
ओझेलमा ‘सेतो सुन’
–चन्द्रकला भण्डारी
झापा, ८ साउन । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ ।
बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो तुल्याउने सामथ्र्य बोकेको रबर खेती झापामा २०४७ सालमा सुरु भएको थियो । विसं २०४१ मा सरकारले गोरखामा गोरखकाली रबर उद्योग स्थापना गरेपछि त्यसको कच्चा पदार्थमा आत्मनिर्भर हुनका लागि झापामा रबर खेतीको थालनी भएको थियो । तर, गोरखकाली रबर उद्योगलाई राज्यले व्यवस्थित ढङ्गले सञ्चालन गर्न नसक्दा उद्योग मात्र बन्द भएन, मुलुककै अर्थतन्त्रलाई कायापलट गर्नसक्ने रबर खेतीको विस्तार अपेक्षित गतिमा हुन सकेन ।
धेरैले रबर भन्ने बित्तिकै टा...