प्रदेश

विश्व समूदायमा प्रचण्ड, के-के बोले ?

विश्व समूदायमा प्रचण्ड, के-के बोले ?

Banner 1, अन्तराष्ट्रिय, प्रदेश, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं, ६ आश्विन  । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को अमेरिका भ्रमण अघि नै सरकारले उनको भ्रमणको एजेण्डामा शान्ति प्रक्रियाबारे सहयोग माग्ने, जलवायु परिवर्तनका कारण नेपालले समस्या भोगिरहेको विषय राख्ने बताइएको थियो । सोही अनुसार प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, राजतन्त्रको अन्त्य, संविधान निर्माण र लोकतन्त्रबारे नेपालको धारणा राखे । उनले नेपालको मौलिक शान्ति प्रक्रियाको विषयमा विवेचना मात्रै गरेनन्, शान्ति प्रक्रियाको संक्रमणकाल सक्किएको र द्वन्द्ध पीडितलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे । गम्भीर फौजदारी प्रकृतिका अभियोगमा आम माफी नदिने घोषणा गरेका उनले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सहयोग र सुभेच्छाको अपिल गरे । जलवायु परिवर्तनले विश्वव्यापी संकट निम्तिने चेतावनी दिएका प्रधानमन्त्री प्रच...
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति : फिर्ता भयो आन्दोलन, आइतबारबाट पठनपाठन सानो

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति : फिर्ता भयो आन्दोलन, आइतबारबाट पठनपाठन सानो

Banner 1, अन्तर्वार्ता, चितवन बिशेष, चितवन वरिपरि, प्रदेश, प्रमुख समाचार, राजनीति, शिक्षा, समाचार
भरतपुर, ६ आश्विन । विद्यालय शिक्षा विधेयकको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रेका शिक्षक र सरकारबीच सहमति भएको छ । नेपाल शिक्षक महासंघको अगुवाइमा तीन दिनदेखि चलेको आन्दोलन फिर्ता भएको छ । महासंघका अनुसार शिक्षक र सरकारबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । ‘शनिबार सार्वजनिक बिदा परेको हुनाले पठनपाठन आइतबारबाट मात्र सुरू हुनेछ’, नेपाल शिक्षक महासंघ चितवन अध्यक्ष कोमलनाथ घिमिरेले भने । नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरुमा संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प...
पानामा रोग देखिएपछि केरा आयातमा कडाइ

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ

कृषि, प्रदेश, समाचार, स्वास्थ्य
भैरहवा (रुपन्देही), ५ आश्विन । भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार ९पानामा० देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् । टीकापुरका केही बगैँचामा केराको बोट ओउलाउने रोग टिआर–४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताए। उनका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ । “रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पु¥याउँछ । नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्”, प्रमुख अर्यालले भने, “नय...
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

प्रदेश, समाचार
काठमाडौं, ५ आश्विन । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए। उनका अनुसार पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ ।...
शिक्षा विधेयकको विरोध : तेस्रो दिन सडकमा आन्दोलनसँगै शिक्षकहरुको नाचगान

शिक्षा विधेयकको विरोध : तेस्रो दिन सडकमा आन्दोलनसँगै शिक्षकहरुको नाचगान

Banner 1, प्रदेश, प्रमुख समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं, ५ आश्विन  । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोध गरेका हुन् । गत बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुले विभिन्न १८ बुँदे असहमति प्रकट गरेका छन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुव...
बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

प्रदेश, समाचार
नेपालगन्ज, ५ असोज  । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।...
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छः मन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छः मन्त्री बस्नेत

प्रदेश, राजनीति, शिक्षा, समाचार
काठमाडौँ, ५ असोज  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापनसम्बन्धी पाठ्यक्रममाथिको छलफल’ का क्रममा उहाँले उक्त ऐनमा भएका नराम्रा पक्षलाई सुधार गरेर जानुपर्ने बताउनुभएको छ । “चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुरालाई लिएर अगाडि बढौँ, कमीकमजोरी हटाएर राम्रो सुरुआत गरौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी देशमै उत्पादन गरौँ, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो पनि भन्ने तर भएभरको पैसा र युवायुवती विदेशिने अवस्था आएको छ ” निश्चित व्यक्तिको उद्देश्य पूर्तिका लागि राज्य कमजोर हुन नहुने उहाँको भनाइ छ । ऐन संशोधनका बारेमा प्रधानमन्त्रीसहित सिङ्गो मन्त्रिपरिषद् सहमत भए...
चितवनमा जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

चितवनमा जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

चितवन बिशेष, प्रदेश, समाचार
चितवन, ५ असोज । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उहाँले बताउनुभयो । सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका जा...
बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

प्रदेश, समाचार, स्वास्थ्य
बैतडी, १७ श्रावण । बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो । ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिन्छ । आफ्नो वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्न ध्यान दिन प्रमुख भट्टले आग्रह गर्नुभयो । डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउनेलगायत लक्षण देखन्छन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्...