कृषि

केरामा विषादी बढी

केरामा विषादी बढी

Banner 1, कृषि, चितवन बिशेष, समाचार
भरतपुर, १९ श्रावण । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उहाँले बताउनुभयो । केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ । प्राविधिक सहायक सिम्खडाका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्व...
धान रोपाइँ गर्न दमकल प्रयोग

धान रोपाइँ गर्न दमकल प्रयोग

कृषि, समाचार
पर्सा, १६ श्रावण । रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको घर पर्नुपरेको हो । किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हँुदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिनुभयो । गण्डक नहरमा पानी छैन । स्थानिय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भन्नुभयो । गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए...
गड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

गड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

कृषि, समाचार
भोजपुर, १६ श्रावण । रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् । कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ ।  कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरुलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउनुहुन्छ । ...
प्राङ्गारिक खेती अभियानमा न्यौपाने

प्राङ्गारिक खेती अभियानमा न्यौपाने

कृषि, चितवन बिशेष, समाचार
चितवन, १४ श्रावण । यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो । न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्राङ्गारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनुभएको छ । उहाँले प्राङ्गारिक मल र विषादी आफैँले बनाएर प्रयोग गर्ने गर्नुभएको छ । मौसमअनुसारको तरकारीसँगै उहाँले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गर्नुभएको छ । उहाँले गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफैँले उत्पादन गर्दै आएको बताउनुभयो । विसं २०७४ देखि तरकारीखेती सुरु गर्नुभएका उहाँ त्यसको दुई वर्षपछि पूर्णरुपमा प्राङ्गारिक खेतीतर्फ लाग्नुभएको हो । उहाँका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन...
टिकाथलीमा बिहिबारदेखि ‘भाजु तरकारी तथा फलफूल बजार’ संचालन हुँदै

टिकाथलीमा बिहिबारदेखि ‘भाजु तरकारी तथा फलफूल बजार’ संचालन हुँदै

कृषि, समाचार
ललितपुर, १० श्रावण । ललितपुरको महालक्ष्मी नगरपालिका –५, टिकाथलीमा २ रोपनी ( ३० आना ) क्षेत्रफलमा व्यवस्थि ‘भाजु तरकारी तथा फलफूल बजार’ संचालन हुँदै छ । महालक्ष्मी नगरपालिकाकै पहिलो र एकमात्रै व्यवस्थित तरकारी बजारमा ७० वटा स्टल तथा सटर रहने छन् । उक्त तरकारी बजारमा गाउँको ताजा तरकारी तथा फलफूल ल्याउने अनि सस्तो मूल्यमा बिक्री गराउने संचालक आदिल महर्जनले दाबी गरेका छन् । ‘सस्तोमा उपभोक्ताहरुलाई सहजै ताजा तरकारी उपलब्ध गराउन, कृषकहरुको मेहनतअनुसार मूल्य दिन, कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी बिचौलियाहरुलाई निषेध गर्न तरकारी बजार खोलिएको हो’, संचालक महर्जनले भने । बजारमा मौसमी र बेमौसमी तरकारी, फलफूल, दुर्गम गाँउमा उत्पादन हुने गुन्द्रुक, पिठोको स्टलदेखि, जिउँदो माछा र सहकारी संस्था पनि हुने बताइएको छ । उक्त तरकारी बजारमा आउने उपभोक्ताहरुलाई प्रयाप्त पार्किङको व्यवस्था समेत गर...
पानी अभावले रोपाइँ ढिला

पानी अभावले रोपाइँ ढिला

कृषि, समाचार
डुम्रे, १० श्रावण । असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ । पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका–२ का देवबहादुर कमली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको २२÷२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधी समय घर्किन लागिसक्यो, रोपाइँ सकिएको छैन ।” रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ । पानीको जोहो होला र अनी धान रोपौँला भनेर किसान पर्खेर बसेका छन् । व्यास नगरपालिका–७ कलेस्तीका शिवलाल प्रधानले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताउनुभयो । “बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ”, उहाँले भन्नुभयो । कुवा, पधेँर...
एकाउन्न करोडको कोदो आयात

एकाउन्न करोडको कोदो आयात

आर्थिक, कृषि, समाचार
झापा, १० श्रावण । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो । आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ । यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ...
बाख्रापालक कृषकलाई अनुदान

बाख्रापालक कृषकलाई अनुदान

कृषि, समाचार
कास्की, ९ श्रावण । पोखरा महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका कृषक यसबाट लाभान्वित भएका छन् । महानगरले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई रु ४४ लाख २० हजार अनुदान रकम प्रदान गरेको हो । पोखरा महानगर वडा नं १९ का २४ कृषकलाई रु छ लाख २० हजार, वडा नं २० का ३२ कृषकलाई रु सात लाख २० हजार र वडा नं २१ का ४३ कृष्णकलाई रु १० लाख रकम प्रदान गरिएको छ । यसैगरी वडा नं २४ का ३७ जनालाई रु आठ लाख २० हजार, वडा नं २५ का २३ जनालाई रु चार लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई रु सात लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । अनुदान प्राप्त गर्न योग्य सबै कृषकलाई महानगर प्रमुख धनराज आचार्यले सोमबार रकम प्रदान गर्नुभएको हो । ...
बारामा ६० प्रतिशत रोपाइँ

बारामा ६० प्रतिशत रोपाइँ

कृषि, समाचार
कलैया, ८ श्रावण ।  बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष कृषकले बर्खे धान ‘भदैया’ १० हजार नौ सय पाँच हेक्टर, ‘अगहनी’ ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाकी रहेको यादवले बताउनुभयो । उहाँका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको ...
‘रोपाइँ गर्न ढिलाइ भइसक्यो, खेतमा पर्याप्त पानी छैन’

‘रोपाइँ गर्न ढिलाइ भइसक्यो, खेतमा पर्याप्त पानी छैन’

कृषि, समाचार
– राजु विश्वकर्मा  धनुषा, ७ श्रावण । कमला नदीमा पानीको सतह कमहुँदा सिरहा र धनुषाका किसानलाई सिँचाइ गर्न समस्या भएको छ । कमला नदीमा पानीको सतह घट्दा कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको कमला सिँचाइ नहर प्रणालीमा पर्याप्त पानी पुग्न सकेको छैन । “ धान रोपाइँ गर्न ढिलाइ भइसक्यो, तर खेतमा पर्याप्त पानी पुग्न सकेको छैन”, धनुषाका किसान अमोद यादव भन्नुहुन्छ, “वर्षा कम भए पनि अघिल्लो वर्ष हामीले कमला नदी प्रणालीबाटै सिँचाइ गरेर धान रोपाइँ गर्यौँ ।” तर अहिले कमला नदीमा पानीको सतह घटेर खेतसम्म पानी पर्याप्त पुग्नै सकेको छैन, यसका कारण खेती गर्न ठूलो समस्या भएको उहाँको भनाइ छ । “पहिला–पहिला असार, साउन र भदौ महिनामा कमला नदीमा ठूलो बाढी नै आउथ्यो”, सिरहाको औरहीका किसान राघव साह भन्नुहुन्छ, “हामी कमला सिँचाइको नहरबाटै सिँचाइ गरेर धान रोपाइँ गर्दथ्यौँ, तर पछिल्लो केही वर्षदेखि कमला न...