प्रमुख समाचार

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

Banner 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ । आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।...
एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

खेल, प्रमुख समाचार, समाचार
काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।” नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधर...
हराभरा मेघौली

हराभरा मेघौली

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
मेघौली । पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि त बर्खानै कुर्नुपर्ने हुन्थ्यो । वर्षमा दुई खेती तोरी र तिल मात्रै लगाएर गुजारा गर्दै आएका भरतपुर महानगरपालिका–२७ बुद्धनगरका किसानहरु अहिले डिप ट्युबेलबाट सिँचाइ सुरु भएसँगै निकै उत्साहित भएका छन् । आर्थिक वर्ष २०७७–०७८ बाट जिल्लामा सञ्चालन गरिएको चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले काम गर्न थालेपछि भने यहाँका किसान हर्षित बनेका हुन् । डिप ट्युबेल जडानसँगै जनतामा खुसियाली छाएको छ । भरतपुर महानगरपालिका–२७ बुद्धनगरको नमूना कृषि तथा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष टीकाराम अधिकारी आफू विसं २०२२ देखि बसोबास गर्दै आएको भए पनि सिँचाइको समस्या समाधानका लागि यसअघि खासै कसैले ध्यान नदिएको बताउनु...
मदन–आश्रितको अस्तु विसर्जन गरिएको स्थानमा उद्यान

मदन–आश्रितको अस्तु विसर्जन गरिएको स्थानमा उद्यान

चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको अस्तु विसर्जन गरिएको ठाउँमा आकर्षक बाटिका निर्माण गरिएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गा उहाँहरूको मृत्यु भएको थियो । नेताद्वयको मृत्युपश्चात् चितवनको माडी नगरपालिका–६ लक्ष्मी निवासमा अस्तु विसर्जन गरिएको थियो । तत्कालीन जनप्रतिनिधिले मदन–स्मृति वन बाटिका नामकरण गरेर २०५६ सालमा ‘भ्यू टावर’ निमार्ण अगाडि बढाएको बाटिकाका उपाध्यक्ष श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यस बाटिकामा रहेको समीको चौतारोमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विर्सजन गरिएको छ । सोही ठाउँ नजिक कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा शालिकसमेत निर्माण गरियो र उद्यानको नाम समेत पुष्प–मदन स्मृति बाटिका राखियो । बाटिकामा अहिले भौतिक संरचना र सौन्दर्यकरणका काम भइरहेको जनाइएको छ । म...
प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिने

प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिने

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् । भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्केका थिए । भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए । भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।  ...
गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना(टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन एकेडेमीले दुनाटपरी बनाउने र बत्ती कत्ने तालिम दिएको हो । ‘विद्यार्थीहरु घरभित्रै व्यस्त हुने, सिप पनि सिक्ने र हाम्रो संस्कृति र परम्पराको जर्गेनासमेत हुने ठानेर तालिम आयोजना गरिएको हो,’ विद्यालयका प्राचार्य टेकराज अधिकारीले भने । कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु यो तालिममा सहभागी छन् । तालिम अभिभावकहरू ९आमाहरू० ले दिएका छन् । ‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ, अनुभवी हाम्रै आमाहरुले आएर तालिम दिनुभएको छ, विद्...
चितवनसहित अन्य जिल्लाहरुमा चल्यो तातो हावा ‘लु’

चितवनसहित अन्य जिल्लाहरुमा चल्यो तातो हावा ‘लु’

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ। मध्य तराईका जिल्लाहरु चितवन, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर, बारा,पर्सा,नवलपरासी, रुपन्देही लगायतकामा हावा ‘लु’ चलिरहेको मौसमवीद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा ‘लु’ चलिरहेको र अझै २ दिन चल्ने बताए । भने, ‘मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा ‘लु’ चलिरहेको छ । यो क्रम अझै २ दिनसम्म चल्ने सम्भावना छ । सप्तरीदेखि भैरहवासम्म तातो हावा लु बढी चलेको देखिन्छ ।’ पछिल्लो समय गर्मी बढेसंगै तराईको जनजीवन कष्टकर बन्दै गइरहेको समाचारहरु सञ्चार माध्यममा आइरहेका छन् भने स्थानीय तहहरुले धमाधम विद्यालयहरु बन्द गरिरहेका छन् । महाशाखाकाले लु चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेश...
आज गण्डकी प्रदेशले नीति कार्यक्रम सार्वजनिक गर्दै

आज गण्डकी प्रदेशले नीति कार्यक्रम सार्वजनिक गर्दै

चितवन वरिपरि, प्रमुख समाचार, समाचार
गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्र्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताउनुभयो । सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।...
घरभाडा नबढाउन सङ्घको अपिल

घरभाडा नबढाउन सङ्घको अपिल

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ । आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालनरुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको सङ्घले जनाएको छ । सङ्घले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर÷सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै ...
भरतपुरको अतिक्रमित संरचना हटाइए

भरतपुरको अतिक्रमित संरचना हटाइए

चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उहाँका अनुसार गत दशैँय-ता यहाँ अस्थायी निर्माण गरी व्यापार– व्यवसाय गरिँदै आएको थियो । पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष खनालले भन्नुभयो, “ऐन कानुनको कार्यान्वयन गर्नुपर्ने बाध्यता हो । यसलाई सबैले पालना गरेर सहयोग गर्नुपर्छ ।” यसैगरी हाकिमचोकबाट क्यान्सर अस्पतालतर्फ जाने बाटोको दुवैतर्फ अतिक्रमित १२ संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ । सूचनाको मिति सकिँदासमेत कसैले नभत्काएकाले आज सात दिनको सूचना जारी गरी अटेर गरेमा भत्काइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य क्षेत्रमा पनि अतिक्रमण भएका संरचनालाई भत्काइने छ ।”...