कृषि

कावासोतीका किसान कागतीखेतीमा

कावासोतीका किसान कागतीखेतीमा

कृषि, चितवन वरिपरि, समाचार
मध्यविन्दु, ५ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट माfर्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गर्नुभयो । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँले अनुदानमा सुनकागती–१ का बिरुवा लगाउनुभएको हो । लम्सालले भन्नुभयो, “बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिकरुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।” परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उहाँले बताउनुभयो । लम्सालका अनुसार क...
खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

कृषि, समाचार
खोटाङ, ४ श्रावण । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाक...
सदरमुकाममा चामल, गाउँका डिपो रित्तै

सदरमुकाममा चामल, गाउँका डिपो रित्तै

कृषि, समाचार
जाजरकोट,३ श्रावण । कर्णाली प्रदेशभित्रका जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल भए पनि गाउँका डिपो, बिक्री केन्द्र रित्तै भएका छन् । गाउँमा रहेका डिपो तथा बिक्री केन्द्रमा कर्मचारी नभएका कारण ठेकेदारले आफैँ ढुवानी गरेर चामल बिक्री गरिरहेका छन् । सदरमुकाममा डिपोमा मात्र कर्मचारी रहेका अन्य ठाउँमा कर्मचारी नहुँदा ठेकेदारले आफैँ चामल बिक्री गर्ने गरेको कर्णाली प्रदेश खाद्य व्यवस्था तथा व्यापार केन्द्रको लेखा शाखाका कर्मचारी पर्वत सापकोटाले बताए । कर्मचारी अभावका कारण ढुवानीकर्ताले नै चामल बिक्री गरिरहेका उनको भनाइ छ । कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालीकोट, मुगु र जुम्ला जिल्लाले खाद्यान्न अभाव झेल्ने गरेका छन् । यी जिल्लामा उत्पादन हुने खाद्यान्नले वर्षभरि खान नपुग्ने भएकाले बजार तथा कम्पनीको चामलको भरमा यहाँका सर्वसाधारणहरु रहेका छन् । सरकारी तथ्याङ्कअनु...
चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

Banner 1, आर्थिक, कृषि, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन, २ साउन । जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु एक सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु ९५ का दरले अनुदान रकम प्राप्त गरेको कृषि ज्ञानकेन्द्रकी निमित्त प्रमुख कमला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए । खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाऊँ भनी निवेदन दिएका थिए । उहाँका अनुसार ४ हजार २५ विगाह १५ कठ्ठामा चैतेधान खेती भएको निवेदन परेको थियो । निवेदनपश्चात् स्थलगत अनुगमन र प्रमाणीकरणपछि तीन हजार सात सय छ बिघा जमिनमा लगाइएको धान खेतीका लागि प्रोत्साहन...
लम्पी स्किन सङ्क्रमण नियन्त्रणतर्फ चितवन

लम्पी स्किन सङ्क्रमण नियन्त्रणतर्फ चितवन

कृषि, चितवन बिशेष, प्रमुख समाचार, समाचार
भरतपुर,२ श्रावण । पशु विशेषगरी गाइगोरू र भैँसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणतर्फ उन्मुख रहेको पशु कार्यालयले जनाएको छ । ‘खोप किन्नका लागि सोमबारमात्रै प्रदेश सरकारले आठ लाख दिने निर्णय गरेको सुनेको छु’, पशु कार्यालय भरतपुरका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले भने, ‘ढिलै भए पनि प्रदेश सरकारले किसानको घाउमा मलम लगाउने काम गरेको छ ।’ उक्त रकमबाट ४५ सय खोप किन्न सकिने उनले बताए । साउन महिनाभित्र सबै पालिकामा समानुपातिक हिसाबले खोप पठाइने उनले बताए । वरिष्ठ पशु विकास अधिकृत केसीले माडी, इच्छाकामना, रत्ननगर, भरतपुर र राप्तीका स्थानीय तहले खोपको व्यवस्था गरेको जानकारी दिए । सङ्क्रमण रोकथामका लागि जैविक सुरक्षा र उपचारमा विशेष ध्यान दिइएको उनले बताए । चितवनमा हालसम्म १३ हजारजति गाईभैँसीलाई खोप लगाइएको कार्यालयले जनाएको छ । गाईभैँसी दुई लाखजति रहेको तथ्याङ्क कार्यालयसँग छ । ‘बेलैमा ...
कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग

कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग

कृषि, राजनीति, समाचार
रत्ननगर, २ साउन । चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९÷८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्सको लागत ‘भ्याट’सहित रु २५ लाख ३४ हजार नौ सय ९९ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । ...
‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

कृषि, समाचार
काठमाडौँ, १ श्रावण । सरकारले चाहेमा आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ । कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास) प्राप्त गर्न भोग्नुपरेका सङ्घर्षका कथा आफैँमा अत्यन्त्य पीडादायी हुने गर्दथे । ‘मानो रोपेर मुरी उब्जाउने बेला’ अर्थात् असारे धान रोपाइँका समयमा मल प्राप्त गर्न पनि देशैभरका किसानले सधैँ धेरै पसिना बगाउनुपर्दथ्यो । वर्तमान सरकारको ‘रासायनिक मलको अभाव हुन नदिने’ नीतिलाई कार्यान्वयन गर्ने क्रममा गरेको दूरदृष्टि निर्णयले यसपटक कहीँकतै रासायनिक मलको हाहाकार नभएको हो । विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मलको अभाव हुन नदिन निरन्तर गर्नुभएको निगरानी, समन्वय, सहजीकरण र चासोले गर्दा वर्षौंदेखिको समस्या यसपटक दोहोरिन पाएन । विशेष गरी असारे धान रोपाइँ...
इच्छाकामना गाउँपालिकाद्वारा गाउँको कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण

इच्छाकामना गाउँपालिकाद्वारा गाउँको कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण

कृषि, चितवन बिशेष, समाचार
कुरिनटार,१ श्रावण । चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले आईतबार इच्छाकामना २ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तारण गरेको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं। २ का वडाध्यक्ष पंच बहादुर चेपाङ, वडा नं। ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको रोहवरमा कृषक समुहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेको हो । विशेष गरेर इच्छाकामना गाउँपालिकाको पहाडी भुगोलका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९।०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । एम्बुलेन्सको लागत भ्याट सहित २५ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा रुपैयाँ गाउँपालिकाको प...
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस

कृषि, प्रमुख समाचार, समाचार
– प्रकाश सिलवाल नुवाकोट, २६ असार । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।” भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो । यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो । हाँसोमज...
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

कृषि, प्रमुख समाचार, समाचार, स्वास्थ्य
दिपायल, २४ असार । डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।...