प्रमुख समाचार

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
नवलपुर । पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ । स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको बताउनुभयो । “म माछा मार्नका लागि नियमित आउजाउ गर्दा यहाँ साँझको बेलामा मान्छे आएर चुरोट, गाँजा तथा बियर खाएको देख्ने गरेको छु”, उहाँले भन्नुभयो, “बाइकमा आउँछन्, अलिपर बाइक पार्किङ गरेर ग्याबिन भरेको ढुङ्गामाथि बसेर धुँवा उडाउने गरेका छन् ।” आफ्ना गाउँका भन्दा पनि बाहिरी गाउँबाट नचिनेका मान्छे यहाँ आउने गरेको बोटेको भनाइ छ । “केही मान्छे नियमित यह...
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । रातिनै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गर्नुभएको छ । सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् । रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ...
कँडेल आत्महत्या प्रकरण: किटानी जाहेरी दिएकालाई पक्राउको माग गर्दै प्रदर्शन

कँडेल आत्महत्या प्रकरण: किटानी जाहेरी दिएकालाई पक्राउको माग गर्दै प्रदर्शन

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् । कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै कांग्रेस चितवन पनि आन्दोलनमा छ । कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्व पश्चिम राजमार्गको चौबिस कोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रमुख समाचार, समाचार, स्वास्थ्य
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् । मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ । ट्रङ्क रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताउनुभयो । “काठमाडौँ...
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

प्रमुख समाचार, समाचार, स्वास्थ्य
काठमाडौँ  ।  काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो । तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ । त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित ...
गुञ्जनगर माविमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गुञ्जनगर माविमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार, स्वास्थ्य
चितवन, २० बैशाख । सोच परिवर्तन नेपालले दोस्रो वार्षिकोत्सबको अवसरमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गुञ्जनगर मावि को प्राङ्गणमा भएको कार्यक्रममा नौ बिधालयहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा सेन्ट्रल कलेज भोकसेनल ट्रेनिङका प्राध्यापक योग्य विलास पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरुका क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । जीवन उपयोगीता सीप तथा पाठक्रम भन्दा बाहिरी ज्ञानको बारेमा विद्यार्थीहरुलाइ जानकारी गराउने उद्वेश्यले यस कार्यक्रम सञ्चालन गरेको पौडेलले संस्थाप्रती आभार व्यक्त गर्नुभयो । संस्थाले  उपयोगी र सिर्जनशील कार्यक्रम सञ्चालन गरेमा सेन्ट्रल कलेजले सधै साथ र सहयोग गर्ने बताउनु भयो । बुधबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय पब्लिक स्कुल प्रथम हुन सफल भएको छ । गुञ्जनगर माविले दोस्रो स्थान हासिल गर्दा शशिनगर मावि ...
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको बताउनुभयो । छलफलपछि एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने बताउनुभयो । एमालेका सचिवसमेत रहनुभएका पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत सो प्रकरणमा जोडिएपछि अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषीले उन्मुक्ति पाउन नहुने बताउनुभयो ।...
भरतपुरमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिममा

भरतपुरमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिममा

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । भरतपुरमा वैशाख २२ गते शुक्रबारबाट सुरु हुने सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले मंगलबार  भरतपुरमा गरेको पत्रकार सम्मेलनमा तीन दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फुतुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा हुन लागेको छ । ‘दिगो आर्थिक विकासका लागि वृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित सुरु हुने प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरु रहेनछन् । जसमा औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन...
पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने

पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने

प्रमुख समाचार, समाचार
काठमाडौं । सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताएकी हुन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् । महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । ...
रास्वपाको माग: एसिया कप क्रिकेट नेपालमा गर्न पहल थालियोस्

रास्वपाको माग: एसिया कप क्रिकेट नेपालमा गर्न पहल थालियोस्

खेल, प्रमुख समाचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एसिया कप क्रिकेट नेपालमा गराउने पहल थाल्न माग गरेको छ । महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता कहाँ हुने भन्ने अन्यौल देखिएकाले समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यसलाई एजेन्डा बनाउन पनि रास्वापाले माग गरेको छ । ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस् ।’ विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस् ।’ नेपाल युएईलाई ७ विकेटले पराजित गर्दै पहिलोपटक एसिया कपका लागि छनौट भएको छ । नेपाल पाकिस्तान र भारत रहेको समूहमा परेको छ । एसिया कप आ...