कृषि

चितवनमा रोपार पाउनै मुस्किल

चितवनमा रोपार पाउनै मुस्किल

Banner 1, कृषि, समाचार
चितवन । असार सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन् । उनी स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छन् । उनले भने, स्थानीय रोपार पाउनै कठिन भएको छ । यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ । युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उनले बताए । उनले भने, युवाहरूमा समेत काम गर्ने जाँगर नहुदा स्थानीय मजदुर पाउन कठिन भएकाले अन्यत्रबाट मजदुर प्रयोग गर्न थालेका छौँ । पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उनले बताए । सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको...
भरतपुर महानगरपालिकाद्वारा कृषि समूह, फर्म तथा सहकारीलाई अनुदानमा ६६ थान यन्त्र उपकरण वितरण

भरतपुर महानगरपालिकाद्वारा कृषि समूह, फर्म तथा सहकारीलाई अनुदानमा ६६ थान यन्त्र उपकरण वितरण

banner-2, कृषि, प्रमुख समाचार, समाचार
चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई अनुदानमा ६६ थान यन्त्र उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरण चाबी हस्तान्तरण गरिन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको यन्त्र उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए ।...
चितवनको गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवनको गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

banner-2, कृषि, चितवन बिशेष, प्रमुख समाचार, समाचार
भरतपुर । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो। उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए । उनका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ। पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उनले उद्योगमा तीन सय र ५०÷५० टनका तीन वटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिए । “उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ। तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ”, प्रबन्धक पराजुलीले भने, “घ्यू कोल्ड...
पर्वतमा विस्तार गरिँदै मकै बाली

पर्वतमा विस्तार गरिँदै मकै बाली

कृषि
पर्वत,२ माघ । पर्वतमा उत्पादनको हिसाबले मुख्य बालीका रुपमा रहेको मकैबाली विस्तार गर्न चालु आर्थिक वर्षमा ६६ लाख लगानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजनाका लागि उक्त रकम लगानी गर्ने भएको हो । मकै खेती भइरहेको जिल्लाको करिब ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा मकै बीउ तथा मकै बाली उत्पादनका लागि किसानलाई अनुदानस्वरुप ६६ लाख वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कार्यालयका अनुसार मकै बालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवद्र्धनका लागि ३० लाख, बीज वृद्धि कार्यक्रमका लागि २० लाख, यान्त्रिकीकरण तथा पूर्वाधार निर्माणका लागि १० लाख र बजारीकरणका लागि छ लाख लगानी गर्ने भएको हो । यसमध्ये ३० हेक्टर क्षेत्रफलमा मकै बाली विस्तार गरिने भएको छभने २० हेक्टर क्षेत्रफलमा मकैको मूल बीउ उत्पादन गरिने वरिष्ठ कृषि विकास अधिकृत पर...
तोरी बालीमा झुसिल किराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

तोरी बालीमा झुसिल किराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

कृषि, चितवन वरिपरि, समाचार
नवलपुर  । नवलपुरमा तोरी बालीमा झुसिल किराको प्रकोप देखिएको छ । बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा झुसिल किराको प्रकोप बढी देखिएको छ । पाक्न ठिक्क परेको तोरी बाली झुसिल किराले सखाप पारेपछि यहाँका किसान चिन्तित बनेका छन् । सर्दी क्षेत्रमा मात्रै करिब ५० बिगाहा क्षेत्रफलमा लगाएको तारी बाली झुसिल किराले सखाप पारेको स्थानीय अगुवा यादव पौडेलले जानकारी दिनुभयो । सर्दीका बालकृष्ण पौडेलको डेढ बिगाहा क्षेत्रफलमा लगाएको तोरी झुसिलकिराले सखाप पारेको गुनासो गर्नुभयो । ‘ाहामी किसानले केही गरेनी सुख नहुने भयो । यसपालि तोरी निकै राम्रो भएको थियो । तर कोसा जति सबै झुसिल किराले सखाप पारेर खाएको छ । यसपालि तोरी भित्राउन नपर्ला जस्तो छ ’ पौडेलले भन्नुभयो । अर्का किसान जयलाल खनालले पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले खाएर सखाप पारेको गुनासो गर्नुभएको छ । एउटै बोटमा चारपाँच वटासम्म झुस...
कृषि क्षेत्रको विकासका लागि पोखरामा मेशिनरी प्रदर्शनी

कृषि क्षेत्रको विकासका लागि पोखरामा मेशिनरी प्रदर्शनी

कृषि, समाचार
पोखरा ।   'कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन' भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा 'प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा - २०८०' हुने भएको छ। कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, पोखरा महानगरपालिका, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा ४० भन्दा बढी स्टलमा कृषिका विभिन्न विधाहरूजस्तै - कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैंसीपालन, डेरी लगायतका नवीनतम औजार, उपकरण, मेसिन र प्रविधिहरू प्रदर्शन गरिनेछ। यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउने र कृषकहरूलाई आधुनिक प्रविधिको अवलोकन एवम् जिज्ञासा मेट्ने अवसर प्रदान गर्ने आयोजकहरूले बताएका छन् । प्रदर्शनीमा निःशुल्क प्र...
नवलपरासीमा धान उत्पादन बढ्यो

नवलपरासीमा धान उत्पादन बढ्यो

कृषि, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो । सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी ...
दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित

दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित

banner-2, कृषि, चितवन बिशेष, समाचार
चितवन, ६ मंसिर  । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खानुहुन्थ्यो । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उहाँले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाल्नुभयो । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उहाँको गोठमा हाल ४५ वटा गाई छन् । व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ । कृषक थापा भन्नुहुन्छ, “गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ–तिहारमा भने दूध नबिकेकाले समस्या आयो ।” व्यावसायिकरूपमा गाईपालन गर्न सुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उहाँको अनुभव छ । आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी ...
मनसुन लम्बियोः  ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बियोः ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

कृषि, प्रदेश, समाचार
काठमाडौँ, १५ आश्विन । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो । यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । “अहिले धानबाली भित्...
पाँच दिने निःशुल्क उद्घोषण तालिम सुरु

पाँच दिने निःशुल्क उद्घोषण तालिम सुरु

कृषि, चितवन बिशेष, समाचार
भुवनवस्ती, ९ आश्विन । गौरवशील किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा पाँच दिने निःशुल्क उद्घोषण तालिम सुरु हुने भएको छ । भरतपुर महानगरपालिका-१७ भुवनवस्ती, मिलनचोकमा हुन गइरहेको उद्घोषण तालिममा सहयोगी संस्थाको रूपमा सोच परिवर्तन नेपाल रहेको छ भने प्रशिक्षकको रूपमा सोही संस्थाका अध्यक्ष शिवराज कँडेल रहनु भएको छ । कुनै पनि कार्यक्रम सञ्चालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेलले बताउनुभयो । साथै तालिम असोज १० गते देखि असोज १४ गते सम्म, गौरवशील किसान कृषि सहकारी संस्था लिमिटेडको परिसरमा सञ्चालन हुने बताउनुभयो ।...