Author: चितवन आवाज डेस्क

मौसममा क्रमिक सुधार

मौसममा क्रमिक सुधार

समाचार
काठमाडौँ, १८ आश्विन । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हँुदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताउनुभयो । “मौसम विस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ”, उहाँले भन्नुभयो । मौसमविद् झाका अनुसार कोशी प्रदेशमा आज बाक्लो बादल लागको छ । अन्य भेगमा सामान्यतया मौसम सफा छ । अबको दुई तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको उहाँले उल्लेख गर्नुभयो । महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामा...
पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

समाचार
गण्डकी, १८ आश्विन । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुुपरेको छ । सोह्र श्राद्धलाई लक्षित गरी मङ्गलबार नवलपुरबाट हिँड्नुुभएका सरोज ढकाल र उहाँको परिबार बेलुका गलेश्वर आएर बस्नुुभयो । बुधबार बिहानै मुस्ताङका लागि हिँड्नुुभएका उहाँहरू त्यहाँबाट करिब दुुई तीन किलोमिटरको दूरीमा पुुग्दा सडकमाथिबाट खसेको पहिरोले अघि बढ्नसक्ने अवस्था रहेन । ढकाल परिवार त्यहाँबाट सुरक्षित भई बस्नका लागि पुनः गलेश्वर नै फर्कियो । दिउँसो ३ः३० बजे पहिरो पन्छाएपछि मात्रै उहाँहरू मुस्ताङतर्फ अघि बढ्नुुभयो । ढकाल परिवार जस्तै यस सडकखण्डमा यात्रा गर्ने जो कोही पन...
चितवनमा चलचित्र अवार्ड हुने

चितवनमा चलचित्र अवार्ड हुने

चितवन बिशेष, समाचार
चितवन, १८ आश्विन । चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो । आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको हो । ‘लक्की फिल्मी अवार्ड, २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली सिने जगत्को संरक्षण र जगेर्ना गर्न मोफसलबाटै अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी दिनुभयो । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ नाराका साथ आयोजना गर्न लागिएको उक्त अवार्डमा विभिन्न १० विधामा मनोनयनको काम सम्पन्न भएको छ । दश विधामा उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र रहेका छन् । ती विधाको मनोनयन सार्वजनिक गरिएको हो । विध...
लगातारको वर्षाका कारण जनजीवन प्रभावित

लगातारको वर्षाका कारण जनजीवन प्रभावित

चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, १७ आश्विन ।  मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाका कारण पश्चिम चितवनको चनौली लगायतका स्थानको जनजीवन प्रभावित भएको छ । मानिसहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् । घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । दैनिक ज्यालामजदूरी गरी खानेको जीवन झनै कष्टकर भएको छ । वर्षाले काममा जाने वातावरण बनेको छैन । कतिपयको मजदूरी गरेर नै परिवारको लालनपालन गर्नुपर्ने अवस्थाका श्रमिक मारमा परेका छन् । निरन्तर वर्षा हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका ...
के डेगीं सम्बन्धी समाचारले तपाईँको ध्यान आकर्षित गर्छ ?

के डेगीं सम्बन्धी समाचारले तपाईँको ध्यान आकर्षित गर्छ ?

समाचार, स्वास्थ्य
पक्कै तपाईंको ध्यान डेंगी सम्बन्धी समाचारले तान्ने गरेको छ । त्यो किनभने, डेंगी हाम्रा लागि सानो कुरा होइन— गत वर्ष यही रोगले नेपाललाई कति नराम्रोसँग प्रभावित गरेको थियो हाम्रो स्मृतिमा ताजै छ । तर विगतमा भएका नराम्रा घटनाहरुलाई उपेक्षाको व्यवहार गर्ने मानवीय गुण हो त्यसैले यस वर्ष डेंगीको खतराप्रति बेपरवाह हुनसक्छौं । हामी यस विषयमा तपाईलाई तर्साउने पक्षमा नभएर तपाईंको परिवारलाई डेंगुबाट सुरक्षित राख्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गर्न चाहन्छौं । डेंगीसम्बन्धी तथ्य डेंगी एक लामखुट्टेले सार्ने रोग हो, जसले विश्वको करिब आधा जनसंख्यालाई प्रभावित गर्ने गरेको छ। Aedes aegypti र Aedes albopictus  प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यी लामखुट्टेहरू उष्ण र उष्पोण जलवायुमा पाइन्छ । नेपालका शहरी तथा अर्ध शहरीहरूको वातावरण यस्तै छ । डेंगीका अधिकांश लक्षण उस्तै हुन्छन्...
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

प्रमुख समाचार, समाचार
काठमाडौँ, १७ आश्विन ।  सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको राससलाई जानकारी दिनुभयो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । यस्तै ४ः२८ बजे तालकोट केन्द्रबिन्दु भएर चार दशम...
सरकारले बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने

सरकारले बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने

प्रमुख समाचार, समाचार
कैलाली,१७ आश्विन । मङ्गलबार बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो । उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले भने, ‘भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने छ ।’ भुकम्पले पुर्याको क्षतीको निषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो । मंगलबमर ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भुकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । भुकम्पले बझाङ सहित आ...
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल

भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, १७ आश्विन । भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो । महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तरराष्ट्रिय समन्वय समितिको संयोजक बनाएर विश्वभर रहेका नेपालीहरुलाई भ्रमण वर्षमा आमन्त्रण गरिँदै छ । सापकोटाका अनुसार सामाजिक सञ्जालमार्फत ५४ देशका नेपालीहरुलाई एउटा ग्रुपमा समेटिएको छ । क्रमशः थप देश र व्यक्ति जोडिने क्रम जारी छ । त्यहाँ रहेका चितवनवासी र नेपालीहरुलाई भ्रमण वर्षमा नेपाल आउन आग्रह गरिएको छ । यससँगै काम गर्ने साथीहरुलाई भरतपुर ल्याउन ‘एक जना साथी भरतपुर ल्याउँ’ अभियान थालिएको छ । आफू काम गर्ने संस्थाका प्रमुख वा अन्य व्यक्तिहरुलाई समेत निम्तो दिएर भ्रमण वर्षमा यहाँ ल्याउन आग्रह गरिएको सापकोटाले बताउनुभयो । उहाँहरुमार्फत नै स्थानीय सरका...
तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

समाचार
काठमाडौँ, १७ आश्विन । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । आगामी २४ घण्टाका लागि गण्डकी, लुम्बिनी, कोशी र बागमती क्षेत्रबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढीपहिरो, भूक्षय तथा चट्याङ्गको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली रहेको म...
सिक्किममा भारी वर्षा: टिस्टा नदीमा भारतीय सेनाका २३ जवान बेपत्ता

सिक्किममा भारी वर्षा: टिस्टा नदीमा भारतीय सेनाका २३ जवान बेपत्ता

अन्तराष्ट्रिय, समाचार
 सिक्किम । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित तुल्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको छ । बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको छ । जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् । ...