Author: चितवन आवाज डेस्क

बझाङमा भूकम्प:  पूर्वराजा शाहद्वारा दुःख व्यक्त

बझाङमा भूकम्प: पूर्वराजा शाहद्वारा दुःख व्यक्त

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ, १७ आश्विन । पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शाहका तर्फबाट संवाद सचिव फणी पाठकले बुधबार विज्ञप्तिमा भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्‍याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको उल्लेख छ । ‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, शाहले भनेका छन्, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ ...
‘स्मार्ट मिटर’ जोड्दै प्राधिकरण : महसुल बुझाउन मोबाइलमै बिल

‘स्मार्ट मिटर’ जोड्दै प्राधिकरण : महसुल बुझाउन मोबाइलमै बिल

चितवन बिशेष, समाचार
भरतपुर, १७ आश्विन । नेपाल विद्युत् प्राधिकरणले ‘थ्री फेज’को लाइनमा पुरानो मिटर हटाई ‘स्मार्ट मिटर’ जडान गरेको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न स्मार्ट मिटर प्रयोगमा ल्याइएको प्राधिकरणले जनाएको छ । चितवन जिल्लामा त्यस्ता दुई हजार मिटर प्रतिस्थापन गरिसकिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । ‘चितवनमा करिब दुई हजारवटा मिटर रिप्लेस गरिसकेका छौँ । अब एक हजार मिटर रिप्लेसको क्रममा छ’, केन्द्र प्रमुख रामु श्रेष्ठले भने, ‘किनकि अब हामी स्मार्ट युगमा छौँ । बिस्तारै हरेक क्षेत्रलाई स्मार्ट बनाउने प्रयासमध्ये यो पनि एउटा हो ।’ उनका अनुसार हाल ६५ केभिएसम्मको मिटर प्राधिकरणकै खर्चमा प्रतिस्थापन गरिएको हो । उनका अनुसार ६५ केभिएभन्दा माथिको मिटरको विषयमा प्राधिकरणले कुनै निर्णय गरेको छैन । ‘पुरानो मिटर हटाएर नयाँ स्मार्ट मिटर प्रतिस्थापन गर्दा करिब २० देखि २२ हजार रूप...
चितवनका धानमा समस्यै समस्या

चितवनका धानमा समस्यै समस्या

banner-2, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, १७ आश्विन ।  चितवनमा लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो । यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन् । उनले भने, “धानमा लागेको समस्या लिएर आउनेको किसानको सङ्ख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ।” कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताए । रोग नियन्त्रणका लागि कृषिविज्ञ सँगको परार्शमा विषादीको प्रयोग ...
विजया दशमीको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे उत्तम

विजया दशमीको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे उत्तम

प्रमुख समाचार, समाचार
काठमाडौँ, १७ आश्विन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११:२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यसवर्ष असोज अन्तिमदे...
ट्रकको ठक्करबाट धादिङमा २ विद्यार्थीको मृत्यु

ट्रकको ठक्करबाट धादिङमा २ विद्यार्थीको मृत्यु

चितवन वरिपरि, समाचार
काठमाडौं, १७ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक प्रहरी नियन्त्रणमा छन् ।...
महिला भलिबलमा नेपाल भारतसँग पराजित

महिला भलिबलमा नेपाल भारतसँग पराजित

खेल, समाचार
हान्झाउ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो ।हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो । पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लेगपनि २३-२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८-२६ ले जित्दै खेल बराबरी गरेको थियो । तेस्रो सेटमा नेपालले सुरुवात देखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०-१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०-२० को बराबरी गर्दै सेट २५-२३ ले जित्दै २-१ को अग्रता बनायो । चौथो सेटमा पनि नेपालले...
आज राष्ट्रिय शिक्षा दिवस

आज राष्ट्रिय शिक्षा दिवस

शिक्षा, समाचार
काठमाडौँ, २ आश्विन । ‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ । समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात...
भारत र क्यानडाबीच तनाव, दुई शीर्ष कुटनीतिज्ञ निष्कासित

भारत र क्यानडाबीच तनाव, दुई शीर्ष कुटनीतिज्ञ निष्कासित

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, ०२ आश्विन । सिख नेता हरदीप सिंह निज्जरको हत्यापछि भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउनुभएको छ। निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको बिबिसी हिन्दीले जनाएको छ। यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित निज्जरको गोली हानी हत्या गरिएको थियो। केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए। भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री नदेन्द्र मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए। तर, भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ। ट्रुडो स्वदेश फर्केको केही समयपछि भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार...
गणेश चतुर्थीमा भरतपुरको गणेशधाममा भक्तजनको भीड

गणेश चतुर्थीमा भरतपुरको गणेशधाममा भक्तजनको भीड

चितवन बिशेष, समाचार
चितवन,०२ आश्विन । आज गणेश चतुर्थी पर्वका दिन चितवनको भरतपुर ११ स्थित गणेश धाममा भक्तजनको भीड लागेको छ । ऐतिहासिक तीर्थस्थल गणेशधाममा गणेशको पुजा गर्न भक्तजनको बिहानैदेखि लामो लाइन लागेको छ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्वमा यहाँ बिशेष पुजाआजा हुन्छ । गणेशधाम संरक्षण संबर्द्धन समितिका उपाध्यक्ष रविन्द्र बरालले आज दिनभर गणेशधाममा भक्तजनको भिड लाग्ने बताउनुभयो । मनोकांक्षा पुरा हुने विश्वासका साथ गणेशधाममा चितवनसहित नवलपुर, मकवानपुर लगायत आसपासका जिल्लाबाट पनि भक्तजन आउने गर्छन् । गणेशधाम क्षेत्र बहुभगवानको थान भएकाले पनि हरेक चाडपर्वमा भक्तजन पुग्ने गरेको बराल बताउनुहुन्छ । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलबार नै परेका कारण भक्तजनको भीड बढेको उहाँको भनाई छ । गणेशधाम संरक्षण संबर्द्धन समिति २०७५ सालमा गठन भ...
शेखरको समूहको बैठक आज, महामन्त्री शर्मा र नेता पौडेललाई पनि बोलाइयो

शेखरको समूहको बैठक आज, महामन्त्री शर्मा र नेता पौडेललाई पनि बोलाइयो

राजनीति, समाचार
काठमाडौं, ०२ आश्विन । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ। बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ। बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ। उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको हो। पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए। बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरुको भनाइ छ। सभापति देउवाको बेथितिविरुद्ध लड्न थापाले शर्मा र पौडेलसमेतलाई संस्थापन इतरसमूहमा जोड्नुपर्ने मुद्दा उठाउँदै आएका थिए तर कोइराला इच्छुक थिएनन्। कोइराला–थापाबीचको अविश्वासले केन्द्रीय कार्यसमिति बैठकअघि समूहका पदाधिकारी र सदस्यबीच छलफल गरेर सामूहिक धारणा बनाउने प...