चितवन वरिपरि

बाघको आक्रमणबाट नवलपुरमा सासू बुहारीको मृत्यु

बाघको आक्रमणबाट नवलपुरमा सासू बुहारीको मृत्यु

चितवन वरिपरि, प्रमुख समाचार, समाचार
नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एकैघरका सासू बुहारीको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउपालिकमा वडा नं. १ को खहरे जंगलमा घाँसकाट्न गएका उनिहरुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो । बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको हो । आइतबार दिउसो घाँसकाट्न गएका सासू बुहारी साँझसम्म घर नआएपछि आफन्त, स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा गएराति करिव १० वजे जंगलमा मृत अवस्थामा शव फेला परेका हुन् । घटनास्थल राजमार्गदेखि एककिलोमिटर भित्र विनयी सामुदायिक वनमा पर्दछ । सासू बुहारी दुवैजनाको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ । ...
हेटौँडा अस्पतालद्वारा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा

हेटौँडा अस्पतालद्वारा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा

banner-2, चितवन वरिपरि, प्रमुख समाचार, समाचार, स्वास्थ्य
मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइयसिस सेवा लिइरहेका छन् । हेटौँडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला हुनुहुन्छ । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरुपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् । उहाँका अनुसार हेटौँडा अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेल बताउनुहुन्छ । बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको उहाँको भनाइ छ । “विषेशज्ञ चिकित्सक नहुँदा मिर्गौलाका बिरामीले समस्या भोग्नु परिरहेको छ । अस्पतालका अन्य...
नवलपरासीमा धान उत्पादन बढ्यो

नवलपरासीमा धान उत्पादन बढ्यो

कृषि, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो । सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी ...
वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति

वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति

Banner 1, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
भरतपुर,२१ आश्विन । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन”, उहाँले भन्नुभयो, “अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।” उहाँका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ । केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उहाँले बताउनुभयो । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् । निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटे...
चितवनको मेघौलीमा जमेको पानीमा एक पुरुषको शव फेला

चितवनको मेघौलीमा जमेको पानीमा एक पुरुषको शव फेला

चितवन वरिपरि, समाचार
चितवन, २० आश्विन । चितवनको भरतपुर महानगरपालिका–२७, मेघौलीमा आज (शनिबार) विहान एक पुरुषको शव फेला परेको छ । मेघौलीको हिमाली टोलस्थित जानकी माध्यमिक विद्यालयको तारजालीले कम्पाउण्ड गरिएको क्षेत्र नजिक पानी जमेको खाली जग्गामा ५४ वर्षीय जयविर लामाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव चनौली प्रहरी टोलीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि भरतपुर पठाएको छ । भरतपुर २७ को ढेगौली गाउँका लामा पानी जमेको ठाउँमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकको शव पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको छ । ...
ट्रकको ठक्करबाट धादिङमा २ विद्यार्थीको मृत्यु

ट्रकको ठक्करबाट धादिङमा २ विद्यार्थीको मृत्यु

चितवन वरिपरि, समाचार
काठमाडौं, १७ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक प्रहरी नियन्त्रणमा छन् ।...
बागमती प्रदेशका गर्भवती र सुत्केरीलाई भरतपुर सहित विभिन्न अस्पतालमा हवाईमार्फत उद्धार गरिने

बागमती प्रदेशका गर्भवती र सुत्केरीलाई भरतपुर सहित विभिन्न अस्पतालमा हवाईमार्फत उद्धार गरिने

चितवन वरिपरि, प्रमुख समाचार, समाचार
चितवन, १० आश्विन । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने छ । यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उहाँले जानकारी दिनुभयो । मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ...
२ लाख २९ हजार नगदसहित कावासोतीमा तास खेलिरहेका ८ जना पक्राउ

२ लाख २९ हजार नगदसहित कावासोतीमा तास खेलिरहेका ८ जना पक्राउ

चितवन वरिपरि, प्रमुख समाचार, समाचार
नवलपुर, ९ आश्विन । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका ८ जना नगद २ लाख २९ हजार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ मालपोत चोकमा गोविन्द न्यौपानेको घर तास खेलिरहेका ८ जनालाई गए राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा कावासोती २ निवासी ४२ वर्षीय सुन्दर श्रेष्ठ, कावासोती ३ निवासी ३८ वर्षीय श्याम भट्टराई, कावासोती (११ निवासी ३९ वर्षीय ज्ञानेन्द्र महतो, कावासोती २ निवासी २८ वर्षीय नारायण उपाध्याय, कावासोती २ निवासी ३९ वर्षीय गोविन्द शर्मा न्यौपाने, कावासोती ३ निवासी ४८ वर्षीय दानबहादुर सिंजाली, कावासोती २ निवासी ४० वर्षीय खिम लामिछाने र कावासोती ३ निवासी ४२ वर्षीय फडेन्द्र भण्डारी रहेका छन् । उनीहरूको साथबाट प्रहरीले नगद २ लाख २९ हजार ७० रुपैँया, खेलिरहेको अवस्थाको तास २ सय ८८ पत्ता र बन्द रहेको ७ गड्ठी तास बरामद गरेको छ । उनीहरूलाई आवश्यक कार...
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति : फिर्ता भयो आन्दोलन, आइतबारबाट पठनपाठन सानो

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति : फिर्ता भयो आन्दोलन, आइतबारबाट पठनपाठन सानो

Banner 1, अन्तर्वार्ता, चितवन बिशेष, चितवन वरिपरि, प्रदेश, प्रमुख समाचार, राजनीति, शिक्षा, समाचार
भरतपुर, ६ आश्विन । विद्यालय शिक्षा विधेयकको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रेका शिक्षक र सरकारबीच सहमति भएको छ । नेपाल शिक्षक महासंघको अगुवाइमा तीन दिनदेखि चलेको आन्दोलन फिर्ता भएको छ । महासंघका अनुसार शिक्षक र सरकारबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । ‘शनिबार सार्वजनिक बिदा परेको हुनाले पठनपाठन आइतबारबाट मात्र सुरू हुनेछ’, नेपाल शिक्षक महासंघ चितवन अध्यक्ष कोमलनाथ घिमिरेले भने । नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरुमा संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प...
गैँडाकोटको ढोडेनी गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

गैँडाकोटको ढोडेनी गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

चितवन वरिपरि, समाचार
गैँडाकोट, २९ भाद्र ।  गैँडाकोट नगरपालिकाको पहाडी भूगोलमा पर्ने गैँडाकोट ३ मा थुप्रै पर्यटकीय स्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीय स्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लो समय काली गण्डकी कोरी रोड पिच भएसँगै गैँडाकोट नगरपालिका वार्ड नम्बर ३ मा पनि पर्यटक बढ्न थालेको छन् । यति बेला ढोडेनी गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् ।भरतपुर बाट झन्डै १२ किलोमिटर को यात्रामा पुग्न सकिन्छ ढोडेनी । त्यस्तै गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पनि पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ काली गण्डकी चोकबाट झन्डै ३० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम बढ्दो छ । यस खोलामा मूलको चिसो पानी आउँदा गर्मी छल्न मानिसहरू आउने गरेका वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ...