Banner 1

सप्तगण्डकीमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनद्वारा तोडफोड

सप्तगण्डकीमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनद्वारा तोडफोड

Banner 1, चितवन बिशेष, शिक्षा, समाचार
चितवन, १ चैत । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेका हुन् । क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला मंगलबार सुरक्षाकर्मी लगाएर खोलेको थियो । क्याम्पसका कर्मचारीले मतदाता विद्यार्थीहरुको विवरण आफु निकटका विद्यार्थी संगठनलाई उपलब्ध गराएपछि तोडफोडको घटना भएको माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) का सप्तगण्डकी सचिव विकास ढकालले बताउनुभयो । ‘मतदाताको अन्तिम नामावली प्रकाशन भएकै छैन । निर्वाचन प्रक्रिया अघि बढेको छैन । नियमविपरित विद्यार्थीको व्यक्तिगत डाटा बाह...
स्थानीय उत्पादनले मूल्य पाएपछि किसानलाई राहत

स्थानीय उत्पादनले मूल्य पाएपछि किसानलाई राहत

Banner 1, चितवन बिशेष, चितवन वरिपरि, समाचार
चितवन, १७ फागुन । पटक–पटकको कृषि आन्दोलनले चितवनका किसानलाई केही राहत मिलेको छ । भरतपुर १६ विजयनगरका किसान धनु अधिकारीले स्थानीय उत्पादनले मूल्य पाउन थालेको भन्दै खुशी व्यक्त गरेकी छिन् । १० बिगाहा खेतमा तरकारी खेती गरिरहेकी उनी भन्छिन्, ‘किसानले उत्पादन गरेको तरकारीले बजारको समस्या बेहोर्नु नपरे भारतीय तरकारीको भर पर्नुपर्दैन ।’ माघ २० गते नारायणगढको पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा तरकारी फालेर र फागुन १२ गते कालो बेलुन उडाएर चितवनका किसानले आन्दोलन गरेका थिए । किसानले बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यको अन्तर थोरै हुनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने र भारतीय तरकारी आयात रोक्नुपर्ने उनीहरूको माग थियो । किसान आन्दोलनपछि त्यसबेला ५ रुपैयाँ किलोमा नबिकेको गोलभेँडा अहिले २८ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ । नेपालमा खेतीयोग्य जमिन बाँझो राखेर भारतीय तरकारी किन्न पर्ने स...
वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ

वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ

Banner 1, समाचार
म्याग्दी, १८ फागुन । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताउनुभयो । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र खोल्साखोल्सीको अतिक्रमण तथा बहावमा स्थान...
सन्दीप लामिछाने युएई प्रस्थान, भोलि युएईविरुद्धको खेल खेल्ने

सन्दीप लामिछाने युएई प्रस्थान, भोलि युएईविरुद्धको खेल खेल्ने

Banner 1, समाचार
काठमाडौँ, १७  फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेगस्पिनर सन्दीप लामिछाने आज दिउँसो युएई प्रस्थान गरेका छन् । सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसंगै लामिछाने विश्वक्रिकेट लिग २ खेल्न आज युएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ । सन्दीपलाई अर्का स्पीनर मौषम ढकालको स्थानमा युएई पठाइएको क्यानको भनाई छ । मौषम नेट प्राक्टिसको बेलामा घाइते भएकाले सन्दीपलाई उनको स्थानमा पठाइएको हो । यसअघि पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएका कारण सन्दीप युएई भ्रमणमा जान पाएका थिएनन् । सन्दीपले आफूलाई विदेश जान पाउ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सोही अनुसार सन्दीपलाई सर्वोच्चले विदेश जान दिन आदेश दिएको थियो । त्यसलगत्तै सन्दीपलाई क्यानले युएई पठाउन प्रक्रिया अघि बढाएको थियो । आइसीसीसंग स्वीकृति माग गरेकोमा आज आधिकारिक रुपमा सन्दीपलाई टिममा समावेश हुन ...
प्राथमिक आँखा उपचार सेवा स्थानीय तहसम्म पुर्‍याउने सरकारको योजना

प्राथमिक आँखा उपचार सेवा स्थानीय तहसम्म पुर्‍याउने सरकारको योजना

Banner 1
नेपालमा उच्च तथा मध्यम स्तरको आँखा उपचार सेवा विस्तारमा प्रगति भए पनि प्राथमिक आँखा उपचार सेवामा प्रगति हुन सकेको छैन । सरकारले उच्च तथा मध्यम स्तरको आँखा उपचारमा प्रभावकारी सेवा दिइरहेको बताउँदै आए पनि प्राथमिक तहको आँखा उपचारमा ध्यान पुग्न सकेको छैन । आँखाको प्राथमिक उपचार नपाएर आँखा नै गुम्ने तथा गम्भीर अवस्थामा अस्पताल पुग्ने दरलाई कम गर्नका लागि प्राथमिक उपचार तथा रिफरल सुरुमा महत्वपूर्ण हुने त्रि.वि. शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डाक्टर सञ्जिव भट्टराई सुनाउँछन् । मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरूका कारण हुने अन्धोपन, जलविन्दु, रेटिनासम्बन्धी समस्याहरू क्रमः वृद्धि हुँदै गएको आँखा रोग विशेषज्ञहरूको भनाइ छ । सरकारले ट्रकोमा रोगको निवारणका साथै अन्धोपन न्यूनीकरण गरेको छ । यस्तै, स्वदेशमै इन्ट्राअकुलर लेन्सको उत्पादन र निर्यातसमेत हुन थालेको छ । के हो आँखाको प्राथमि...
ठमेलमा पर्यटकलाई ठगेको आरोपमा दुई पक्राउ

ठमेलमा पर्यटकलाई ठगेको आरोपमा दुई पक्राउ

Banner 1
ठमेलमा पर्यटकलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पर्यटक प्रहरी ठमेलले दुई जनालाई पक्राउ गरेको जनाएको छ। पर्यटकलाई ठगिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि पर्यटक प्रहरीले अनुसन्धान अघि बढाएको थियो।  उक्त अनुसन्धानबाट खुलेका दुई जनालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ।  प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन। ...
राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

Banner 1, राजनीति
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् । त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् । पौडेललाई नेपाली...