प्रमुख समाचार

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य

प्रमुख समाचार, समाचार
सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।...
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न

Banner 1, चितवन बिशेष, प्रमुख समाचार
काठमाडौँ । सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको छ । भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत, जिल्ला सुरक्षा समितका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारीरु र स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १७ गण चितवन, नं. १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट लाइफ बोट थ्रो ब्याग जस्ता विपद् सामाग्रीको प्रयोग गरी नदिमा बगिरहेका व्यक्तिहरुको उद्धार तथा नारायणी पुलबाट स...
१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री

१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् । “पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।” आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिक...
घट्यो सुनचाँदीको मुल्य

घट्यो सुनचाँदीको मुल्य

Banner 1, आर्थिक, प्रमुख समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो ।...
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु 

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु 

banner-2, प्रमुख समाचार, समाचार
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एकजना तीर्थयात्रीको मृत्यु भएको छ। राप्ती– २ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका– २ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले बताए । ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ बस्ने वर्ष ४१ का कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जानकारी दिए । ...
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा

तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा

Banner 1, प्रमुख समाचार
तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताए । उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका छ/छ वटा सामुदायिक वनमा डढेलो लागेको थियो । त्यसैगरी ऋषिङ गाउँपालिकामा चार वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई/दुई र शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको...

नेबिसंघको १२ औं महाधिवेसन आगामी पुसमा

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं, २३ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ ।आगामी २०८१  पुस मसान्तभित्र १२ औं महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रिय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।  ...
खाम पुर्पक्षका लागि कारागार चलान

खाम पुर्पक्षका लागि कारागार चलान

banner-2, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको  थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । व्यापारी श्रेष्ठको २०६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षकाे कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् । खामलाई गत मंगलबार प्रहरीले काठमाडौँको ...
कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

प्रमुख समाचार, राजनीति
काठमाडौं, ९ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्। कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ ।...
रत्ननगरमा समाजवादी परित्याग गरी १९ जना एमालेमा प्रवेश

रत्ननगरमा समाजवादी परित्याग गरी १९ जना एमालेमा प्रवेश

चितवन बिशेष, प्रमुख समाचार, राजनीति, समाचार
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा एकीकृत समाजबादी परित्याग गरी १९ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले रत्ननगर वडा नं ९ वडा कमिटीले बुधबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा समाजबादीका नगर सचिवालय सदस्य मनबहादुर थापामगर सहित सो वडाका १९ जना एमालेमा प्रवेश गरेको एमालेका नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए । पूर्व जनप्रतिनिधि समेत रहेका थापामगरको नेतृत्वमा रामसिंह चौधरी, गायत्री विक, भीम बहादुर थापामगर, सरस्वती बुढाथोकी, टंक प्रसाद सुवेदी, जनबहादुर दराई, रमेश कुमाल, सिताराम महतो(पुसना),नारायण पराजुली, सीता दराई, अंजु पराजुली, मणिराम महतो, आइतराम कुमाल, सुयोग लामिछाने, मनिष लामा,प्रकास कुमाल, शान्तिचौधरी, शुष्मा श्रेष्ठ लगायत १९ जना एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री...