Tag: प्रचण्ड

प्रधानमन्त्री प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन

प्रधानमन्त्री प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं, ११ आश्विन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ । चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गर्नुभएको हो । साथै उहाँले कैलाश पर्वतको पनि अवलोकन गर्नुभएको छ । बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । प्रधानमन्त्री गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ ।...
सदनको गतिरोध खुलाउन सभामुखको पहल

सदनको गतिरोध खुलाउन सभामुखको पहल

राजनीति, समाचार
काठमाडौँ, २२ श्रावण । सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उहाँको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उहाँहरुको प्रमुख सचेतक वा सचेतकलाई बोलाउनुभएको छ । यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भ...
खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

कृषि, समाचार
खोटाङ, ४ श्रावण । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाक...
जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ,४ श्रावण । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्वन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको जनाइएको छ । सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उलङ्घन गरी गुटबन्दी गरे...
ओली माथिको आक्रमणमा पूर्वराजपरिवारलाई मुछ्नु संवेदनशील विषय हो:  प्रधानमन्त्री प्रचण्ड

ओली माथिको आक्रमणमा पूर्वराजपरिवारलाई मुछ्नु संवेदनशील विषय हो: प्रधानमन्त्री प्रचण्ड

Banner 1, राजनीति, समाचार
काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपलाई लिएर जवाफ फर्काएका छन् । झापामा आफूमाथिको आक्रामणको प्रयासमा माओवादी केन्द्रसहित सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरुको संलग्नता रहेको ओलीको आरोप थियो । तर, ओलीको उक्त आरोपको प्रधानमन्त्री दाहालले खण्डन गरेका छन् । उनले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको स्पष्ट पारेका हुन् । आज (सोमबार) चितवनको आफ्नो घरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो, तर एमाले अध्यक्ष ओलीले प्रदर्शनम...