banner-2

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गरिन्छ : प्रधानमन्त्री

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गरिन्छ : प्रधानमन्त्री

banner-2, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे । ‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुनेछ ।’ विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरूले...
देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

banner-2, आर्थिक, चितवन बिशेष, समाचार
चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी दिएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् । “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ,” उनले भने, "अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्छ ।" जग्गामा, सेयरबजार र क्रिप्टोमा भित्री रूपमा गएको कर्जाको प्रतिफल आउन ढिला भएकोले अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ ।...
सौराहामा गोही संरक्षण मेला हुने

सौराहामा गोही संरक्षण मेला हुने

banner-2, चितवन बिशेष, समाचार
चितवन । जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ । यही मङ्सिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो । अति सङ्कटापन्न अवस्थामा रहेको घडीयाल गोहीको संरक्षणमा स्थानीय समुदायको सहभागिता, वैज्ञानिक सूचनाबारे जानकारीका साथै समग्र गोही प्रजातिको दिगो सरक्षण रणनिति तयार गर्न मेला आयोजना गर्न लागिएको हो । नयाँ पिँढीमा सरक्षण संस्कृतिको विकास गर्न यो मेला आयोजना गर्न लगिएको मेलाकी संयोजक रञ्जना भट्टले जानकारी दिनुभयो । केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा गोही प्रजातिसँग सम्बन्धी सूचनामूलक श्रब्य–दृश्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला, संस्कृति र खानाका परिकारलगायत स्टल राखिने छ । मेला अवधिभर संरक्षणसम्बन्धी नाटक, गीत नृत्यलगायत कार्यक्रम गरिनाका साथै विभिन्न आठ विद्यालयमा संरक्षण शि...
नेकपा एसको सचिवालय बैठक सुरु

नेकपा एसको सचिवालय बैठक सुरु

banner-2, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेसन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।’ ...
दुई गैंडा मारेको आरोपमा ८ जना पक्राउ

दुई गैंडा मारेको आरोपमा ८ जना पक्राउ

banner-2, चितवन बिशेष, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कात्तिक ३० गते खाल्टोमा पारी दुई गैंडा मारिएको घटनाका आरोपीहरूलाई पक्राउ गरिएको छ। निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले मंसिर ९ र ११ गते क्रमशः ६ र २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू २८ देखि ७७ वर्ष उमेर समूहका पुरुष रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरका ३३ बर्षिय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षिय आइते सिंह मोक्तान, मकवानपुरस्थित राक्सीराङ ९ का ४४ वर्षिय सम्शेर थीङ, राक्सीराङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षिय अर्जुन रोका, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षिय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका रमेश खाती मुख्य योजनाकार रहेको राष्ट्रिय निकुञ्ज तथा व...
छोराको जन्मदिनका अवसरमा पौडेलले चौतारी भवनलाई गरे आर्थिक सहायता

छोराको जन्मदिनका अवसरमा पौडेलले चौतारी भवनलाई गरे आर्थिक सहायता

banner-2, चितवन बिशेष, समाचार
चितवन । छोराको जन्मदिनको अवसर पारेर विज्ञापन चितवन एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक खुमप्रसाद पौडेल किरणले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । पौडेलले छोरा अभिषेक पौडेलको जन्मदिनको अवसरमा भवन निर्माणका लागि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई दश हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको पौडेलले बताए । चितवनमा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा विज्ञापन सम्वन्धी कार्य गर्दै आएका पौडेलले जिल्लामा पत्रकार सम्वद्ध संघसंगठनको भवन बन्दा त्यसले संस्थागत विकासमा टेवा पुग्ने बताए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि विभिन्न पक्षबाट सहयोग मिल्ने क्रम जारी नै रहेकोले भवनले पूर्णता पाउने विश्वास लिएको बताए । समाजसेवी केशव कार्कीले...
भरतपुरमा भेटिएको शव अझै पनि अपरिचित,  शव पहिचानका लागि प्रहरीले गर्‍यो अनुरोध

भरतपुरमा भेटिएको शव अझै पनि अपरिचित, शव पहिचानका लागि प्रहरीले गर्‍यो अनुरोध

banner-2, चितवन बिशेष, समाचार
चितवन, ६ मंसिर  । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा बुधबार दुई वटा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुई वटा शवको अझैसम्म पहिचान हुन सकेको छैन । शवको पहिचान हुन नसकेपछि प्रहरीले शव चिन्नेले प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । अन्दाजी ३५ वर्षको पुरुष र ३० वर्षको महिलाको शवको हुलियाबारे प्रहरीले जानकारी गराएको छ । उचाई ५ फिट ७ ईन्च भएको पुरुषले सेतो रंगको सेण्डो, सुपरड्राइ लेखिएको निलो रंगको हाफ कट्टु, डबल लेखिएको खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखीने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको प्रहरीले जनाएको छ । त्यस्तै, उचाई ५ फिट ३ ईन्च भएकी महिलाले कलेजी रंगको ट्राउजर, गुलावीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, हात खु...
चितवनमा वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चितवनमा वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

banner-2, चितवन बिशेष, समाचार
काठमाडौं, ७ मंसिर । सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ । अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालिन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सव इञ्जिनियर सुमन श...
कमीकमजोरी भए सुधार गर्दै एकताबद्ध भै अगाडी बढ्नुपर्छ : काँग्रेस केन्द्रीय सदस्य टेक गुरुङ

कमीकमजोरी भए सुधार गर्दै एकताबद्ध भै अगाडी बढ्नुपर्छ : काँग्रेस केन्द्रीय सदस्य टेक गुरुङ

banner-2, चितवन बिशेष, राजनीति, समाचार
कुरिनटार, ६ मङ्सिर ।  नेपाली कांग्रेसका  केन्द्रिय सदस्य  टेकप्रसाद गुरुङले कमीकमजोरी भए सुधार गरेर  एकतावद्ध  भई अघि बढ्नुपर्ने बताउनुभएको छ । इच्छाकामना मन्दिर परिसरमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै  प्रमुख अतिथि समेत रहनुभएका  केन्द्रिय सदस्य गुरुङले  कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रो काम गरेपनि निर्वाचनमा भने पार्टीले हार बेहोर्नु परेको बताउँदै  खास कारणको पहिचान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । ‘उपर्दाङगढीमा गएको थिए, चिनजानकै एक जना आमालाई भेटेर सोधे के छ आमा  भन्दा ठिक छ पिच बाटो बनाइदिएको छ  खानेपानी ल्याइदिएको छ  सबै कुरा हामीलाई पुगेको छ भन्नुभयो, अनि भोट के मा हाल्ने आमा  भनेर सोधेँ , घण्टीमा  हाल्ने  भन्नुभयो, गीता गुरुङ र कृतिकुमार गुरुङले यती राम्रो काम गरेको छ भन्नुको सट्टा भोट त घण्टीमा  हाल्ने भन्छ’ –उहाँले भन्नुभयो...
दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित

दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित

banner-2, कृषि, चितवन बिशेष, समाचार
चितवन, ६ मंसिर  । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खानुहुन्थ्यो । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उहाँले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाल्नुभयो । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उहाँको गोठमा हाल ४५ वटा गाई छन् । व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ । कृषक थापा भन्नुहुन्छ, “गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ–तिहारमा भने दूध नबिकेकाले समस्या आयो ।” व्यावसायिकरूपमा गाईपालन गर्न सुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उहाँको अनुभव छ । आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी ...