Tag: पुष्कर शाह

सदनको गतिरोध खुलाउन सभामुखको पहल

सदनको गतिरोध खुलाउन सभामुखको पहल

राजनीति, समाचार
काठमाडौँ, २२ श्रावण । सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उहाँको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उहाँहरुको प्रमुख सचेतक वा सचेतकलाई बोलाउनुभएको छ । यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भ...
खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

कृषि, समाचार
खोटाङ, ४ श्रावण । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाक...
बक्सिङ संघमा राम अवाले निर्विरोध

बक्सिङ संघमा राम अवाले निर्विरोध

खेल, समाचार
काठमाडौं, ४ श्रावण । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । पोखरामा सम्पन्न साधारण सभाले अवालेको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन ग¥यो । वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी, महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु रहेका छन् । सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिए । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । (खेल...
जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ,४ श्रावण । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्वन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको जनाइएको छ । सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उलङ्घन गरी गुटबन्दी गरे...
विश्व साइकल यात्री पुष्कर शाहले भने- रास्वपा कार्यालयमा साइकल निषेध रहेछ

विश्व साइकल यात्री पुष्कर शाहले भने- रास्वपा कार्यालयमा साइकल निषेध रहेछ

समाचार
काठमाडौँ, १८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध भएको कुरा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सियर गर्दै रास्वपा कार्यालयमा साइकल निषेध गरिएको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले लेखेका छन् ...