कृषि

चितवनको केरामा ‘ओइलाउने’ रोग

चितवनको केरामा ‘ओइलाउने’ रोग

कृषि, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
भरतपुर, ९ भाद्र । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गर्दछ । उनले भने, “अहिलेसम्म कार्यालयमा चारवटा बगैँचामा यस्तो समस्या आएको सूचना आएको छ ।” अहिले नयाँ बिरूवा रोपिएको बगैँचामा यो रोग देखिएको उनको भनाइ छ । पुराना बालीका अवशेष, रोगी बिरूवा, गाना तथा कृषि औजार, मौरी तथा अन्य किराको माध्यमबाट व्याक्टेरिया केरामा सजिलैसँग सर्ने उनले बताए । यो व्याक्टेरियाले गुभोको पातबाट आक्रमण सुरू गर्ने उनले जानकारी दिए । सरसफाइ तथा बगैँचाको उचित...
नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्दै धनगढी

नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्दै धनगढी

कृषि, समाचार
कैलाली, ८ भाद्र । धनगढी उपमहानगरपालिकाले नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्न थालेको छ । उपमहानगरले फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट बायो ग्यास तथा जैविक मल उत्पादन गर्ने तयारी गरेको हो । सुक्ष्म तरिकाले फोहोरको वर्गीकरण गरी फोहोरको पुनः प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको धनगढी उप–महानगरको शुक्ष्म वर्गीकरण केन्द्र उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका– २ स्थित सरस्वती टोलको वायोग्यास प्लान्टसँगै उपमहानगरले शुक्ष्म फोहोर वर्गीकरण केन्द्र निर्माण गरेको हो । यहाँ उप–महानगरबाट संकलन भएको नकुहिने फोहोर जम्मा गरेर शुक्ष्म तरिकाले वर्गीकरण गरिने धनगढी उप महानगरपालिकाले जनाएको छ । नगर क्षेत्रबाट संकलन भएको नकुहिने प्लास्टिक, फलाम, रबर, कागज र शिशाजन्य फोहोर संकलन गरेर सुक्ष्म वर्गीकरण केन्द्रमा अलग–अलग छुट्याएर राखिने छ । यहाँ नकुहिने फोहोर मात्रै ल्याउने र त्यसको प्रकृति अनुसार अलग–...
प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छ : महासचिव गजुरेल

प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छ : महासचिव गजुरेल

आर्थिक, कृषि, राजनीति, समाचार
काठमाडौं,८ भाद्र । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताउनुभएको छ । महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताउनुभएको हो । महासचिव गजुरेलले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले विश्व बजारबाट आयात हुने वस्तु प्रतिवन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताउनुभयो । उहाँले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तु...
बिहान क्याम्पस पढाउँदै दिनभर फलफूल खेतीमा रमाउँदै चितवनका विष्णु ज्ञवाली

बिहान क्याम्पस पढाउँदै दिनभर फलफूल खेतीमा रमाउँदै चितवनका विष्णु ज्ञवाली

कृषि, शिक्षा, समाचार
चितवन, ७ भदौं । विष्णु ज्ञवाली चितवनको शैक्षिक क्षेत्रमा चिरपरिचित नाम नै हो । उनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय पढाउन थालेको २२ वर्ष लागेको छ । क्याम्पसमा पूर्वसहायक क्याम्पस प्रमुखसमेत रहेका उपप्राध्यापक अहिले क्याम्पसमा पढाउन भन्दा बढी फलफूल खेतीमा रमाइरहेका छन् । भरतपुर महानगरपालिका–४ लक्ष्मीपुरमा ज्ञवालीले बिगत तीन वर्षदेखि ‘जीओजी फार्म’ दर्ता गरेर १५ गठ्ठा जग्गामा फलफूल खेती गरिरहेका छन् । उनले आफ्नो बगैँचामा एभोगाडो, ड्रागन फ्रुट र अम्बा लगाएका छन् । क्याम्पसबाट फर्किएपछि उनी फलफूल बगैँचामा नै रमाउने गर्छन् । उनले नारायणी अनलाइनलाई भने, ‘ बुबाआमाले गर्नुभएको परम्परागत कृषि कर्मलाई मैले केही आधुनिकीकरण गर्दै लगेको छु । रुचि र रहरले लागेको कृषि कर्म भएकोले धेरै रमाइरहेको छु । यसको बिस्तार गर्नलाई थप जग्गा पनि खोजिरहेको छु ।’ ज्ञवालीले यस वर्ष गलत सिजनमा...
तनहुँमा अङ्गुरखेती: पहिलो वर्ष रु १८ लाखको उत्पादन

तनहुँमा अङ्गुरखेती: पहिलो वर्ष रु १८ लाखको उत्पादन

कृषि, समाचार
तनहुँ, ७ भदौ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गर्नुभएको हो । गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उहाँले व्यावसायीक अङ्गुर खेती थालनी गर्नुभएको थियो । ‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा रु एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । “नौ हजार किलोग्राम अङ्गुर उत्पादन भएको छ, उहाँले भन्नुभयो,“बजारको ‘मूल्य अनुरुप प्रतिकिलो रु दुई सयका दरले उक्त मूल्यको अङ्गुर उत्पादन भएको हो ।”उक्त क्षेत्रमा करिब नौ हजार पाँच सय बिरुवा रोपिएको उहाँले बताउनुभयो । कम्पनीले वार्षिक १० हजार किलो अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक नजिक पुग्न सफल भएको उहाँले बताउनुभयो । जिल्लामा उत्पादन भएका सबै अङ्गुरबाट वाइन उत्पादन ...
रत्ननगरमा कृषि र पशुपालनको लागि प्राविधिक सेवा सुभारम्भ

रत्ननगरमा कृषि र पशुपालनको लागि प्राविधिक सेवा सुभारम्भ

कृषि, समाचार
रत्ननगर,३१ श्रावण । पू्र्वी चितवनको रत्ननगर नगरपालिकाले कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरेको छ । नगर गौरवको योजना अन्तर्गत गोठ–गोठमा भेटेरिनरी र खेत–खेतमा कृषि प्राविधिक सेवा सुरु गरेको हो । वडा नं ८ को कार्यालयमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मेयर प्रलाद सापकोटाले प्राविधिक सेवाको उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले कृषि र पशुपालनमा उत्पादन बढाउन प्राविधिक सेवा सुरु गरिएको बताए । प्राविधिक सेवा सञ्चनलनको लागि नगरपालिकाले चालु आबमा ८० लाख रूपैया विनियोजन गरेको मेयर सापकोटाले जानकारी दिनुभयो । पशुपालनको विकास गरि दूध उत्पादन बढाउन घाँसमा प्रतिकठ्ठा दुई हजार र दुधमा प्रतिलिटर एक रुपैया अनुदान रकम वितरण भन्दै उनले चालू आबबाट भेटेरिनरी सेवा सुरु गरिएको बताए । उनले कृषिक्षेत्रमा उत्पादन बढाउन किसानहरुलाई ५० प्रतिशत अनुदान प्रदान गरेको जानकारी दिनुभयो। सो ...
चितवनमा दूध उत्पादन घट्यो

चितवनमा दूध उत्पादन घट्यो

कृषि, चितवन बिशेष, समाचार
चितवन, ३० श्रवाण । चितवन जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ । उहाँका अनुसार अघिल्लो आवमा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ । उहाँका अनुसार विसं २०७७ बाट सुरु भएको लम्पीस्किन रोगको सङ्क्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो । रोग सङ्क्रमणभएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उहाँले बताउनुभयो...
बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

कृषि, समाचार
चितवन, २३ श्रावण । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ । यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै पशुलाई खोप लगाउन नसके पनि अभियान सञ्चालन गरेर सन्देश दिन मन्त्रालयले चाहेको छ ।” प्रदेशभित्रका सबै जिल्लामा गोठमै गएर खोप लगाइने छ । एउटा पशुलाई खोप लगाउने प्राविधिकले रु २० पाउने छन् । निजी क्षेत्रबाट प्राविधिक छनोट गरेर खोप लगाउन लागिएको हो । एउटा पशुलाई खोप लगाउँदा खोपको मूल्य रु एक सय ३० हाराहारी पर्न आउँछ । यो अभियानमा प्रदेशले करिब रु एक करोड खर्च गर्न लागेको उहाँले जानकारी दिनुभयो । हालसम्म बागमती प्रदेशमा लम्पी स्किनबाट कूल सङ्क्रमित पशुको सङ्ख्या दुई लाख चार हजार नौ सय ८८ पुगेको छ । जसमध्ये सबैभन्दा बढी द...
उत्पादन कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि 

उत्पादन कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि 

कृषि, समाचार
काठमाडौँ, २१ श्रावण ।  व्यावसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताउनु भयो । उहाँले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताउनु भयो । उहाँले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको बताउनु भयो । उहाँले एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताउनु भयो । उहाँले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताउनु भयो । उह...
मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी

कृषि, समाचार
भक्तपुर, २०  श्रावण । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो । नेपाल सरकारको अनुदान प्राप्त रासायनिक मल कालोबजारी गरी बिक्री गरेको उपभोक्ताको गुनासो आउने बित्तिकै जिप्रका भक्तपुरको टोलीले उक्त पसलमा छापा मारी गैरकानुनी रुपमा भारतबाट ल्याएको अवैध मल रु दुई हजार एक सयमा बिक्री गरेको पाइएपछि मल बरामद गर्दै पसल सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । प्रजिअ र...