प्रमुख समाचार

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दै

Banner 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आवको नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो । सो बैठकमा पेस भएको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले संसद्मा टेबुल गर्नुभएको थियो । प्रदेशसभा बैठक बस्नुअघि बिहान ११ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रमुख सचिव खड्काले बताउनुभयो । उहाँका अनुसार सो कार्यव्यवस्था बैठकले सदनको ...
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ संरक्षणका लागि सडक नाटक

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ संरक्षणका लागि सडक नाटक

चितवन बिशेष, प्रमुख समाचार, समाचार, स्वास्थ्य
भरतपुर । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उहाँले बाघका बारेमा झन् ज्ञान बढेको बताउनुहुन्छ । स्नातक तह अध्ययन गरिरहनुभएकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको हो । बाघ संरक्षणका लागि सडक नाटक लिएर उहाँ अहिले आफ्नो गाउँको चोक–चौतारामा पुग्ने गर्नुभएको छ । यो अभियानमा स्याङ्ताङ एक्लो हुनुहुन्न । उहाँसँगै गाउँका १४ किशोरकिशोरी पनि सडक नाटक देखाउन सहभागी हुने गरेका छन् । उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन् । चितवन राष्ट्रिय न...
पक्राउ पुर्जी जारीले निलम्बनमा पर्दैनन् सांसद

पक्राउ पुर्जी जारीले निलम्बनमा पर्दैनन् सांसद

Banner 1, प्रमुख समाचार, राजनीति, समाचार
 काठमाडौँ, २१ बैशाख । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएसँगै उहाँको पदीय अवस्थाबारे पुनः बहस सुरु भएको छ। पक्राउ परेमा सांसद पद निलम्बन हुन्छ वा हुन्न ? निलम्बन भएमा पद रिक्त हुने कि नहुने र पुनः निर्वाचन हुने वा नहुनेबारे विभिन्न बहस भइरहेका छन्। नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई अदालतले पक्राउ अनुमति दिएपछि पुनः बहस सुरु भएको छ। यस्तै एमालेकै सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेपछि उक्त स्थानमा निर्वाचन हुन्छ वा हुन्न भन्ने धेरैमा चासोसमेत छ तर प्रचलित कानुनअनुसार निलम्बनका अवस्थामा उपनिर्वाचन हुने अवस्था रहन्न भने वारेन्ट जारी वा हिरासतमा मात्र रहँदा पद निलम्बनसमेत नहुने कानुनी व्यवस्था छ। संविधानले संसद् अधिवेशनको सूचना जारी भएपछ...
उपचार गर्न चितवन

उपचार गर्न चितवन

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रुपमा विकास भएको छ । पहाडी क्षेत्रबाट बाध्यताले झर्ने चितवन अहिले उपचारका लागि आउने थलो रुपमा विकास हुँदै गएको छ । विसं २०१४ मा डिस्पेन्सरीका रुपमा हालको भरतपुर अस्पताल भएको ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सुरु भएपछि पछिल्लो १५ वर्षमा आमूल परिवर्तन भएको छ । यहाँ क्यान्सर, आँखा, अङ्ग प्रत्यारोपण सहितका अति विशिष्टीकृत सेवासहित ६ हजार हाराहारी क्षमता शय्याका अस्पताल सञ्चालनमा छन् । छ सय शय्याको सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल र २३ वटा निजी अस्पतालले सेवा दिइरहेका छन् । देशैभर र भारतीय सीमा क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । पछिल्लो समय थपिएका सेवा सुविधाका कारण नेपालमा हुने सबै खालका उपचार यहाँ हुने गरेका छन् । छिमेकी म...
एक विद्यालय एक रोजगार अभियानमा चितवनको सेन्ट्रल कलेज

एक विद्यालय एक रोजगार अभियानमा चितवनको सेन्ट्रल कलेज

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार, स्वास्थ्य
चनौली । चितवनको सेन्ट्रल कलेजले अब एक विद्यालय एक रोजगार अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा पश्चिम चितवनका विद्यालयबाट यो अभियान सञ्चालन गर्ने चनौलीमा आयोजित एक कार्यक्रमको बिचमा सेन्ट्रल कलेजका  प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । अहिले १२ कक्षाको परिक्षा दिएर बस्नुभएका विद्यार्थीहरुलाइ लक्षित गर्दै सेन्ट्रल कलेजले यो कार्यक्रम सञ्चालन गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । देशमा बढ्दो बेरोजगार र १२ दिएका विद्यार्थी कामका लागी विभिन्न जब लिंकमा धाउदा ठगी भइरहेको विभिन्न घटना सञ्चार माध्यममा आएकाले यस किसिमको अभियान सञ्चालन गरिएको पौडेलको भनाइ छ । पश्चिम चितवनका विद्यालयबाट आवेदन दिएर रोजगारीको अन्तर्वार्तामा नाम निकाल्न सफल विद्यार्थीहरुलाइ एक महिनाको तालीम र तालिमबाट उत्कृष्ट एक विद्यार्थीलाइ आफ्नो पाएकको काउन्टरमा तथा एक विद्यार्थीलाई मुख्य कार्यालयमा समेत रो...
देशभर शाखा विस्तार गर्दै चितवनको सेन्ट्रल कलेज

देशभर शाखा विस्तार गर्दै चितवनको सेन्ट्रल कलेज

Banner 1, चितवन बिशेष, प्रमुख समाचार
चितवन । चितवनमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल कलेजले अव देशभर शाखा विस्तार गर्ने भएको छ । कलेजले फ्रेन्चाइज मोडलमा शाखा विस्तार गर्न लागेको हो । पहिलो चरणमा देशका १९ ठाँउमा शाखा विस्तारका गर्न लागिएको कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । अहिले कलेजको केन्द्रीय कार्यालय शहिदचोक नारायणगढ चितवन र देशका १३ ठाँउमा शाखा कार्यालयहरु रहेका छन् । कलेजले चितवनको पर्सा, सौराहाचोक टाँडी, नवलपुरको कावासोती, नवलपरासीको वर्दघाट र सुनवल, रुपन्देहीको मिलनचोक बुटवल, पोखराको न्यरोड, तनहुँको दुलेगौडा, भिमाद, दमौली, डुम्रे, हेटौंडा र काठमाडौंमा शाखा कार्यालय संचालन गरिसकेको छ । शैक्षिक परामर्शको क्षेत्रमा सफलतासहित नमुनाको रुपमा अघि बढेको कलेजले अब फ्रेन्चाइज मोडलको पहिलो चरणमा चितवनको मुग्लिन, धादिङको मलेखु, धादिङबेसी, गोरखाको गोरखा बजार र ठाँटी पोखरी, लम्जुङको सुन्दरबस्ती र ब...
बेस्ट डेस्टिनेशनले सम्पन्न गर्यो आफ्नो पाँचौ सेमिनार

बेस्ट डेस्टिनेशनले सम्पन्न गर्यो आफ्नो पाँचौ सेमिनार

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चनौलि, ६ जेठ । भरतपुर महानगरपालिका १८ चनौलीमा रहेको बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.लीले आफ्नो पाँचौ सेमिनर सम्पन्न गरेको छ । शैक्षिक परामर्श केन्द्र चितवन शाखाका अध्यक्ष समुन्द्र अर्यालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक व्यक्तित्व ईश्वर आचार्य, नोवेल बोर्डिङ स्कुलका प्राचार्य एवम बेस्ट डेस्टिनेशन एजुकेशन प्रा।लीका सल्लाहाकार पुस्पराज अधिकारी, शहिद स्मारक कलेजकाका साहयक प्रार्चाय राजु रानाभाट, बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.ली टाँडी शाखाका कार्यकारी निर्देशक जनक घिमिरे, लोकेन्द्र बाहादुर क्षेत्री, श्याम सुन्दर शाह, १७ वर्ष देखी पूर्वि चितवनमा शैक्षिक परामर्श दिईरहनुभएको सन्तोष खनाल लगायतका व्यक्तीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.लीका प्रबन्ध निर्देशक संजय कुवरले कार्यक्रममा जापान जानको लागि आवस्यक पर्ने योग्यता, डकुमेन्ट...
बेम्बो थकाली रेस्टुरेन्टमा म्याद गुज्रिएको बियरकाे बिक्री

बेम्बो थकाली रेस्टुरेन्टमा म्याद गुज्रिएको बियरकाे बिक्री

प्रमुख समाचार, समाचार
काठमाडौं । राजधानी काठमाडौंको शान्तिनगरस्थित बेम्बो थकाली रेस्टुरेन्ट तथा लजमा म्याद गुज्रिएको Budweiser बियरकाे बिक्री भइरहेको पाइएको छ। हामीले यस रेस्टुरेन्टका प्रबन्धकसँग कुन बिक्रेताबाट सामान आको जानकारी माग्दा उनले दिएनन् । यो समस्या यहाँको मात्र नभएर नेपाल भरीमै रहेको छ। यो बियर कम्पनीले आफ्नो स्टाक सकाउनको लागि स्किममा म्याद भएको र म्याद सकिने मिति नजिकै भएको समान बजारमा आपूर्ति गरिरहेको छ। अनुगमन टोलीले म्याद गुज्रिएको बियरलाई छिटोभन्दा छिटो सिल गर्नुपर्ने देखिएको छ ।...
असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

कृषि, प्रमुख समाचार, समाचार
गण्डकी । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए । वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ ।...
आगामी बजेट कस्तो र कतिको ?

आगामी बजेट कस्तो र कतिको ?

Banner 1, आर्थिक, प्रमुख समाचार
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । सङ्घीयता कार्यान्वयनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रोपटक सदस्यमा निर्वाचित भइसकेका छन् । भर्खर निर्वाचित भएर संसद् छिरेका जनप्रतिनिधिले चुनाव अघि मतदातासँग गरेको वाचा पूरा गर्नुछ । जसका कारण सत्तासिन राजनीतिक दलका घोषणापत्र कार्यान्वयनका लागि जोडबल चल्नेछ । तर यस वर्ष सरकारलाई अनिवार्य दायित्वकै लागि स्रोत व्यवस्थापन गत सकस छ । नयाँ योजना कार्यक्रम ल्याउनेभन्दा पनि पुरानै कार्यक्रमका लागि सरकारलाई बजेट पु¥याउन धौधौको अवस्था छ । पन्ध्रौँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) कार्यान्वयनको यो अन्तिम वर्ष...