजे ज्वाेराे आएको कारण चितवन मेडिकल कलेजको आकस्मिक वार्डमा लगेकी थिन् ।  अपतालमा सो समयमा कार्यरत कर्मचारीद्वारा खिम बहादुर मगरलाई सेलेन पानी चढाएको र आधी घण्टा सम्म सेलेन पानी मात्रै चढाएका बिना मगरले बताउनुभयो । उपचार अघि बढाउन माग गर्दा बिल नभई उपचार अघि नबढ्ने भन्दै मगरलाई आकस्मिक काउन्टरतिर पढाइएको र काउन्टरतिर जाँदा काउन्टर कर्मचारी आक्रोशित भई ८ नं कोठामा जानुस् भन्दै उहाँलाई पठाएको मगरले बताउनुभयो । सो सन्दर्भमा सूचना केन्द्र ८ नं कोठामा जाँदा उपस्थित कर्मचार...
भरतपुरमा न्यूरोसम्बन्धी विशेषज्ञहरुले दिए मस्तिष्कघातबारे सचेतना

भरतपुरमा न्यूरोसम्बन्धी विशेषज्ञहरुले दिए मस्तिष्कघातबारे सचेतना

banner-2, समाचार, स्वास्थ्य
चितवन, १३ आश्विन । भरतपुरमा ग्राण्डी अस्पताल काठमाडौँका चिकित्सकहरुले मस्तिष्कघातबारे सचेतना दिएका दिएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा भएको कार्यक्रम नेपाल स्ट्रोक एशोसिएसनको सहकार्यमा भएको हो । कार्यक्रममा ग्राण्डी अस्पतालका न्यूरो फिजिसिएन डा रामचन्द्र सुवेदी र नरेश खरबुजाले मस्तिष्कघातको उपचार र यसबाट बच्न सकिने उपायहरुको बारेमा जानकारी गराएका थिए । क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले संयोजन गरेको कार्यक्रममा चिकित्सकहरुले मस्तिष्कघातका लक्षणहरु, उपचार विधि र रोकथामका उपायहरुबारे जानकारी गराएका छन् । उनीहरुले मस्तिष्कघातबारे इमरजेन्सी उपचार गराउनु परेमा कम्तीमा एमआरआई र सीटीस्क्यान भएको अस्पतालमा लैजानुपर्ने सुझाव दिएका छन् । क्याम्पसका क्याम्पस प्रमुख खिम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले चिकित्सकहरुसँग प्रश्नोत्तर गरे । प्रश्नोत्तर...
एमाले बागमती प्रदेश निर्वाचन : चितवनबाट उपाध्यक्ष सहित २३ जना निर्वाचित

एमाले बागमती प्रदेश निर्वाचन : चितवनबाट उपाध्यक्ष सहित २३ जना निर्वाचित

banner-2, राजनीति, समाचार
खैरहन, १३ आश्विन  । नेकपा एमाले बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा सहित अन्य २२ जना सदस्यमा निर्वाचित भएका छन् । उपाध्यक्षमा लामा सहित २ जना सदस्यमा निर्वाचनबाट र २० जना निर्विरोध निर्वाचित भएका हुन । काठमाडौमा भएको प्रदेशको प्रथम अधिबेशनबाट लामा अत्याधिक मतका साथ  निर्वाचित भएका हुन् । उपाध्यक्षमा लामा सहित चार जना चुनावी मैदानमा थिए । कुल खसेको मत मध्ये उपाध्यक्षमा निर्वाचित लामाले ६१५ मत प्राप्त गरे । प्रतिस्पर्धीहरु ईश्वर चन्द्र पोखरेलले २२१ मत, नारायण खतिवडाले २०९ मत र राजेन्द्र राजथलाले ९० मत मात्र प्राप्त गरे । निर्वाचित लामा सबै उम्मेदवार मध्ये सबैभन्दा बढी मत ल्याउनेमा पहिलो नम्बरमा रहे । उपाध्यक्षमा निर्वाचित लामा यस अघि प्रदेश सचिवालय सदस्य थिए भने उनी बागमती प्रदेश सरकारका पूर्व मन्त्री पनि हुन । प्रदेश कमिटीमा २ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित ...
विकसित देशको तुलनामा नेपाली क्रिकेट, इतिहास र सरकारको भूमिका

विकसित देशको तुलनामा नेपाली क्रिकेट, इतिहास र सरकारको भूमिका

banner-2, खेल, फिचर, विचार, शिक्षा, समाचार
नेपालमा क्रिकेटको इतिहास र नेपाल क्रिकेट सङ्घ (क्यान) खेलकुदको विकास र विकासको अपेक्षाकृत भर्खरको तर उल्लेखनीय कथा हो । नेपालमा क्रिकेटको उत्पत्ति २० औँ शताब्दीको उत्तरार्धमा भएको थियो जब यो देशमा तैनाथ ब्रिटिस गोर्खा सैनिकहरूले सुरु गरेको थियो । यसले सुरुमा गोर्खाहरू माझ लोकप्रियता पायो र बिस्तारै अन्य समुदायहरूमा फैलियो। यही अवधिमा नेपाल राष्ट्रिय क्रिकेट टोली गठन भएको थियो। १९९६ मा, नेपाल क्रिकेट सङ्घ (क्यान) नेपालमा क्रिकेट को लागी प्रशासक निकाय को रूप मा स्थापित भएको थियो। सोही वर्ष, नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को सम्बद्ध सदस्यता प्राप्त गर्‍यो, जुन देशको क्रिकेट यात्राको लागि महत्त्वपूर्ण कोसे ढुङ्गा थियो। यसले नेपाललाई विभिन्नi ICC प्रतियोगिताहरूमा भाग लिन र विकास समर्थन प्राप्त गर्न अनुमति दिएको छ । नेपाली क्रिकेट टोलीले सन् २००० को दशकमा अन्तर्राष्ट्रिय क्रिक...