banner-2

दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित

दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित

banner-2, कृषि, चितवन बिशेष, समाचार
चितवन, ६ मंसिर  । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खानुहुन्थ्यो । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उहाँले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाल्नुभयो । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उहाँको गोठमा हाल ४५ वटा गाई छन् । व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ । कृषक थापा भन्नुहुन्छ, “गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ–तिहारमा भने दूध नबिकेकाले समस्या आयो ।” व्यावसायिकरूपमा गाईपालन गर्न सुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उहाँको अनुभव छ । आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी ...
गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर

गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, ६ मङ्सिर  । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०५८ यता गैँडा मारेको अभियोग लागेका ८८ जना त फरार नै छन् । २०६० यता १३३ जनाले कैद भुक्तान गरेका छन् । तर यसरी फरार रहेका वा जेल भुक्तान गरेका कति जना पुनः यो पेसामा फर्किए भन्ने तथ्याङ्क निकुञ्जसँग छैन । तथापि गैँडा मारेको पटके अपराधमा जेलमा परेका व्यक्ति अहिले पनि छन् । कालिका नगरपालिका–२, पदमपुरका राजन प्रजा गैँडा मारेको अभियोगमा नै चितवन कारागारमा पुर्पक्षका लागि थुनामा छन् । गैँडा मारेकै अभियोगमा २०६० देख...
राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नु पर्छ: सांसद राई

राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नु पर्छ: सांसद राई

banner-2, राजनीति, समाचार
काठमाडौँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । दशवर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ । गणतन्त्र स्थापनापछि तीनवटा निर्वाचन सम्पन्न भइसकेका छन् । तर हाम्रो संसदीय अभ्यास र सोच अझै पनि राजतन्त्रकालीन अवस्थाको रहेको भन्दै सदनमा बारम्बार आवाज उठ्ने गरेको छ । सदनमा सांसदहरूले संसदीय अभ्यासलाई अहिलेको व्यवस्थाअनुकूल चलाइनुपर्छ भनेर आवाज उठाइरहँदा विकृति संसदीय अभ्यासले ‘परम्परा’का नाममा निरन्तरता पाइरहेको देखिन्छ । नेकपा ९माओवादी केन्द्र०का सांसद दुर्गा राई पुरानो अभ्यासलाई यथास्थितिमा अगाडि बढ्दा प्रभावकारी काम गर्न नसकिने दाबी गर्नुहुन्छ । राजतन्त्रकालीन संसदीय अभ्यास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संसदीय अभ्यास एकै हुन नसक्ने उहाँको भनाइ छ । “हाम्रो संसदीय अभ्यासमा सुधार गर्दै जानुपर्छ । कमीकमजोरी सुधारेर अगाडि बढ्न...
रिगलको कैद माफीको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

रिगलको कैद माफीको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

banner-2, चितवन बिशेष, समाचार
काठमाडौ, २५ आश्विन । ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ । रिगल समेतको समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा (मानन्धर)ले दायर गरेको रिटमाथि सर्वोच्चले बिहीबार दोस्रो सुनुवाइ गर्न लागेको हो । यसअघि गत बिहीबार (असोज १८ गते) प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले रिगललाई माफी दिने निर्णयमा गम्भीर चासो देखाएको थियो । असोज १८ गते, सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासमा भएको सुनुवाइमा कानुन व्यवसायीहरुले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिनसक्ने भन्ने प्रसंग उल्लेख गर्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि प्रश्न उठाएका थिए । गत बिहीबार भएको सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयसलाई गम्भीर रुपमा लिदै ८ बुदाँमा समग्र आदेश जारी गरेको थियो । सर्वोच्चले अदालतले सरका...
चितवनको रत्ननगर नगरपालिकामा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवनको रत्ननगर नगरपालिकामा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, २४ आश्विन । चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताउनुभयो । उहाँले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गर्नुभयो । “बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्”, सापकोटाले भन्नुभयो, “किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ ।” प्लास्टिकजन्य फूल तथा मालासैले प्रयोग गरेको वा बिक्री वितरण...
नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

banner-2, प्रमुख समाचार, समाचार
काठमाडौं, २४ आश्विन  । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरूको निधन भएको थियो । यसैगरी, आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ । दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालह...
चितवनमा चाडपर्व लक्षित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना

चितवनमा चाडपर्व लक्षित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, २३ आश्विन । चितवनमा दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरु ठगिन र दुःख पाउन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो । केन्द्रीय बसपार्क, पुलचोक, पोखरा बसपार्क, मुग्लिङ बजार र टाँडीमा साेमवार यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेका हुन् । यात्राका क्रममा कुनै समस्या भोग्नुपरेमा यात्रुहरुले सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन् ।...
बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

banner-2, समाचार
काठमाडौं, २२ आश्विन । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले अनलाइनखबरलाई बताए अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै  तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीलाई उद्धृत गर्दै बिपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’ प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे । प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे । प्रचण्डभन्दा अघि बोलेका परराष...
भरतपुर महानगर सहित ३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल

भरतपुर महानगर सहित ३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, २१ आश्विन । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन समय दिएको हो । जस्मा ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तह रहेका छन् । सूचना अनुसार भरतपुर महानगरपालिकाले सडक बत्तीबाट उठेको १० करोड ६२ लाख ४१ हजार ३३० रूपैयाँ महशुल नबुझाएको प्राधिकरणले जनाएको छ। यस्तै काठमाडौं महानगरपालिकाको मात्रै १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । जसमा काठमाडौं महानगरपालिकाको बालाजु वितरण केन्द्रमा ३९ लाख २० हजार ९०२, वानेश्वर वितरण केन्द्रमा ४५ करोड ४२ लाख २८ हजार ६९, रत्नपार्क वितरण केन्द्रमा ८५ करोड ८१ लाख ४९ हजार ८०१ रूपैयाँ बक्यौता छ। सूचनामा उल्लेख भ...
नेपाललाई कराँतेमा ऐतिहासिक रजत

नेपाललाई कराँतेमा ऐतिहासिक रजत

banner-2, खेल, समाचार
काठमाडौँ, २० आश्विन । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ । हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार भएको महिला ६८ केजी तौलसमूहमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत दिलाउनुभएको हो । फाइनलमा उहाँ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित हुनुभयो । सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेता समेत हुनुहुन्छ । यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराउनुभएको थियो । दुवैको समान १–१ अङ्क भएपनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुग्नुभएको थियो । १९ वर्षीय एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडी समेत बन्...