सदनको गतिरोध खुलाउन सभामुखको पहल
काठमाडौँ, २२ श्रावण । सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उहाँको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उहाँहरुको प्रमुख सचेतक वा सचेतकलाई बोलाउनुभएको छ ।
यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भ...